आइतबार रातिको अविरल वर्षापछि बागमतीमा आएको बाढीले राजधानीको तीनकुने नजिकै सुकुम्बासी बस्तीका केही घर बगाएको छ। बस्तीका सयाैं घरमा बाढी पसेको छ। पाँचसय चालिस परिवार बस्दै अाएको जाग्रिती टोल र दीर्घायु टोलका सय बढी परिवार विस्थापित बनेका स्थानीय बाबा लिम्बुले बताए। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बनाएको तीनकुनेस्थित भिएसनिकेतन स्कुल अगाडिको डाइभर्सन र त्यो नजिकै वृद्धाश्रम छेउमा बनाएको डाइभर्सनका कारणा बागमतीको बहाब रोकिएर बाढी बस्तीमा पसेको हो।
राति ११ बजेदेखि बस्तीमा बाढी पसेको थियो। स्थानीय शुक्रम लामाका अनुसार गाैसालाबाट दुइ जनालाई बाढीले बगाएको छ। ७० वर्षीया जुठी परियारले पैसा, लुगाफाटा, खानेकुरा र सिलाउन ल्याएका ग्राहकका कपडा बगाएको बताइन्।
भिडियोः

घरमा बाढी पसेपछि सामान सार्दै एक बालक।

बागमतीको बाढी।

कोठा भित्र बाढी पसेपछि पानी बाहिर फाल्दै।

बगाएको सामान खोज्दै स्थानीय।

घर भित्र र अाँगनमा पानी पसेपछि...।

वस्तिमा पसेको पानी।

रातभर बाढीबाट जोगाउन घरबाहिर सामान सारेर बाहिरै सुतेका स्थानीय।

७० बर्षीया जुठी परियार। उनले पैशा, लुगाफाटा, खानेकुरा र सिलाउन ल्याएका ग्राहकका कपडा बगाएको बताइन्।

कोठामा पसेको पानी फाल्दै।
सबै तस्विरः टेकनारायण भट्टराई