काठमाडौं– नेपाली नागरिकका लागि मेसिनले पढ्न सक्ने आधुनिक स्मार्ट परिचय कार्ड छाप्न विश्वका ६ कम्पनी इच्छुक देखिएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले आह्वान गरेको बोलपत्रमा सहभागी हुँदै ती कम्पनीहरुले परिचय कार्ड छाप्ने इच्छा देखाएका हुन्।'स्थानीय समयअनुसार साउन २० गते दिउँसो १ बजेसम्मको एक महिना अवधिमा ६ ओटा कम्पनी प्रस्ताव दर्ता गरेका छन्,' केन्द्रका कार्यकारी निर्देशक भट्टराईले नागरिकन्युजसँग भने।
फ्रान्सको जिमाल्टो, सप्रान, र अर्जोविंग्स, जर्मनीको टर्मालग, मलेसियाको आइरिस र श्रीलंकाको इन्फर्मेटिक्स कम्पनीले बोलपत्र दर्ता गराएका छन्। कार्ड छाप्ने संयन्त्र स्थापनाका लागि केन्द्रले गएको असारमा एक महिना (साउन २० सम्म)को समय दिएर बोलपत्र आह्वान गरेको थियो।
कार्यकारी निर्देशक भट्टराईका अनुसार गुणस्तर तथा लागतमा आधारित छनोट (क्युसिपिएस)विधिबाट दर्ता भएका ६ कम्पनीका बोलपत्र मूल्याङ्कन तत्काल शुरु गरिनेछ। मूल्याङ्कन सकेर कम्पनी छनोट गर्न कति समय लाग्छ भन्ने यकिन छैन। 'एउटै कम्पनीको बोलपत्रको १ सय किलोभन्दा बढी तौल परिमाणको छ,' उनले भने, 'विभिन्न भोलुममा रहेका बोलपत्रको अध्ययन र मूल्याङ्कन गर्न केही बढी समय लाग्न सक्छ भन्ने हामीलाई लागेको छ।'
विभिन्न ६ कम्पनीबाट कम लागतमा गुणस्तरीय काम गर्न सक्ने र राष्ट्रिय परिचय पत्र छपाइ जस्तो कुटनीतिक महत्वको कामका जिम्मेवारी उपयुक्त तरिकाले निर्वाह गर्ने कम्पनी छनोट गर्नु चुनौतीपूर्ण काम भएको कार्यकारी निर्देशक भट्टराईले बताए ।
छनोट गरेको कम्पनीसँग कामको ठेक्का सम्झौता भएको मितिले डेढ वर्षभित्र १ लाख १७ हजार कार्ड छापेर वितरण गर्ने केन्द्रको योजना छ। कार्यकारी निर्देशक भट्टराईका अनुसार ठेक्का सम्झौता पाउने कम्पनीले नेपालमै कार्ड छाप्ने संयन्त्र स्थापना गरिदिने र नेपाली प्राविधिकहरुले नै कार्डमा तथ्यांकहरु राखेर छपाईको काम गर्ने छन्।
मेसिनले पढ्न सक्ने चिप्समा व्यक्तिको जैविक र व्यक्तिगत विरणहरु समावेश गरिनेछ। कार्डलाई राष्ट्रिय परिचयपत्र, मतदाता परिचय पत्र, सामाजिक सुरक्षा परिचय पत्रलगायत बहुउपयोगी बनाउन सकिने र यसले अन्तर्राष्ट्रिय रुपमा व्यक्तिको पहिचानलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।
ठेक्का सम्झौता भएपछि जिल्ला छनोट गरेर निर्वाचन आयोगको मतदाता नामावलीको तथ्याङ्कअनुसार राष्ट्रिय परिचय पत्रको कार्ड छपाइको काम तोक्ने केन्द्रको तयारी छ। राष्ट्रिय परिचय पत्र वितरण गर्ने सरकारको नीति भए पनि त्यस्तो कार्डले नागरिकतालाई प्रतिस्थापन गर्ने वा नगर्ने भन्ने विषय अहिले टुंगो लागिसकेको छैन।
'नागरिकताको ठाउँमा परिचय कार्ड बाँड्ने वा नागरिकतालाई परिचय पत्रले विस्थापन गर्न भने ऐनमै व्यवस्था गर्नुपर्छ,' कार्यकारी निर्देशक भट्टराई भन्छन्।
विश्वका विभिन्न देशले प्रचलनमा ल्याइसकेका मेसिनले पढ्न सक्ने विद्युतीय परिचय पत्र छाप्ने प्रक्रियामा नेपाल भर्खर अघि बढ्न लागेको हो। विद्युतीय राष्ट्रिय परिचय पत्र व्यवस्थापनाका लागि २०६७ साउन १ गतेबाट परिचय पत्र व्यवस्थापन केन्द्र सञ्चालनमा आएको थियो।
सरकारले सवारी चालक लाइसेन्सलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ।