ठूला आयोजनाका लागि समन्वय समिति
१३ भदौ २०७२
•
७ मिनेट पाठ
ठूला आयोजनाका लागि समन्वय समिति
काठमाडौं- पूर्वाधार तथा ठूला जलविद्युत आयोजना निर्माण क्रममा विभिन्न मन्त्रालयबाट हुने प्रक्रियागत ढिलाइ र कानुनी समस्या छोट्याउन सरकारले फाइल बोकेर मन्त्रालय धाउने परिपाटी अन्त्य गरेको छ।एकद्वार प्रणालीबाट नीतिगत काम अगाडि बढाएर समयमै पूर्वाधार आयोजना निर्माण गर्न सरकारले नयाँ व्यवस्था गरेको हो। विकासे मन्त्रालयमा देखिने नीतिगत र कानुनी समस्या समाधान गर्न सरकारले लगानी बोर्डअन्तर्गत 'लगानी सहजीकरण समन्वय समिति' गठन गरेको छ।

उक्त समितिले ऊर्जा, वन, वातावरणलगायत मन्त्रालयमा आयोजनाका फाइल थन्किने र सदर हुन महिनौं लाग्ने समस्या हल गर्न मुख्य भूमिका खेल्ने बोर्डका उपसचिव खगेन्द्रप्रसाद रिजालले बताए। 'ठूला आयोजना निर्माणमा दर्जनौं कानुनी जटिलता देखिने गरेका छन्,' उनले नागरिकसँग भने, 'नीतिगत काम छोट्याउन एकद्वार प्रणाली लागू गर्ने उद्देश्यले समिति गठन भएको हो।'

जलविद्युत र अन्य पूर्वाधार आयोजना निर्माणमा स्वदेशी तथा विदेशी लगानी सहजीकरण गर्ने निकाय नभएकाले पनि सरकारले समिति गठन गर्ने निर्णय गरेको रिजालले जानकारी दिए। प्रधानमन्त्री अध्यक्ष रहने बोर्डको १८औं बैठकबाट यस्तो निर्णय भएको थियो। बोर्ड ऐनमा ५ सय मेगावाटभन्दा ठूला जलविद्युत आयोजना र १० अर्ब रुपैयाँभन्दा बढी लगानीका पूर्वाधार आयोजना कार्यान्वयन बोर्डबाट गर्ने उल्लेख छ।

बोर्ड गठन भएको ३ वर्ष भइसक्दा पनि उसको क्षेत्राधिकारभित्रका आयोजना कार्यान्वयनमा समस्या देखिएपछि सरकारले सहजीकरण गर्ने छुट्टै निकायको खाँचो महसुस गरेको बोर्ड अधिकारीको भनाइ छ। समन्वय गर्ने निकाय नहुँदा माथिल्लो कर्णाली, अरुण तेस्रोलगायत ठूला आयोजना ऊर्जा मन्त्रालयबाट बोर्डमा हस्तान्तरण गर्न लामो समय लागेको थियो।

सहकार्य र समन्वय नहुँदा बोर्ड क्षेत्राधिकारमा परेको काठमाडौं–तराई फास्ट ट्र्याक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझैसम्म बोर्डमा हस्तान्तरण गरेको छैन। बोर्डका अनुसार मन्त्रालय र बोर्डबीच देखिएका कानुनी जटिलता र आयोजना विकास सम्झौता (पिडिए) गर्ने प्रक्रियामा पनि सहजीकरण समितिले सघाउ पुर्याुउनेछ।

सरकारले समिति संयोजकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलाई नियुक्त गरेको छ। समितिका अन्य सदस्यमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, आन्तरिक राजस्व विभाग, राष्ट्रिय योजना आयोग, उद्योग विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयका राजपत्रांकित द्वितीय श्रेणीको कर्मचारी रहने व्यवस्था गरिएको छ। समिति सदस्यमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक र बोर्डकै उपसचिव सदस्य सचिव रहने प्रावधान राखिएको रिजालले जानकारी दिए।

स्वदेशी तथा विदेशी लगानीमा बनिरहेको जलविद्युत र सडक आयोजना अन्तरमन्त्रालय समन्वय नहुँदा लामो समयदेखि अधुरै छन्। अधिकांश जलविद्युत आयोजनाका फाइल कानुनी प्रक्रिया नमिलेको भन्दै ऊर्जा, वन, वातावरण, भूमिसुधार मन्त्रालयमा लामो समयसम्म थन्किने गरेका छन्।

आयोजनाका फाइल मन्त्रालय पुगेर महिनौं रोकिँदा लगानीकर्ताले मार खेप्नुपर्ने र लागतसमेत बढ्ने समस्यालाई समितिले सहज बनाउने रिजालको दाबी छ। सरकारी निकायबीच कायम रहेको समन्वय अभाव कम गर्न आवश्यक देखिएकाले समिति गठन गर्नुपरेको बोर्डको निर्णयमा उल्लेख छ।

समितिले आफ्नो कार्यक्षेत्र र सेवा सर्त (टिओआर) आफैं तयार पार्ने र आवश्यकताअनुसार अन्य निकायलाई समेत उक्त प्रक्रियामा सहभागी गराउन सक्नेछ। ठूला आयोजना कार्यान्वयनको जिम्मा बोर्डले पाए पनि सम्बन्धित मन्त्रालयले गर्नुपर्ने सहजीकरणका लागि सम्बधित मन्त्रालयमा पठाउँदा फाइल महिनौं थन्किने परिपाटीले योजनाअनुसार विकास निर्माणका काम हुन सकेका छैनन्।

सरकारले पूर्वाधार र जलविद्युत विकासमा विदेशी लगानी भिœयाउने लक्ष्यले सन् २०१६/०१७ लाई 'नेपाल लगानी प्रवर्द्धन वर्ष' घोषणा गर्ने तयारी गरेको छ। विदेशी लगानी परिचालन एवं समन्वय गर्नसमेत सहजीकरण समितिले उल्लेख्य भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उद्योग मन्त्रालयको सहकार्यमा विदेशी लगानी भिœयाउन लगानी वर्ष घोषणा गर्ने गरी सरकारले सन् २०१५ भित्र 'लगानी सम्मेलन' गर्ने तयारीसमेत गरेको छ। लगानी सम्मेलनको तयारी गर्न बोर्डलाई नै सचिवालयको काम गर्न सरकारले निर्देशन दिएको छ।

वैशाखमा गएको भूकम्पका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल लगानी गर्न सुरक्षित क्षेत्र नरहेको भ्रामक प्रचार भएको छ। यही भ्रम चिरेर विकास निर्माणमा विदेशी लगानी भित्र्याउन पनि सम्मेलन अयोजना गर्न लागिएको बोर्डले जानकारी दिएको छ। देशमा भित्रिएको लगानी परिचालनमा सहजीकरण गरी मन्त्रालयबीच देखिएको कानुनी जटिलता एकद्वार प्रक्रियाबाट अन्त्य हुने सरकारको अपेक्षा छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस