काठमाडौं- समयमा काम सकिएको भए अहिले काठमाडौं उपत्यकाबासीका घरघरमा मेलम्चीको खानेपानी झर्थ्यो। चर्चा भएको २६ वर्ष र कामै सुरु भएको १५ वर्ष बित्दा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी कहिले झर्ने हो, यकिन हुन सकेको छैन।
सरकारले एक वर्षअघि नै २०७३ वैशाख १ गते काठमाडौंबासीका घरघरमा पानी खस्ने आश्वासन बाँडेको थियो। मेलम्ची खानेपानी विकास समितिले सम्झौताअनुसार काम नगरेपछि चिनियाँ सिआरसिसी–सिएमआइई चाइना जेभीसँग ठेक्का तोडेर प्रतिस्पर्धाबाट इटलियन ठेकेदार नियुक्त गरेको थियो। इटलियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी सिएमसी दी राभेनासँगको सम्झौताअनुसार २०७३ भदौमा काम सक्नुपर्छ।
उक्त ठेकेदारसँग २०७० असार ३१ मा सम्झौता भएको थियो। उक्त कम्पनीले पनि दुई वर्ष बित्दासमेत २० प्रतिशत पनि काम सकेको छैन। यही अवस्थामा ठेकेदारले तोकिएको समयमा काम नसक्ने समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए।
'ठेकेदारले ठेक्का प्रस्ताव गर्दा दिनको करिब ३६ मिटरका दरले सुरुङ खन्ने प्रतिबद्धता गरेको थियो, अहिले दिनको करिब ७ मिटरका दरले मात्र काम गरेको छ,' उनले नागरिकसँग भने, 'सोचेभन्दा फरक प्रकृतिको चट्टान भेटिएकाले काम गर्न समस्या भएको बताउँदै आएको छ।'
मेलम्चीको पानी काठमाडौंसम्म ल्याउन करिब साढे २७ किलोमिटर सुरुङ निर्माण गर्नुपर्छ। करिब ६ किलोमिटर सुरुङ खनेपछि चिनियाँ ठेकेदारसँग ठेक्का तोडेर इटलियन ठेकेदारसँग सम्झौता गरिएको थियो। तर उसले २ वर्षसम्म करिब ७ किलोमिटर मात्र सुरुङ खनेको आयोजनाले जानकारी दिएको छ।
भौगोलिक अवस्था जटिल रहेको र रकम अभाव हुँदा काम गर्न नसकेको ठेकेदारको दाबी छ। तर भुक्तानीमा कुनै समस्या नरहेको र उसको कामअनुसार शतप्रतिशत भुक्तानी गरिएको भट्टराईले बताए।
'हामीले परामर्शदाताले सिफारिस गरेका आधारमा मात्र भुक्तानी दिने हो, त्यो भइरहेको छ,' उनले भने।
ठेकेदारलाई हालसम्म उसको कामको प्रगतिका आधारमा करिब १ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ तर आर्थिक अभाव देखाउँदै उसले काम मात्रै रोकेको छैन, त्यहाँ काम गरिरहेका ६ सय ५० कर्मचारीलाई समेत तलब दिएको छैन।
७ अर्ब २३ करोड रुपैयाँको ठेक्कामा ३ वर्ष ५ महिनामा सम्पूर्ण काम सक्नुपर्ने गरी सम्झौता भएको थियो। दुई वर्षसम्मको काम गतिले अर्को दुई वर्षसम्म पनि आयोजना पूरा हुने सम्भावना नरहेको भट्टराईको दाबी छ। 'ठेकेदारले प्राविधिक प्रस्ताव गर्दा जे काम गर्छु भनेर बाचा गरेको थियो, त्यसको १० प्रतिशत पनि गरेको छैन,' उनले भने, 'यही अवस्थामा यो ठेकेदारबाट आयोजना पूरा हुँदैन।'
एसियाली विकास बैंक (एडिबी) ले आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराएकाले छिटो काम सक्न दबाब दिँदै आएको छ। हालै अर्थ मन्त्रालयमा एडिबीले सहयोग गरेका आयोजनाको समीक्षा बैठकमा समेत एडिबी अधिकारीले मेलम्चीलाई लक्षित गर्दै प्रगति सन्तोषजनक नदेखिए सहयोग फिर्ता लानेसम्मको चेतावनी दिएका थिए। एडिबीका आवासिय प्रतिनिधि केनिची योकोआमाले पनि यही अवस्थामा मेलम्ची २०७३ फागुनअघि सम्पन्न हुन नसक्ने दाबी गरे।
विगतमा विभिन्न राजनीतिक पार्टीको स्वार्थ, मेलम्चीमा जाने उच्च अधिकारी, त्यहीका कर्मचारी र ठेकेदारका कारण आयोजनामा ढिलाइ र अनियमितता हुँदै आएको थियो। तर अहिले इटलियन ठेकेदारकै कारण निर्माणले गति लिन नसकेको भट्टराईको भनाइ छ।
दैनिक समस्याबारे ठेकेदारले समितिका अधिकारीलाई बेवास्ता गरेर उच्च निकायमा सम्पर्क राख्ने र विभिन्न बहाना देखाएर काममा ढिलाइ गरिरहेको स्रोतले बतायो। 'ठेकेदार परिचालन सरकार अर्थात समितिले गर्ने हो तर उसले हामीलाई नसोधी एडिबीका अधिकारीलाई भेट्छ,' स्रोतले नागरिकसँग भन्यो, 'मैले काम नगरे पनि सरकारले ठेक्का तोड्न सक्दैन भन्ने धम्की दिने गरेको छ।'
ठेकेदार र आयोजनाबीच बढ्दै गएको यस्तो विवादका कारण अहिले दुवै पक्षबीच बोलचालै बन्द भएको छ। ठेकेदारतर्फ नेतृत्व फेरिएकाले वातावरण सुमधुर हुने समितिको अपेक्षा छ। ठेकेदारका नयाँ कम्पनी प्रमुख लिभियो मास्ट्रो फ्रान्सेस्कोले वातावरण सुमधुर बनाई नयाँ तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाली एजेन्ट, केही राजनीतिक व्यक्ति र एडिबीले नै ठेकेदारलाई च्यापेकाले सुरुङ निर्माणसहित सिंगो आयोजनाको काम प्रभावित भएको समिति अधिकारीको आरोप छ। दोस्रो पटकको ठेक्कामा इटलियन र चीनको साइनो हाइड्रो अन्तिम छनोटमा परेका थिए। तर राभेनाले साइनो हाइड्रोको भन्दा ३ अर्ब रुपैयाँ कममा आर्थिक प्रस्ताव पेस गरेको थियो।
कम रकमकै आधारमा छानिएको ठेकेदारले त्यतिबेलै ३ अर्ब रुपैयाँ लिएर ठेक्का साइनो हाइड्रोलाई छाडिदिने तयारीसमेत गरेको थियो। तर आयोजनाले ठेक्का सम्झौता गर्न नआए कालो सूचीमा राख्ने चेतावनी दिएपछि मात्र उसले सम्झौता गरेको थियो। त्यहीबाट यसले काममा गति नदिएको आयोजना अधिकारी बताउँछन्।
तोकिएको समयअघि काम पूरा भए सरकारले सम्झौता रकमको ०.०५ प्रतिशतका दरले अधिकतम ९ प्रतिशतसम्म (करिब ६५ करोड रुपैयाँ) बोनस दिने समेत निर्णय गरेको छ। उसले बढी समय लगाए सोहीअनुसार क्षतिपूर्ति तिराउने प्रावधान राखिएको छ। तर ठेकेदारले काममा ढिलाइ गर्दा बोनसभन्दा बढी रकम असुल गर्न सकिने कामलाई तीव्रता दिएको छैन।
काठमाडौंसम्म पानी ल्याउन साढे २७ किलोमिटर सुरुङ खन्नुपर्नेमा अहिलेसम्म १३ किलोमिटर मात्रै खनिएको छ। यस्तै, सुन्दरीजलमा निर्माण हुने पानी शुद्धीकरण आयोजनाको काम पनि सम्झौता तालिकाभन्दा निकै सुस्त छ। उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य हो।
आयोजनाको दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के खोलाबाट १७–१७ करोड लिटरका दरले थप पानी काठमाडौंमा ल्याउने योजना छ। मेलम्चीबाट ल्याइने १७ करोड लिटर पानी सन् २०१५ सम्मको मागलाई मात्र पूरा गर्ने योजना थियो। पानीको माग बढ्दै गएकाले ती दुई खोलाको पानी पनि काठमाडौं ल्याउन पूर्वनिर्धारित योजनामा संशोधन गरिएको हो। आयोजनाका लागि एसियाली विकास बैंक, ओपेक, र जाइकाले ऋण उपलब्ध गराएका छन्। अपुग रकम सरकारले उपलब्ध गराउनेछ।