सास छउन्जेल लडिरहन्छु : डा. केसी
२१ साउन २०७२
•
९ मिनेट पाठ
सास छउन्जेल लडिरहन्छु : डा. केसी
काठमाडौँ- आफूसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयनमा सरकारले पटक–पटक आलटाल गरेपछि डा. गोविन्द केसी छैटौं सत्यागृह तयारीमा जुटेका छन्।
शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. केसीले अघिल्ला अनशनक्रममा सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग राख्दै दिएको दुई साता लामो अल्टिमेटम शुक्रबार सकिँदैछ।पाँचौ अनशनक्रममा गत चैत १९ गते भएको ११ बुँदे सम्झौतामध्ये दुई बुँदा मात्र कार्यान्वयन भएको छ।




चार महिना बितिसक्दा पनि नौवटा माग कार्यान्वयन नभएपछि केसीले अल्टिमेटम दिएका थिए। अल्टिमेटमको अघिल्लो दिन (बिहीबार) सम्म आइपुग्दा कुनै पनि सरकारी प्रतिनिधिले औपचारिक रूपमा मागबारे चासो नदिएको डा.केसीले बताए।

सरकारले प्रत्येक वर्ष अनशन र आन्दोलन स्थगितका लागि मात्रै सम्झौतालाई सीमित राखेपछि बाध्य भएर छैटौँपटक सत्याग्रह तयारीमा पुगेको उनको भनाइ छ। पछिल्लो समय माथेमा प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने माग राखेलगत्तै सरकारले कार्यान्वयन सट्टा थप अध्ययनका नाममा एक महिना पन्छाएपछि डा.केसी आक्रोशित भएका छन्।

'यति अनुत्तरदायी सरकारसँग के अपेक्षा गर्नु?' उनले भने, 'म फेरि जनता गुहार्छु, यो आमजनताको स्वास्थ्यसँग जोडिएको विषय हो। मेरो लडाइँ रोकिँदैन।' पाँचौ अनशनक्रममा सरकारले त्रिवि पूर्वउपकुलपति डा.केदारभक्त माथेमा संयोजकत्वको कार्यदल बनाएको थियो। माथेमा प्रतिवेदन प्राप्त भएपछि स्वास्थ्य शिक्षा नीति बनाएर त्यहीअनुसार सम्बन्धन रोक्ने सम्झौता गरेको थियो।

कार्यदलले गत असार १४ गते प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ। 'सरकार निजी मेडिकल कलेजको इशारामा प्रतिवेदन लागू गर्न डराइरहेको छ,' केसीले भने, 'आमनागरिकको चासोको विषय भनेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री नै लागू गर्न हिच्किचाउनुले सरकार फेरि माफियाको प्रभावमा परेको स्पष्ट भएको छ।'

अनियमितता छानबिन गर्न गठित पूर्व शिक्षासचिव जयराम गिरीको समितिले दिएको प्रतिवेदन अख्तियार पठाउने, चिकित्सा शिक्षामा भएका अनियमितता छानबिन गर्न न्यायिक आयोग गठन गर्ने सम्झौता पनि सरकारले डा. केसीसँग गरेको थियो। गिरी समितिको प्रतिवेदन कार्यान्वयन भएको छैन भने, न्यायिक आयोग गठन भएको चार महिना भइसक्दा पनि छानबिनको कुनै काम अगाडि बढेको छैन। 'विभिन्न बहाना बनाएर पटक–पटक झुक्याउने काम भइरहेको छ,' डा. केसीले भने, 'स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सुधारमा सरकारी उदासीनता बुझिनसक्नु भयो।'

यसैगरी चिकित्सा विश्वविद्यालयसम्बन्धी विधयेक तीन महिनाभित्र संसदमा पेस गर्ने भनिए पनि हालसम्म कुनै काम अगाडि बढाइएको छैन। यसका लागि शिक्षा मन्त्रालयले समिति गठन मात्रै गरेर बसेको केसी बताउँछन्। त्यसैगरी सरकारले चिकित्सा शिक्षाका विभिन्न निकायमा वस्तुनिष्ठ आधारमा पदाधिकारी नियुक्त गर्ने भने पनि स्वास्थ्य मन्त्रालयले त्यसको उल्लंघन गरिरहेको केसीले बताए।

'रिसर्च नै नगरेको मान्छे रिसर्च काउन्सिल अध्यक्ष भए, कनिष्ठलाई मेडिकल काउन्सिलमा ल्याइयो,' उनले भने, 'अनशन हुन्छ, सम्झौता हुन्छ तर सरकार कार्यान्वयन गर्दैन।' केसीले सम्पूर्ण मेडिकल क्षेत्र र जनसाधारणको समर्थन प्राप्त आन्दोलन चिकित्सा शिक्षाको सुधारबिना नरोकिने दोहोर्यारए।

यसबीचमा सरकारले सम्झौताअनुसार डिएमएमसिएचको अध्ययन निःशुल्क गर्ने, त्यसका लागि बजेट छुट्टाउने र आगामी वर्षदेखि क्रमशः पाँचै विकास क्षेत्रमा सरकारी मेडिकल कलेज खोल्ने सम्झौता कार्यान्वयनको सुरुवात गरेको छ।

सरकारले काठमाडौँ विश्वविद्यालयले विस्तारित कार्यक्रमको नाममा दिएको सम्बन्धन स्थगित गरी विद्यार्थीको व्यवस्थापन गर्ने र नेपाल चिकित्सक संघसँग भएका सम्झौता कार्यान्वयन गर्ने मागमा चासोसम्म दिएको छैन।

यसपछि डा.केसीले साउन ८ गते पुराना सम्झौता कार्यान्वयनसँग जोडिएका पाँचसूत्रीय माग अगाडि सारेका थिए। यसपटक उनले त्रिविलगायत सातै विश्वविद्यालयका उपकुलपति रिक्त हुने पदमा राजनीतिक भागबन्डा नगरी वरिष्ठता र कार्यदक्षताका आधारमा नियुक्तिको मागसमेत थपेका छन्। उनले जानकी मेडिकल कलेजका व्यवस्थापक र सञ्चालकमाथि कारबाही मागसमेत राखेका छन्। माथेमा प्रतिवेदनले औँल्याएको विद्यार्थी संख्या र शुल्कजस्ता विषय तत्काल लागू गर्न नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयलाई पत्राचार गर्नुपर्ने उनको माग छ।

खासगरी यसअघिका अनशन बढी मात्रामा सम्बन्धन बन्द गर्नुपर्ने बारेमा केन्द्रित हुने गरेकोमा यसपटक केसीका माग कलेज सुधारसम्बन्धी विषयमा जोडिएका छन्। माथेमा प्रतिवेदनमा औँल्याइएको एमबिबिएस शुल्क ३५ लाख हुनुपर्ने र बढीमा सय सिटभन्दा दिन नहुने सुझावलाई लिएर निजी कलेजका सञ्चालक प्रतिवेदन तुहाउन लागिपरेका छन्। उनीहरुले मन्त्रिपरिषदको सामाजिक समितिमा रहेका मन्त्रीलाई समेत प्रलोभनमा पारेर यो वर्षको भर्नामा प्रतिवेदनको असर नपर्नेगरी पन्छाउन सफल भएका छन्। उक्त समितिले गत सोमबार थप सुझाव र कार्ययोजना बनाउने भन्दै माथेमा प्रतिवेदन एक महिनालाई पन्छाइदिएको थियो।

डा.केसीले सम्झौतायताका अवधिमा भएका स्वास्थ्य शिक्षासम्बन्धी विभिन्न निकायमा भएका नियुक्ती बदरको मागसमेत गरेका छन्। चिकित्सा शिक्षामा सुधारका माग गर्दै २०६७ सालदेखि २०७१ सम्म पाँचपटक अनशन बसिसकेका डा.केसीले पहिलोबाहेक अधिकांश अनशन पुराना सहमति कार्यन्वयनका लागि गर्दै आएका छन्। सुरुमा एक्लै आन्दोलनमा उत्रिने र बिस्तारै रेजिडेन्ट एवं वरिष्ठ चिकित्सकसमेत हडतालमा उत्रिन थालेपछि मात्र सरकारले सम्झौताको शृंखला सुरु गर्ने गरेको छ।

'सम्झौता गर्दा जे भन्नुहुन्छ मान्छौं भन्छन् तर त्यसलाई मेरो निजी विषयजस्तो गर्दै पन्छाउँछन्,' डा.केसी थपे, 'सास छउन्जेल म यो विकृतिविरुद्ध निरन्तर लडिरहन्छु र जनतालाई जगाइरहन्छु।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस