काठमाडौं- दिगो विकास लक्ष्यअनुसार आउँदो १५ वर्षसम्म विश्वका सबै देशबाट गरिबी उन्मूलन गर्ने लक्ष्य राखिएको छ। गरिबी अन्त्य गरेर आर्थिक विकासलाई तीव्रता दिने गरी साझा लक्ष्य तय गरिएको हो।सन् २०१६ मा सुरु भएर सन् २०३० मा सकिने लक्ष्यमा १ सय ६९ उद्देश्य प्राप्तिका लागि १७ लक्ष्य तय गरिएको छ। लक्ष्य अवधिभर गरिबी निवारण, आर्थिक विकास र जलवायु परिवर्तनका क्षेत्रमा व्यापक सुधार हुने अपेक्षा गरिएको छ।
उक्त लक्ष्यअनुसार गरिबी शून्यमा झार्न विकसित देशको हकमा सहज देखिए पनि नेपाल, भारत, बंगलादेशलगायत दक्षिण एसियाली र अफ्रिकी मुलुकका लागि यो ठूलो चुनौती हो। विश्वका विभिन्न मुलुकले तय गरेको लक्ष्यका विषयमा सामूहिक छलफलको कार्यक्रम अमेरिकाको न्युयोर्कमा टुंगिएको छ।
उक्त छलफलबाट निस्केको निष्कर्ष अर्थात साझा दस्तावेज आगामी असोज ८ देखि १० गतेसम्म अमेरिकामा हुने संयुक्त राष्ट्र संघको महासभाले अनुमोदन गर्नेछ। सहासभाले अनुमोदन गरेको दस्तावेजकै आधारमा लक्ष्य पूरा गर्न सबै देशले आन्तरिक कार्यक्रम तय गरेर अघि बढ्नुपर्ने राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले बताए।
'दिगो विकास लक्ष्यले गरिबी शून्यमा झार्ने लक्ष्य तय गरेको छ, तर नेपालको हकमा भने गाह्रो हुन सक्छ,' उनले बुधबार नागरिकसँग भने, 'विश्वव्यापी मान्यताअनुसार गरिबी ३ प्रतिशतसम्म झार्न सके लक्ष्य सफल हुन्छ, नेपालले त्यसैलाई पछ्याउनुपर्छ।' नेपालको गरिबी दर अहिले करिब २१ प्रतिशतसम्म झरेको छ।
विकास लक्ष्यको विश्वव्यापी मान्यता तथा मुद्दालाई नेपालको सन्दर्भमा ढालेर कार्यान्वयन गर्नेबारे छुट्टै दस्तावेज तयार भइरहेको वाग्लेले बताए। उनका अनुसार वाग्ले र अर्का सदस्य गोविन्द नेपालको संयोजनमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडाले दस्तावेज तयार गरिरहेका छन्।
'लक्ष्य पूरा गर्न अबको १५ वर्षभित्र के कस्ता मुद्दा तथा विषय समेटेर जाने भन्नेमा आन्तरिक छलफल भइरहेको छ,' उनले भने, 'हामीले यसको मस्यौदा तयार गरेका छौं, राष्ट्र संघ महासभाले असोज ८ गते दस्तावेज अनुमोदन गर्ने कार्यक्रम तय गरेको छ। तर, नेपालले त्यसअघि नै आवश्यक योजना तथा कार्यक्रम समेटिएको दस्तावेज तयार गर्नेछ।'
अल्पविकसित मुलुकलाई विकसितको तहमा पुर्यालउन तय गरिएको साझा आधारपत्रमा गरिबी निवारण, समाजमा विद्यमान असमानता, समृद्ध मुलुक र जलवायु परिवर्तनका असरलाई कम गर्नेलगायत प्रमुख मुद्दा समेटिएका छन्। ती लक्ष्य एवं योजना पूरा गर्न सरकारले हरेक वर्षको बजेटमा आवश्यक बजेट विननियोजन गर्नुपर्नेछ।
१५ वर्षको लक्ष्य पूरा गर्न आवश्यक आर्थिक स्रोत जुटाउने र परिचालन गर्ने विषयमा इथियोपियामा पहिलो सम्मेलन भएको थियो। यस्तै, सहस्राब्दी विकास लक्ष्यको समीक्षा गर्दै दीगो विकास लक्ष्यका मुद्दा तय गर्ने न्यूयोर्कमा सकिएको थियो।
जलवायु परिवर्तनको असर कम गर्दै लक्ष्य प्राप्ति गर्ने योजना तय गर्न आगामी पुस दोस्रो साता फ्रान्सको पेरिसमा तेस्रो सम्मेलन हुने पनि वाग्लेले जानकारी दिए। विकसित मुलुकको औद्योगिक विकासका कारण जलवायुमा गम्भीर असर पर्दै गएकाले यसको मूल्य विकसित देशले तिर्नुपर्ने मुद्दालाई नेपालले सशक्त रुपमा उठाउने तयारी गरेको छ।
दिगो विकास लक्ष्यका साझा मुद्दा तय भइसके पनि नेपालले आफ्नो तर्फबाट बलियो उपस्थिति देखाउन नसकेको गैरसरकारी संस्था महासंघको तर्क छ। अमेरिकामा भएको सम्मेलनमा विकसित मुलुकले प्रदूषण बढाएको जलवायुको मूल्य नेपालजस्ता अल्पविकसित मुलुकले तिर्न नहुने पक्षमा सरकार दरोरुपमा प्रस्तुत हुन नसकेको महासंघकी अध्यक्ष शर्मीला कार्कीले बताइन्।
'विकसित मुलुकले जलवायुको असरको मूल्य तिर्न छुट्टै बजेट व्यवस्था गर्नुपर्छ, यसमा ती देशले बेवास्ता गर्दै आएका छन्,' उनले भनिन्, 'विश्वका कम विकसित मुलुकले यसमा कडा अडान राखे पनि नेपालको प्रस्तुति फितलो छ।'