सुरुङ्गाले देखायो बन्दमुक्त बाटो
०६ भदौ २०७२
•
१३ मिनेट पाठ
सुरुङ्गाले देखायो बन्दमुक्त बाटो
झापा- सामान्य हल्लाकै भरमा बजार, यातायात सबै ठप्प भइहाल्ने चलन हाबी भएका बेला झापाको सुरुङ्गा बजारचाहिँ पूरै फरक छ। बन्दको हल्ला सुरु भएपछि छिमेकी सहरहरू पसलका सटर झारेर निदाउँछन्, सुरुङ्गा भने झन् सक्रिय बन्छ।




नौ वर्षयता जिल्लाको यो उदाउँदो सहरले हरेक बन्दको अवज्ञा गरेको छ। त्यसैले सुरुङ्गा बन्दविरोधी सहरका रूपमा स्थापित हुँदै गएको छ। जतिसुकै कडा बन्दका बेला पनि अचेल सुरुङ्गा खुल्छ। हातमा लाठीमुंग्री बोकेर बन्द गर्दै हिँड्ने बन्दकर्ताहरू पनि सुरुङ्गा पुग्ने 'झन्झट' गर्दैनन्। बन्दकर्ता बजारमा आउँदै नआउने स्थिति सुरुङ्गामा सहजै बनेको भने होइन। यसका लागि सुरुङ्गाबासीको साहस, दलका स्थानीय नेताको त्याग र सबैको दृढ प्रतिबद्धताले काम गरेको छ।

सहरलाई बन्दमुक्त राख्ने अभियानका अभियन्ताहरू यसको सम्पूर्ण श्रेय सर्वसाधारणलाई दिन्छन्। 'सर्वसाधारण आफैं जागरुक बनेर बन्दको विपक्षमा उभिएपछि कसैको केही जोर नचल्दो रहेछ,' कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष युवराज संग्रौला भन्छन्, 'नेपालमा सबैभन्दा धेरै र कडा बन्द भएको यही नौ वर्षको अवधिमा हो तर सुरुङ्गामा ती सबै बन्दको जोडदार अवज्ञा भएको छ। यो स्थानीयको प्रतिबद्धताको परिणाम हो।'

...

२०६२/६३ सालको जनान्दोलन सकिएर क्षेत्रीय आन्दोलनले मुलुक फेरि तरंगित बन्दै थियो। मधेस र पश्चिममा पहिचानको आन्दोलन उचाइतिर जाँदै थियो, पूर्वमा पनि लिम्बूवान लगायतका शक्तिहरू आन्दोलित थिए। जनआन्दोलनमा १९ दिन लगातार र त्यसअघि पटके रूपमा आयोजना भएका सयौं बन्दले जनजीवन अस्तव्यस्त बनेको थियो। आन्दोलन सफल भएर दलहरूको हातमा शासन सत्ता आएपछि जनजीवन सामान्य रूपले चल्ने आशा स्थानीयको थियो। 'तर त्योभन्दा विल्कुल भिन्न अवस्था आयो,' सुरुङ्गाका व्यवसायी रोमन सुब्बाले भने, 'फेरि बन्द हडताल सुरु भयो। बाध्य भएर त्यसको विपक्षमा उभिन कर लाग्यो।'

त्यसो त सुरुङ्गाले बन्द अवज्ञाको सुरुआत योजनाबद्ध रूपमा गरेको थिएन। कनकाई उद्योग वाणिज्य संघका अनुसार मधेस आन्दोलनकै बेलामा नेपाल पिछडा वर्ग महासंघले बन्द आह्वान गरेको थियो। सुरुङ्गा बजार पनि सबैतिर जस्तै लगभग बन्द थियो। स्थानीय व्यवसायी भवानी लुइँटेलले पसल कारणवश केही छिनलाई मात्रै खोलेका थिए। बन्दकर्ताको हुल होहल्ला गर्दै उनको पसल घेर्न पुग्यो।

लुइँटेलले आफ्नो सानो कामका लागि मात्रै पसल खोलेको अब बन्द गरिहाल्ने बताउँदा पनि बन्दकर्ताले सुनेनन्। पसल तोडफोड सुरु गरे। बन्द अवज्ञा गरेको भन्दै लुइँटेलमाथि कुटपिट गरे। 'बन्दकर्ता दलहरूलाई चन्दा पनि हामीले दिनुपर्ने, राज्यलाई कर पनि हामीले तिर्नुपर्ने अनि तिनै दलहरूले खोल भन्दा खोल्नुपर्ने, बन्दभन्दा व्यवसाय ताला लाउनुपर्ने कुरा पूरै अन्याय हो भन्ने यो घटनाले हामीलाई अनुभव गरायो,' कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष युवराज संग्रौलाले सुनाए, 'हुँदाहुँदा कुनै अपराध नै नगरी भिडको पिटाइ पनि व्यवसायीले खानुपर्ने अवस्थाले हामीलाई झक्झक्यायो। त्यसैले अब कसरी अघि बढ्ने भन्ने विषयका लागि सबै व्यवसायी भेला भएर छलफल गर्ने निश्चय गर्यौंय।'

उद्योग वाणिज्य संघको हलमा स्थानीय व्यवसायी, सर्वसाधारण सबै भेला भए। उनीहरूले एक स्वरमा सामूहिक निर्णय लिए, 'अबदेखि जुनसुकै बन्दमा पनि बजार खुलै राख्ने।' निर्णय त भयो तर देशैभरि बन्द हडतालको जगजगी चलेका बेला कार्यान्वयन सहज थिएन। त्यसपछि उद्योग वाणिज्य संघकै अगुवाइमा सुरुङ्गा क्षेत्रका सबै राजनीतिक दलका स्थानीय प्रमुखहरूसहित फेरि सर्वपक्षीय बैठक आयोजना भयो। सयौंको संख्यामा भेला भएका सर्वसाधारणले दलका स्थानीय प्रमुखहरूलाई सोधे, 'हामी अब बजारलाई बन्दमुक्त बनाउँदैछौं। तपाईंहरू हामीलाई साथ दिने कि नदिने?'

दलका नेताहरू अकमकाए। कसैले समर्थन गर्ने बताए भने कसैले पार्टीको माथिल्लो तहमा छलफल गर्नुपर्ने बताए। भिडले र्यारखर्याैख्ती पारिहाल्यो, 'तपाईंहरूलाई सुरुङ्गाबासी महŒवपूर्ण हुन् कि पार्टीको माथिल्लो कमिटी?'

दलका नेताहरु अवाक भए। 'हामीलाई आफ्नै ठाउँका बासिन्दालाई कष्ट दिएर नेता बन्नु थिएन,' सुरुङ्गा कांग्रेसका तत्कालीन सभापति नेत्र चिमरियाले सम्भि्कए, 'हामीले यही सोचेर सर्वसाधारणको कदममा साथ दिने वचन दियौं।' सबै दलका नेताले बन्दविरोधी प्रतिबद्धतापत्रमा हस्ताक्षर गरे। अक्सर बन्दका आयोजकहरू नै बन्द अवज्ञाको सहयात्री बनेपछि स्थानीय हौसिए। त्यसपछि सुरुङ्गामा बन्द अवज्ञा संगठित रूपमै सुरु भयो।

तर संगठित रूपमै बन्दको अवज्ञा गर्दा पनि स्थानीयले ज्यादै ठूलो चुनौती सहेका थिए। बन्दकारीसँग दिनहुँजसो स्थानीयको भिडन्त हुन थाल्यो। हुलका हुल बन्दकारी हतियार बोकेर स्थानीयसँग भिड्न आउन थाले। तर सुरुङ्गाबासीले पनि बजार खुलै राखे अनि हातमा लाठी बोकेर बन्दकर्ता खेदाउन लागिपरे। एक दिन बन्दकारीले भालाले रोपेर स्थानीय विष्णु ओलीलाई गम्भीर घाइते बनाए। तीन महिनासम्म अस्पताल राखेर उनको उपचार भयो। त्यसपछि पनि यस्ता भिडन्तको सामना स्थानीयले धेरै गरे। 'बन्दकर्ताको आन्दोलनसँग हाम्रो विमति होइन,' स्थानीय व्यवसायीको तर्क छ, 'उनीहरूको आन्दोलन जायज होस् वा नाजायज तर हामीले गरिखान पाउनुपर्छ। हामी कर तिर्छौं, दलहरूलाई चन्दा दिन्छौं र बैंकको ब्याज तिरेर परिवार चलाउँछौं भने हामीले स्वतन्त्रतापूर्वक कारोबार चलाउन पाउनुपर्छ।'

उनीहरूको यो तर्क र बन्दविरोधी प्रतिबद्धताले २०६२/६३ को जनआन्दोलनलगत्तै उठेको मधेस विद्रोह, पूर्वमा कसिलो रूपमा चलेको लिम्बुवान आन्दोलन, कोचिला आन्दोलन मुख्य दल र तिनका भ्रातृ संस्थाका बन्दमा पनि बजार खुलै रहन थालेको छ। त्यही आडमा सुरुङ्गाले बन्दविरोधी सहरको पहिचान बनाएको हो।

...

दलका नेताहरूका लागि बोली फेर्नु वा आफैंले हस्ताक्षर गरेको सहमतिको मसी नसुक्दै त्यसैको विपक्षमा उभिनु पछिल्लो समयको राजनीतिका लागि अनौठो कुरा होइन। तर सुरुङ्गा क्षेत्रका नेताहरू यो मामिलामा इमानदार देखिए जसका कारण बजारले बन्दविरोधी छवि बनाउन सक्यो।

केही वर्षअघि कांग्रेस भ्रातृ संस्था तरुण दलका तत्कालीन चितवन जिल्ला सभापतिको हत्या भयो। घटनाको विरोधमा तरुण दलले नेपाल बन्द आह्वान गरेको थियो। जिल्लामा कांग्रेस नेताहरू नै बन्द सफल पार्न भिडेका थिए। तत्कालीन सुरुङ्गा गाउँ सभापति रहेका नेत्र चिमरियाले बजार बन्द गर्न मानेनन्। उनलाई जिल्ला तथा क्षेत्रीय समितिबाट पार्टीको निर्णयअनुसार बन्द गराउन दबाब आयो। उनले बन्द नगर्ने सहमतिमा हस्ताक्षर गरेका थिए, त्यो पनि आफ्नै गाउँका नागरिकका अघि। उनका अघि पार्टीको निर्देशन लत्याउने कि गाउँलेको विश्वास गुमाउने साँघुरो विकल्प बाँकी थियो। उनले पहिलो बाटो रोजे र बन्द गर्नुको साटो पार्टी सभापति पदबाटै राजीनामा दिए।

'आफ्नै गाउँका जनतासामु गरेको प्रतिबद्धता म बिर्सन सक्दिनँ थिएँ,' उनी भन्छन्, 'छिमेकीलाई सास्ती दिएर मलाई नेता हुनु थिएन, त्यसैले बरु पद नै त्यागेँ।' उनको कदमका अघि जिल्ला पार्टीले राजीनामा स्वीकृत गर्नै सकेन। बजार बन्द पनि भएन, उनको पद पनि गएन। 'यो हाम्रा लागि गौरवपूर्ण निर्णय सावित भएको छ,' उनी भन्छन्, 'आफ्नो अधिकार माग्ने नाममा सारा समाजलाई सास्ती दिनु ठिक होइन।'

कुनै बेला सुरुङ्गामा मात्रै सीमित बन्दविरोधी अभियान अहिले फराकिलो बन्दै गएको छ। सुरुङ्गा र घैलाडुब्बा गाविस मिलाएर कनकाई नगरपालिका बनेपछि बन्द अभियानले अहिले नगरव्यापी रूप लिएको छ। अहिले लक्ष्मीपुर र दुर्गापुरमा पनि बन्द अवज्ञा हुन थालेको छ। कनकाई नगर क्षेत्रमा मात्रै साना–ठूला गरी तीन हजारभन्दा धेरै पसल व्यवसाय रहेको उद्योग वाणिज्य संघको भनाइ छ। बन्दविरोधी अभियानले सफलता कस्तो पाइसकेको छ भने अचेल बन्दकारीहरू सुरुङ्गा जानै खोज्दैनन्।

'पहिला धेरै धम्की आए, भिडन्त भए तर पछिल्लो ३० वटा जति बन्दमा कसैले हामीलाई बन्द गर्न भनेको छैन, धम्की पनि आएको छैन,', उद्योग वाणिज्य संघका अध्यक्ष संग्रौलाले भने, 'अहिले समस्या छैन। हाम्रो बजार सधैं उत्तिकै रूपमा खुला रहन्छ।'

लोकतन्त्रमा बन्द–हडताल गर्न पाउने नागरिक हक सुरक्षित हुन्छ। तर स्थानीयको तर्क बेग्लै छ। 'यहाँका नागरिक पनि न्याय र समानताकै पक्षपाती हुन्,' एमाओवादी कनकाई नगरका संयोजक लक्ष्मी गुरुङ भन्छन्, 'तर आफ्ना सबै व्यवहार चौपट पारेर आन्दोलनको समर्थन हुँदैन भन्ने जनभावना यहाँ बलियो छ।' उनलाई समर्थन गर्दै स्थानीयबासी अर्को तर्क अघि सार्छन्, 'हाम्रो बजार खुलेका कारण कसैको अधिकार खोसिएको प्रमाण दिनुपर्योन। हाम्रो पसल बन्द हुँदा कसको अधिकार पूरा हुन्छ भन्नुपर्यो।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस