एमालेको नयाँ कार्यालय: भुँडीमैत्री कुर्सी, गुटबन्दी रोक्न खुला कार्यकक्ष (भिडियो)
२० साउन २०७२
•
६ मिनेट पाठ
एमालेको नयाँ कार्यालय: भुँडीमैत्री कुर्सी, गुटबन्दी रोक्न खुला कार्यकक्ष (भिडियो)
काठमाडौं— एक करोड रूपैयाँभन्दा बढी पैसा खर्चेर एमालेले नयाँ केन्द्रीय कार्यालयको फर्निसिङ तथा रंगरोगन पूरा गरेको छ। नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको नयाँ कार्यालयको भुइँ तला आधुनिक बैंक जस्तो बनेको छ भने अध्यक्ष, बरिष्ठ नेता र महासचिव रहने पहिलो तलाले कुनै बहुराष्ट्रिय कम्पनीको कर्पोरेट अफिस सम्झना गराउँछ।गोप्य कक्षका कारण गुटबन्दी बढेको भन्दै एमालेले नयाँ मुख्यालयमा ढोका बन्द गर्ने सुविधा भने कहीँ पनि दिएको छैन। कक्षहरु सबै खुल्ला छन्।

वैशाख १२ को भूकम्पले बल्खु स्थित केन्दीय कार्यालयन भवन क्षतिग्रस्त भएपछि धुम्बाराही सर्न लागेको एमाले मुख्यालयको केन्द्रीय कमिटी बैठक कक्ष टेबलरहित छ। टेबलमा टाउको राखेर केन्द्रीय सदस्य निदाउलान् भनेर सभा कक्षमा कुर्सी मात्र राखिएको हो।

एमाले अाफ्ना नेताहरूको भुँडीलाइ ध्यानमा राख्दै फरक किसिमका भुँडीमैत्री कुर्सी बनाएको छ। केन्द्रीय समिति बैठकमा सहभागी हुने नेताहरुले आफ्नो भुँडीअनुसार कुर्सीको दाया भागमा रहेको बार फोल्ड गरेर घटाउन वा बढाउन सक्नेछन्। देब्रेतर्फ भने बार छैन।

'उहाँहरुलाई आफ्नो शरीरको आकारअनुसार बस्न सजिलो होस् भनेर हामीले यो इन्जिनियरिङ गर्न लगाएका हौं', एमालेको अर्थ विभाग प्रमुख तथा केन्द्रीय कार्यालय स्थानान्तरणको जिम्मा पाएका विष्णु रिमालले नागरिकन्युजसँग भने, 'यी नमुना कुर्सीमा ल्यापटप वा डायरी राखेर प्रयोग गर्न मिल्छ।'

नेताहरुको तह र मर्यादा अनुसारका चेम्बर बनाइएका छन्। प्रत्येक चेम्बरमा कम्प्युटर छन्। चेम्बरमा चुकुल लगाएर गोप्य बैठक गर्न भने मिल्दैन। चेम्बरका आल्मुनियम बार औषत मान्छेको उचाइका छन्, माथि खुल्ला छ। नेताको तह हेरेर कुर्सी, टेवल र चेम्बरको साइजको मापदण्ड तय गरिएको छ। 

नेता रिमालले बल्खुबाट कम्प्युटरबाहेक केही नल्याएको सबै नयाँ सेटअप गरिएको जानकारी दिए।

अध्यक्षका लागि १० जना भिआइपी अँट्ने मिटिङ कक्ष
अध्यक्ष, दुई बरिष्ठ नेता र महासचिवको कार्यकक्ष पहिले तलाको एउटै हलमा फरकफरक चेम्बरमा छन् तर सबैको सचिवालय एउटै छ। गोप्य कुरा गर्ने बिधि अन्त्य गरी खुलापन आत्मसात गर्न यसो गरिएको उनले बताए।

अध्यक्षको कार्यकक्षमा सबैभन्दा महँगो फर्निचर र कार्पेटिङ गरिएको छ। बैंक सिइओभन्दा भव्य टेबल कुर्सी रहेको अध्यक्षको कक्षसँगै दशजना अट्ने भिआइपी मिटिङ हल छ। कार्पेट र पर्दा रातो प्रयोग गरिएको कक्षमा पंखा राखिएका छैनन्। एसी जडान गरिएको छ। लोडसेडिङलाई सामना गर्न १६ केवी क्षमताको सोलार प्यानल जडान गरिएको छ।

सबै पदाधिकारी र विभागीय प्रमुखका लागि बेग्लाबेग्लै चेम्बर छन्। ग्राउण्ड फ्लोरमा उप महासचिव, सचिव, कार्यालय सचिव र सह सचिवका लागि छुट्टाछुट्टै कार्यकक्ष छन्। ग्राउन्ड फ्लोरमै उपाध्यक्षहरु र आयोगका लागि बेग्लाबेग्लै कार्यकक्ष छन् ।

सभा हलको अग्रभागमा स्थायी कमिटी बस्ने बेग्लै डेस्क बनाइएको छ। केन्द्रीय सदस्य समिति बैठकका लागि झन्डै दुई सय क्षमताको हल तयार पारिएको छ। एमालेका १ सय ८५ जना केन्द्रीय सदस्य छन्।

वाईफाइ सुविधा सहितको मिडिया सेन्टर
पत्रकार सम्मेलन गर्न भवन बाहिर बेग्लै हल फिनिसिङ हुँदैछ। कार्यालय परिसरलाई वाइफाइयुक्त बनाएनेछ। महत्वपूर्ण दस्तावेज स्टोर गर्न दुई वटा शक्तिशाली कम्प्युटर छुट्याइएकोे छ। 'दुई कम्प्युटर महत्वपूर्ण डकुमेन्ट राख्ने सर्भर कम्प्युटर हुनेछन्', रिमालले भने। पत्रकारहरूले समाचार पठाउन सजिलो होस् भनेर वाइफाइ सुविधा र दुइ कम्प्युटरको अलग्गै व्यवस्था गरेको छ।

दुबो रोपिएको गार्डेनको बीचबाट कार्यालयको मुल ढोकासम्म गाडी पुग्छ। पार्किङ भने कम्पाउन्ड बाहिर व्यवस्था गरिएको छ।

भोली (शुक्रबार) एमाले कार्यालय सार्ने साइत जुरेको छ। पर्टीकै नेता एवम् पर्यटनमन्त्री कृपाशुर शेर्पा अध्यक्ष रहेको पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठनको भवन भाडामा लिइएको रिमालले बताए।

आउनुस् घुमौं एमालेको नयाँ केन्द्रीय कार्यालयः (भिडियो)

अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस