काठमाडौं- भएका ग्यास उद्योग र पेट्रोलपम्पकै प्रभावकारी नियमन गर्न नसकेको नेपाल आयल निगमले थप उद्योग र पम्प खोल्न लाइसेन्स दिने तयारी थालेको छ।वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाको दबाबमा निगमले बिनाअध्ययन लाइसेन्स दिन लागेको मन्त्रालय स्रोतले जानकारी दियो। स्रोतका अनुसार देशैभरि नयाँ ग्यास उद्योग र पम्प खोल्न दिने तयारी छ।
मन्त्रीले आफ्नो कार्यकालमा देशभर नयाँ पम्प र ग्यास उद्योग खोल्ने लाइसेन्स दिन लागेको स्रोतको भनाइ छ। नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधान अहिले थप पम्प आवश्यक नभएको बताउँछन्।
अहिले काठमाडौंमा मात्रै ११ सयभन्दा बढी पम्प छन्। यिनीहरु नै घाटामा रहेको उनको दाबी छ। मन्त्री थापाको दबाबमा निगमका कार्यकारी निर्देशक गोपाल खड्काले देशभर लाइसेन्स बाँड्न लागेका हुन्।
'आवश्यकता पहिचान नगरी लाइसेन्स बाँड्दा भोलि नियमन गर्न सकिन्न,' एक अधिकारीले भने, 'पैसाको चलखेल भएपछि मन्त्रीले ग्यास र पेट्रोल पम्पको लाइसेन्स बाँड्न दबाब दिएका हुन्।' मन्त्रालयका उच्च अधिकारीका अनुसार बिक्रेता नियमावली संशोधन गरेर नयाँ लाइसेन्स बाँड्न लागिएको छ।
अनुमति पाएर उद्योग सञ्चालन गरिरहेका व्यवसायी अहिलेकै ५५ वटा ग्यास उद्योग नै नेपालका लागि बढी भएको दाबी गर्छन्। ती उद्योगलाई मर्ज गरेर थोरै बनाउनुपर्ने बेला नयाँलाई अनुमति दिनुले शंका उब्जिएको उनीहरु बताउँछन्। सरकार आफैंले पर्याप्त मात्रामा ग्यास र पेट्रोलियम पर्दाथ दिन नसकिरहेको बेला नयाँलाई लाइसेन्स दिँदा झन् समस्या हुने मन्त्रालयका केही अधिकारीको तर्क छ।
तर, लाइसेन्स लिन आयल निगममा अचेल दैनिक जसो राप्रपाका कार्यकर्ताको भीड लाग्ने गरेको स्रोतले बतायो। 'लाइसेन्स माग्न आउने मन्त्रीको मान्छेको लाइनै हुन्छ,' मन्त्रालयका एक अघिकारीले नागरिकसँग भने, 'बिनाअध्ययन लाइसेन्स दिँदा भोलि तेल बिक्री–वितरणमा ठूलो समस्या आउँछ।'
मन्त्रीले यसअघि पनि पटक–पटक ग्यास र पेट्रोल पम्पको लाइसेन्स खुलाउन निगमका कार्यकारी निर्देशकलाई दबाब दिएका थिए। अहिले थेग्नै नसक्ने गरी दबाब बढेपछि खुलाउन लागेको स्रोतको भनाइ छ।
निगमका कर्मचारी पनि अहिले भएको पम्प र ग्यास उद्योग नै पर्याप्त रहेको दाबी गर्छन्। ती उद्योगलाई नियमन र अनुगमन गर्न सकेपछि मात्रै नयाँ लाइसेन्स दिनुपर्ने मन्त्रालयका केही अधिकारीको भनाइ छ। व्यवसायीका अनुसार निगमले अहिले भएका पम्पलाई नै तेल दिन सकेको छैन। 'नयाँ कम्पनीलाई कसरी तेल दिने?,' प्रधान भन्छन्, 'तेल आयात क्षमता नबढाई लाइसेन्स मात्रै बाँडेर केही हुँदैन।'
बिक्रेता नियमावलीमा नयाँ लाइसेन्स बाँड्न नपाइने व्यवस्था छ। उक्त नियमावली विपरीत निगमले लाइसेन्स बाँड्न लागेको हो। निगम स्रोतका अनुसार आन्तरिक रुपमा नयाँ लाइसेन्स दिने तयारी अन्तिम चरणमा छ।
मन्त्री आफैंले पटक–पटक कार्यकारी निर्देशक खड्कालाई फोन गरेर तत्काल नयाँ लाइसेन्स दिन निर्देशन दिइरहेका छन्। खड्काले पनि नियम विपरीत नयाँ लाइसेन्स बाँड्ने तयारी गरेको स्रोतले बतायो।
निगम स्रोतका अनुसार आवश्यकताको पहिचान गरेर नयाँ लाइसेन्स दिनु ठिक हुन्छ। 'अहिले जुन तरिकाबाट लाइसेन्स दिइँदैछ, त्यो गलत हो,' स्रोतले भन्यो, 'निगमका पदाधिकारीले पटकपटक यस विषयमा कार्यकारी निर्देशकलाई जानकारी गराएको हो। तर, अहिले मन्त्रीको दबाब थेग्नै नसक्ने खालको छ।'
ग्यास व्यवसायीहरु अहिले भएका उद्योगलाई मर्ज गरेर ठूलो बनाउनु उपयुक्त हुने तर्क गर्छन्। '५५ वटा उद्योग आफैंमा धेरै हो,' एक उद्योगीले भने, 'त्यसलाई मर्जर गराएर पाँचदेखि १० वटा बनाए हुन्छ।'
'अहिले भएका ग्यास उद्योगमध्ये ९० प्रतिशत मापदण्डअनुसार छैनन्,' उनले भने, 'यस्तो अवस्थामा नयाँ उद्योगलाई लाइसेन्स दिनु घातक हुन्छ।' डिलर्स एसोसिएसनका अध्यक्ष प्रधानले अनुगमनको पाटोलाई ख्यालै नगरी लाइसेन्स खुलाउँदा भोलि समस्या आउने बताए।