काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बाग्लुङ जिल्ला टुक्र्याउन नहुने बताउका छन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा नेता देउवाले बाग्गुङ जिल्ला जुन प्रदेशमा राखेपनि पुरै जिल्ला राख्नुपर्ने बताए ।बैठकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेले बाग्लुङ जिल्ला टुक्र्याउने निर्णयले जनतको भावनामा ठेस पुगेको भन्दै जिल्ला जिल्ला टुक्रा्यउन नहुने बताए । प्रमुख चार दलबीच शनिबार मध्यरातमा भएको सीमांकनसहितको संघीयता बनाउने सहमतिमा बाग्लुङ, नवलपरासी र रुकुम जिल्ला टुक्र्याउने उल्लेख छ ।
जिल्ला टुक्र्याउने सहमतिको विरोधमा स्थानीयले आइतबार बाग्लुङ बन्दको आयोजना गरेका छन् । संवाद समितिको बैठकमा सद्भावनाका सभासद लक्ष्मणलाल कर्णले चार दलबीच भएको सहमतिको प्रतिवेदन आफूले नपाएको भन्दै आक्रोश व्यस्त गरे ।
यसैबीच आज दिउँसो १ बजेलाई बोलाइएको संविधानसभा बैठक साँझ पाँच बजेलाई बोलाइएको छ भने तीन बजे बोलाइएको व्यवस्थापिका संसदको बैठक साँझ पाँच ३० लाई बोलाइएको छ ।