काठमाडौं– रक्सौल–अमलेखगन्ज पेन्ट्रोलियम पाइपलाइन निर्माण सम्झौतामा हस्ताक्षर भएको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक समारोहका बीच सोमबार अपरान्ह उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भातरका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले उक्त हस्ताक्षर गरेका छन्।
सम्झौतामा हस्ताक्षर गरेपछि मन्त्री थापाले करिब २ दशकदेखिको सपना वास्तविकतामा परिणत हुन लागेको भन्दै खुसी व्यक्त गरे। 'करिब २ दशकदेखिको सपनाले वास्तविकता लिन लागेको यो ऐतिहासिक क्षण हो,' उनले भने, 'समयभन्दा अघि नै काम सकेर यो सम्झौतालाई वास्तविकतामा बदल्नु पर्ने आवश्यकता छ।' वैशाखमा आएको विनाशकारी भूकम्पका बेला पनि आइओसीले नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन नदिएको भन्दै उनले धन्यबाद दिए।
सम्झौता कार्यक्रममा भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले उक्त सम्झौता अनुसार ३० महिनासम्ममा पाइपलाईन निर्माण गरिसक्नु पर्ने भएपनि तोकिएको समयअघि नै पाइपलाइन निर्माण गर्न आफ्नोतर्फबाट भरपुर सहयोग गर्ने बताए। 'भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि मात्र यो पाइपलाइन निर्माण प्रक्रियाले गति लिएको हो,' उनले भने, 'आइओसी र नेपाल आयल निगम(एनओसी)बीच चल्दै आएको पेट्रोलियम व्यापारलाई यसले अझ सहज बनाउँछ।' एनओसीले प्रस्ताव लिएर आएमा नेपालका गाउँगाउँमा एलपी ग्यास आपूर्तिका लागि पनि भारतकातर्फबाट आइओसीले सहयोग गर्ने उनले घोषणा गरे।
दुई देशका मन्त्रीस्तरमा भएको यस सम्झौतापछि एनओसीले पाइपलाईन निर्माण भएको १५ वर्षसम्म भारतसँग मात्रै पेट्रोलियम पदार्थ खरिद गर्नु पर्नेछ।
भारत सरकारले नेपाल सरकारलाई 'गिफ्ट प्रोजेन्ट' का रुपमा निर्माण गरिदिन लागेको उक्त आयोजनामा आइओसीले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ। यो रकमले रक्सौलस्थिति पेट्रोलियम डिपोदेखि अमलेखगन्जस्थित डिपोसम्मको ४१ किलोमिटर पाइपलाइन निर्माणको आइओसीले पूरा गर्ने छ। एनओसीले नेपाल सरकारले उपलम्ध गराउन १ अर्ब २० करोड रुपैयाँको लागतमा भने अमलेखगञ्जस्थिित डिपोको सुधार र भण्डारण क्षमता विस्तार गरिने कार्यक्रम छ। उक्त पाइपलाइनको ३९ किलोमिटर भाग नेपालमा र २ किलोमिटर भारतीय भूमिमा पर्नेछ ।
उक्त पाइपलाइन इन्डियन आयल निगमले अनुदानमा बनाइदिने घोषणा २०७१ साउनमा नेपाल भ्रमणताका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । लामो समय चर्चामा सीमित उक्त आयोजनाले मोदीको नेपाल भ्रमणपछि मात्रै गति लिएको थियो । त्यसयता आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्ने काम इन्डियन आयल निगम र नेपाल आयल निगमका अधिकारी सम्मिलित संयुक्त कार्यदलले गरेको थियो ।
सम्झौता भएको मितिले ३० महिनाभित्र पाइपलाइन सक्ने गरी सम्झौता भएको हो। पाइपलाइन निर्माण भएपछि पेट्रोलियमको ढुवानी लागत सस्तो हुने, चोरी, चुहावट र मिश्रणको समस्या समाधान हुने, तेल ट्यांकर हिँड्दा हुने ट्राफिक जामको समस्या समाधान हुनेलगायतका लाभ नेपाललाई हुने आयल निगमको विश्वास छ ।