काठमाडौं- नयाँ दिल्लीले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म पेट्रोल पाइपलाइन निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न सम्बद्ध निकायलाई स्वीकृति दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त स्वीकृति दिएको हो। बैठकले अमलेखगन्ज डिपोको 'रि–इन्जिनियरिङ' गर्ने र अन्य सुविधा दिने निर्णय पनि गरेको छ।वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले भारत सरकारले समझदारीपत्रमा हस्ताक्षरका लागि स्वीकृति दिएकाले अब काम अघि बढ्ने बताए। 'अब पाइपलाइन बनाउन बाटो खुल्यो,' उनले नागरिकसँग भने, 'मन्त्रीस्तरीय निर्णय भएपछि काम सुरु हुन्छ।'
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अगस्ट २४ मा भारतीय पेट्रोलियम मन्त्री आउने र समझदारीपत्रमा हस्ताक्षर हुने बताए। 'अन्य काम सबै सकिएको छ,' उनले भने, 'समझदारीपत्रमा हस्ताक्षर भएपछि पाइपलाइन निर्माण सुरु हुन्छ।'
पाइपलाइन निर्माण सुरु गर्न वाणिज्य तथा आपूर्तिमन्त्री र भारतीय समकक्षीले हस्ताक्षर गर्ने बुझिएको छ। पाइपलाइन निर्माणबारे हालसम्म भएको अध्ययन, सञ्चालन विधि, आर्थिक पक्षलाई अन्तिम रूप दिन २४ अगस्टमा दुई मुलुकबीच समझदारी हुनेछ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पाइपलाइन निर्माणलाई चाहिने जग्गा चाँडै उपलब्ध गराउन नेपाली पक्षलाई यसअघिनै आग्रह गरेको छ। यीबाहेक सुरक्षा र भण्डारबारे पनि चासो दिएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि अमलेखगन्ज–रक्सौल पाइपलाइन निर्माण सम्बन्धी सम्झौतालाई मन्त्रिपरिषदबाट स्वीकृत गरिसकेको छ।
पाइपलाइन निर्माणमा भारतीय पक्षसँगै नेपालले पनि तीव्र रुपमा काम अघि बढाएका छन्। भारतले अनुदानमा पाइपलाइन निर्माण गरिदिने र नेपालले पाँच वर्ष इन्डियन आयल कर्पोरेसनबाटै तेल किन्नुपर्ने तथा अर्को दुई अवधि थप्न सक्ने प्रावधान सम्झौतामा छ। आइओसीले १५ वर्ष आफूसँगै तेल किन्नुपर्ने प्रस्ताव परिमार्जन गरेको छैन।
नेपालले पाइपलाइन निर्माणका लागि आवश्यक पर्ने जग्गाको मुआब्जालगायत समस्या समाधान गर्नुपर्नेछ। आयल निगम र आइओसीको प्राविधिक टोलीले मुआब्जा दिनु नपर्ने ठाउँबाट पाइपलाइन निर्माण गर्ने निर्णय गरिसकेका छन्। सार्वजनिकस्थल छानेर पाइपलाइन निर्माण हुने स्रोतले बतायो। स्रोतका अनुसार रक्सौल–अमलेखगन्ज रेल्वे लिकबाट ल्याउँदा मुआब्जाको समस्या कम हुने भएकोले त्यही रुटमा पाइप राख्ने सहमति भएको छ।
अध्ययनका क्रममा केही घर–टहरा मात्रै पाइपलाइनको क्षेत्रमा पर्ने देखिएको थियो। भारतले पाइपलाइनका लागि आवश्यक पर्ने भण्डार निर्माणमा समेत सहयोग गर्नेछ। पाइपलाइन निर्माण हुनेबित्तिकै निगमको अमलेखगन्ज डिपोको भण्डारण क्षमताले पुग्दैन। अमलेखगन्ज डिपोको क्षमता विस्तारमा समेत भारतले सघाउनेछ। पाइपलाइन निर्माण र डिपो विस्तारका लागि भारतले ५ अर्ब ६० करोड रुपैयाँ खर्चिनेछ। डिपो विस्तारमा नेपालले ९० करोड रुपैयाँ लगानी गर्नुपर्नेछ। पाइपलाइन प्रयोग गरेबापत कुनै शुल्क नलगाउने सहमति भइसकेको छ। निगमले गरेको अध्ययन अनुसार ४१ किलोमिटर पाइप बिच्छ्याउनु पर्छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष नेपाल भ्रमणमा आएका बेला पाइपलाइन निर्माणमा सहयोग गर्ने घोषणा गरेका थिए। मोदीको प्रतिबद्धतासँगै पाइपलाइन विस्तार गर्न दुई मुलुकका अधिकारी सक्रिय भएका थिए। भारतीय पक्षले पनि यसमा चासो देखाएको छ।
पाइपलाइन निर्माणमा दुवै सरकारको चासो भएकाले काम ढिलो नहुने मन्त्रालयले जनाएको छ। 'पाइपलाइन दुवै मुलुकको प्राथमिकताको विषय बनेको छ। निर्माणमा अब ढिलाइ हुँदैन,' उपाध्यायले भने।
पाइपलाइनको फाइदा
रक्सौल–अमलेखगन्ज पेट्रोल पाइपलाइन निर्माण भए ग्यासबाहेक अन्य पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ। पाइपलाइनले पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा सहयोग पुग्नेछ। पाइपलाइनबाट आयात गर्दा प्राविधिक त्रुटि न्यून हुन्छ। भन्सार नाकामा हुने सवारी जाम र हडतालको मार पनि कम हुनेछ।