सातौं अर्थमन्त्रीस्तरीय बैठक काठमाडौंमा
२५ साउन २०७२
•
८ मिनेट पाठ
सातौं अर्थमन्त्रीस्तरीय बैठक काठमाडौंमा
काठमाडौं- नेपालले आर्थिक विकास तथा समृद्धि केन्द्रमा राख्दै 'सार्क विकास बैंक' स्थापनालाई प्रमुख एजेन्डाका रुपमा अघि सार्ने तयारी गरेको छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सातौं अर्थमन्त्रीस्तरीय बैठकमा नेपालले उक्त एजेन्डा अघि सार्न लागेको हो। बैठक आगामी भदौ २ र ३ गते काठमाडौंमा हुनेछ।

नेपाल तथा सार्क क्षेत्रको आर्थिक समृद्धिलाई ध्यानमा राखेर सार्क बैंक स्थापना, साझा मुद्रा अवधारणालगायत महत्वपूर्ण विषयमा छलफल हुने अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाश्ााखा प्रमुख मधुकुमार मरासिनीले बताए।

भारतले गत वर्षदेखि नै सार्क बैंक स्थापनाको एजेन्डालाई मन्त्री तथा सचिवस्तरीय बैठकमा उठाउँदै आएको छ। 'भारतले उठाएको एजेन्डालाई निरन्तरता दिनुभन्दा सार्क क्षेत्रमा साझा बैंकको खाँचो सबै मुलुकले महसुस गरेकाले यसलाई प्राथमिकतामा राखिएको छ,' उनले भने।

एसियाली विकास बैंक (एडिबी), विश्व बैंकजस्तै सार्क विकास बैंक स्थापना भए यो क्षेत्रको पूर्वाधार विकासले गति लिन सक्ने सबै मुलुकले मनन गरेका छन्। आर्थिक र सामाजिक दृष्टिले सार्कका देश विश्वमै कम संगठित मानिन्छन्। बैंकले तिनमा रहेको अन्तरआवद्धताको दूरीलाई अझ नजिक ल्याउने अपेक्षासमेत गरिएको छ।

मुख्यतः दक्षिण एसियाको पूर्वाधार विकासमा सार्क बैंकले पुलको काम गर्ने गरी यसको परिकल्पना गरिएको थियो। बैंकमार्फत सार्क क्षेत्रमा मात्र नभई नेपालमै पनि पूर्वाधार र जलविद्युत विकासमा लगानी भित्याउन ठूलो सहयोग पुग्ने मरासिनीले बताए। 'बैंक स्थापना एउटा सोच तथा दीर्घकालीन योजना हो, भोलि नै काम हुन्छ भन्ने होइन,' उनले नागरिकसँग भने, 'लगानीमैत्री वातावरण बनाउन जरुरी छ।'

उनका अनुसार सार्क क्षेत्रमा दोहोरो कर प्रणाली खारेज गर्ने, भन्सारमा देखिएका असमानता र दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) मा उल्लेखित नराम्रा पक्षलाई हटाएर व्यापार विस्तार गर्नेबारे पनि बैठकमा छलफल हुनेछ।

अर्थमन्त्रीस्तरीय बैठकमा नेपालले सार्क क्षेत्रका नागरिकले एक देशबाट अर्कोमा जाँदा आफ्नै देशको मुद्रामा कारोबार गर्र्ने वा उपयोग गर्न सक्ने 'करेन्सी स्वाप'का विषयमा पनि बृहत छलफल गरिने भएको छ। 'सार्क क्षेत्रभित्र यस्तो सुविधाको व्यवस्था गर्न सके सामान्यदेखि बन्द व्यापारका लागि समेत सहयोगी हुनेछ,' उनले बताए।

मन्त्रीस्तरीय बैठक हुनुअघि अर्थात भदौ १ गते सार्क विकास कोष (एसडिएफ) को बैठक हुने मन्त्रालयले जानकारी दिएको छ। कोषबाट अहिलेसम्म सामाजिक क्षेत्रमा मात्र लगानी भइरहेकाले अब पूर्वाधारतर्फ पनि लगानी विस्तार गर्नेबारे बैठकमा छलफल हुने एसडिएफका अध्यक्षसमेत रहेका मरासिनीले बताए। 'कोषमार्फत नेपाल तथा सार्क क्षेत्रको पूर्वाधार र जलविद्युतमा लगानी विस्तार गर्न आवश्यक छ,' उनले भने।

नेपालको अन्य मुलुकसँगको व्यापार आवद्धता बढाई लगानीकर्ता वा उद्योगीलाई आकर्षित गर्ने बैठकको उद्देश्य हो। दोहोरो कर प्रणाली हटाई भन्सारमा देखिएका समस्या हटाउन सके नेपालको पूर्वाधार क्षेत्रमा ठूलो परिमाणमा वैदेशिक लगानी भित्रिने उनको दाबी छ।

सार्क क्षेत्रमा अहिलेसम्म वस्तु व्यापारमात्र हुँदै आएकोमा अब सेवाको व्यापारमा पनि जोड दिनुपर्ने उनको भनाइ छ। उनका अनुसार बैठकमा यसलाई पनि प्राथमिकताका साथ उठाइनेछ। सेवा क्षेत्रको व्यापार विस्तार गर्न सके मुलुकको पर्यटन विकासमा यसले ठूलो फाइदा पुर्यातउने मरासिनीले दाबी गरे।

भारतमा मोदी सरकार गठनपछि उनले सार्क बैंक स्थापनालाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। तर, बैंकका लागि राख्नुपर्ने आवश्यक पुँजी र पूर्वाधार क्षेत्रमा गर्नुपर्ने लगानीबीच ठूलो अन्तर हुने हुँदा बैंक स्थापना प्रतिफलयुक्त नहुने भारतीय विश्लेषकको टिप्पणी छ।

दक्षिण एसियामा भारत सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो। यही हैसियतले उसले बैंकका लागि पनि ठूलो पुँजी व्यवस्था गर्नुपर्ने बाध्यता छ। तर, छिमेकी कम विकसित मुलुकको पूर्वाधार तथा आर्थिक विकासका लागि भारतको अर्थतन्त्र सबल नरहेको पनि विश्लेषकको तर्क छ।

बैंक स्थापनाको अवधारणा पहिलोपटक २०७१ असारमा भुटानमा भएको व्यापार तथा वाणिज्य मन्त्रीस्तरीय बैठकमा अघि सारिएको थियो। बैंकले सदस्य राष्ट्रलाई पूर्वाधार विकास विकासमा लगानी गर्न, वस्तु, सेवा तथा सुविधाको व्यापार गर्न सहजिकरण गर्न सक्ने खाकासमेत तयार पारिएको थियो। भुटानमा भएको बैठकमा बैंकको लगानीमार्फत सार्क मुलुकलाई रेलवे, सडक र जलमार्गले समेत जोड्न सकिने अवधारणा अघि सारिएको थियो।

सार्क बैंकका विषयमा बहस तथा छलफल भइरहँदा चीनले विगत वर्षदेखि नै एसियन पूर्वाधार लगानी बैंक स्थापनाको प्रस्ताव गरेको छ। यद्यपि, यो नयाँ बहस नभएको भारतीय विश्लेषकको तर्क छ। सार्क क्षेत्रका विज्ञ समूहले सन् १९९८ मै दक्षिण एसियामा एउटा साझा विकास बैंकको खाँचो औंल्याएका थिए। बैंकले पूर्वाधार आवद्धता बढाउन र साना मुलुकको व्यापार विस्तारमा बैंकले उल्लेख्य भूमिका खेल्न सक्ने अनुमान गरिएको छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस