काठमाडौं- काठमाडौं–तराई फास्ट ट्र्याकमा सरकारले न्यूनतम आम्दानी ग्यारेन्टीको जिम्मा लिँदा निर्माता कम्पनीलाई राज्यको ढुकुटीबाट करिब २ खर्ब रुपैयाँ दिनुपर्ने देखिएको छ। फास्ट ट्र्याक निर्माणपछि निश्चित संख्यामा सवारी साधन नगुडे त्यसबापत सरकारले वार्षिक साढे १५ अर्ब रुपैयाँ दिने ग्यारेन्टी गर्दा २५ वर्षसम्म उक्त रकम दिनुपर्छ। फास्ट ट्र्याक सन् २०२२ भित्र निर्माण सम्पन्न हुने आधारमा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबन्दासम्म दैनिक ६ हजार ४६ सवारी गुड्ने अनुमान छ।आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारेको भारतीय कम्पनी आइएल एन्ड एफएसले प्रतिसवारी १ हजार ६ सय रुपैयाँ शुल्क तोकेको छ। यसको आधारमा एक वर्षमा करिब साढे ३ अर्ब रुपैयाँमात्र आम्दानी हुन्छ। कम्पनीले फास्ट ट्र्याक निर्माणको लागत १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने भन्दै न्यूनतम ग्यारेन्टीका आधारमा काम गर्न सकिने बताएको छ।
सडक सञ्चालनमा आए पनि सन् २०२२ मा मात्रै सरकारको ढुकुटीबाट कम्पनीलाई करिब १२ अर्ब रुपैयाँ तिर्नुपर्छ। हरेक वर्ष सवारी साधन बढ्दै गए पनि ग्यारेन्टीबापत सरकारले तिर्नुपर्ने रकम भने खासै कम नहुने कम्पनीले बुझाएको डिपिआरमा उल्लेख छ।
एकमुष्ठ २५ वर्षको हिसाब गर्दा उक्त अवधिसम्म सरकारले वार्षिक औसत करिब ८ अर्ब रुपैयाँ तिर्नुपर्ने हुँदा राज्यको ढुकुटीबाट खुद २ खर्ब रुपैयाँ बुझाउनुपर्छ। विदेशी बैंकबाट कम्पनीले ऋण लिँदा महँगो पर्ने भन्दै सरकारले उसलाई ७५ अर्ब रुपैयाँभन्दा बढी ३ प्रतिशतका दरले सहुलियत ऋण दिने घोषणा समेत गरेको छ।
निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण (बुट) मोडलअनुसार सडक सञ्चालन अवधिसम्म कम्पनीले सरकारलाई करिब १ अर्ब १० करोड सहुलियत ऋणको ब्याज र १० अर्ब रुपैयाँ भ्याट बुझाउँछ। '२५ वर्षसम्म सरकारले कुल साढे ३ खर्ब कम्पनीलाई तिर्छ, तर उसले करिब १ खर्ब २० फर्काउने हुँदा राज्यको ढुकुटीबाट खुद २ खर्ब रुपैयाँ तिर्नुपर्छ,' पूर्वाधार नीति विश्लेषक सूर्यराज आचार्यले बताए।
सडकबाट नाफा भए सरकारले ८० प्रतिशत र कम्पनीले २० प्रतिशत बाँड्ने सहमति भएको छ। तर, सवारी गुड्ने आधारमा कम्पनीले नाफा कमाएर बाँड्ने अवस्था सिर्जना नहुने उनले बताए। उनका अनुसार सुरु वर्षमै साढे १५ अर्ब रुपैयाँ कमाउनै पनि करिब २७ हजार सवारी गुड्नुपर्छ।
डिपिआरअनुसार सडक निर्माणको लागत अस्वाभाविक रहेको, डिजाइन, प्राविधिक पक्ष नमिलेको भन्दै राष्ट्रिय योजना आयोगले पुनरावलोकन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिएको छ। आयोगले दिएको सुझावका आधारमा पुनरावलोकनको काम भइरहेको आयोजना प्रमुख सत्येन्द्र शाक्यले बताए। 'पुनरावलोकन गर्दा लागत थपघट हुन सक्छ, हामी काम गरिरहेका छौं,' उनले भने, 'कति लागत घट्छ वा बढ्छ भन्ने पुनरावलोकनको काम सकिएपछि मात्र थाहा हुन्छ।'
सरकारले सडक निर्माणमा निजी कम्पनीलाई आकर्षित गर्न स्वपुँजीका रुपमा छुट्टै १५ अर्ब रुपैयाँ लगानी गर्ने घोषण गरेको छ। आसयपत्र (आइओई) माग्दा नै सरकारले फास्ट ट्र्याक निर्माण गर्ने निजी कम्पनीलाई उक्त रकम दिने घोषण गरेको थियो। तर, वार्षिक साढे १५ अर्ब रुपैयाँ न्यूनतम आम्दान सुनिश्चित र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने घोषण गरेको थिएन।
ठेक्का आह्वान गर्दाको प्रक्रियाभन्दा फरक सरकारले गैरकानुनी तरिकाले ग्यारेन्टी र सहुलियत ऋण दिने गरेको मन्त्रालयले बतायो। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि आम्दानी बढ्ने र नाफा कमाउन सकिने भारतीय कम्पनीको तर्क छ। तर, अहिलेकै अवस्थामा सन् २०३० सम्म पनि विमानस्थल नबन्ने मन्त्रालयकै अधिकारी दाबी गर्छन्।
सरकारले ३ प्रतिशतमा सहुलियत ऋण दिँदामात्र वर्षको साढे १५ अर्ब रुपैयाँ ग्यारेन्टी बसे पुग्छ। तर, सञ्चालन अवधिसम्मको सञ्चालन, मर्मत खर्च र हरेक वर्षको महँगीसमेत जोड्दा वर्षको १९ अर्ब रुपैयाँ ग्यारेन्टी बस्नुपर्छ। सरकारले २० अर्ब रुपैयाँ स्वपुँजी लगानी गरेर राज्यको ढुकुटीबाट २ खर्ब रुपैयाँ लैजाने कम्पनीका पक्षमा निर्णय गरेको विज्ञहरुको विश्लेषण छ।
सरकारले करिब ५ महिनाअघि सम्झौता गर्दा उक्त कम्पनीलाई डिपिआरको जिम्मा मात्र दिन लागिएको बताएको थियो। भारतमा समेत विवादित कम्पनीलाई फास्ट ट्र्याक दिन नहुने र स्वेदशी लगानीबाट बनाउनुपर्ने बहस भइरहँदा ५ वर्षको निर्माण अवधिसहित ३० वर्षलाई आयोजना दिन लागिएको छ।
मन्त्रालयकै केही अधिकारी भने भारतीय कम्पनीलाई यही आधारमा फास्ट ट्र्याक बनाउन दिन नहुनेमा अडानमा छन्। 'वार्षिक करिब २० अर्ब रुपैयाँ छुट्ट्याएर सरकारले नै ५ वर्षमा यो आयोजना बनाउन सक्छ,' मन्त्रालयका एक उच्च अधिकारीले भने।
एसियाली विकास बैंक (एडिबी) ले २००८ मा गरेको अध्ययनमा आयोजनाको लागत ७४ अर्ब रुपैयाँ अनुमान गरेको थियो। आयोजना सन् २०१४ मा निर्माण सुरु गरे लागत ८७ अर्ब र सन् २०२१ सम्म आयोजना पूरा भए ९६ अर्ब रुपैयाँभन्दा बढी नहुने निचोड निकालिएको थियो।
कम्पनीले भने आयाोजनाको लागत एडिबीको अनुमानभन्दा करिब १६ अर्ब रुपैयाँ बढी निकालेको छ। उसले पेस गरेको लागत मूल्य अभिवृद्धि कर (भ्याट) र २५ वर्षसम्मको आवधिक मर्मत खर्च जोडिएको छैन। उक्त खर्चसमेत जोड्दा लागत करिब २ खर्ब रुपैयाँ नाघ्ने मन्त्रालयका अधिकारीले दाबी गरका छन्।
सरकारले भारतीय कम्पनीलाई आयोजना निर्माणको जिम्मा नदिए उसले डिपिआर तयार पारेबापत तिर्नुपर्नेछ। सम्झौता हुँदा उसले निःशुल्क डिपिआर बनाइदिने भनिएको थियो। डिपिआरको रकम नदिए उक्त अध्ययन प्रतिवेदन सरकारमा हस्तान्तरण हुने छैन।
७ वर्षअघि कोरियन कम्पनीले तयार पारेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डिपिआर सरकारले अझैसम्म हात पारेको छैन। उक्त कम्पनीले विमानस्थल आफैंले निर्माण गर्न पाउनुपर्ने, नत्र ६० करोड रुपैयाँ दिएमात्रै डिपिआर उपलब्ध गराउने बताउँदै आएको छ।
भारतीय कम्पनीसँग डिपिआर किनेर सरकारकै लगानीमा सडक बनाउनुपर्नेमा आचार्यले जोड दिएका छन्। 'सरकारले वर्षको २० अर्ब रुपैयाँ सडकका लागि सजिलै छुट्ट्याउन सक्छ,' उनले भने, 'स्वदेशी ठेकेदार परिचालन गर्ने र सुरुङ निर्माणमा मात्र विदेशी ठेकेदारलाई सहयोगीका रुपमा मात्र ल्याउन सकिन्छ।'
आन्तरिक वित्तीय अवस्था अध्ययन नगरी सरकारले भारतीय कम्पनीसँग फास्ट ट्र्याकको सम्झौता गरेकाले अब स्वदेशी लगानीमा बनाउने सम्भावना नरहेको पूर्वसचिव विरेन्द्रबहादुर देउजाको धारणा छ। 'निर्माणको सम्झौता गर्दा सरकार तल पर्ने गरी गर्नु हुन्न, सम्झौता गर्दा न्यूनतम आम्दानी सुनिश्चित गर्ने जिम्मा कम्पनीले नै लिने प्रवधान राख्नुपर्छ,' उनले भने, 'सवारी र आम्दानीको ग्यारेन्टी सरकारले लिनु राम्रो हुँदैन।'
१७ वर्षअघि दाताकै सहयोगमा आयोजना बनाउने योजना बनेको थियो। तर, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकको तर्क र विवादका कारण आयोजना अगाडि बढ्न सकेको थिएन। सन् २००८ को एडिबीको अध्ययनअनुसार दैनिक ९ हजार सवारी गुड्ने अनुमान गरेको छ।
सरकारद्वारा गठित उच्चस्तरीय समितिले सन् २०१० मा गरेको अध्ययनले भने दैनिक ५ हजार सवारी गुड्ने देखाएको छ। 'फास्ट ट्र्याक आयोजना' आफैंले सन् २०११ मा गरेको अध्ययनमा उक्त मार्गमा दैनिक ३ हजार मात्र सवारी गुड्ने देखाएको छ। कति सवारी फास्ट ट्र्याकका लागि सम्भाव्य हो भन्ने अहिलेसम्म प्रस्ट छैन।