काठमाडौं- सरकार र निजी क्षेत्रको झगडाका कारण यस वर्ष 'मिल्क होलिडे' सुरु भएको छ। सरकारले समयसापेक्ष दूधको मूल्य समायोजन नगरेको भन्दै निजी र सरकारी डेरीले विदेशबाट ल्याएपछि मिल्क होलिडे सुरु भइसकेको छ।
उद्योगीका अनुसार अहिले स्वदेशी किसानसँग दूध किन्नुभन्दा आयात गर्दा सस्तो पर्छ। अधिकांश डेरी उद्योगले विदेशबाट पाउडर ल्याएर दुग्धजन्य पदार्थ बनाइरहेका छन्। यता किसान दूध बेच्न नपाएर सडकमा पोख्न बाध्य छन्।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले पनि स्वदेशी दूध नकिने विदेशबाट आयातित पाउडर प्रयोग गरिरहेको छ। 'डिडिसीसहित २० भन्दा बढी डेरीले विदेशी पाउडरबाट दूध बनाएर बजार पठाएका छन्,' एक उद्योगीले भने, 'स्वदेशी दूध प्रतिलिटर ६४ रुपैयाँमा किन्नुभन्दा आयात गर्नु धेरै सस्तो हुन्छ।'
केही उद्योगी भने दूध र घिउको भन्सार महसुल बढाउन माग गरे पनि सरकारले बेवास्ता गरेकाले मिल्क होलिडे हुने अवस्था आएको बताउँछन्। केही महिनाअघि अर्थ मन्त्रालयमै पुगेर केही उद्योगीले घिउको भन्सार महसुल बढाउन आग्रह गरे पनि मन्त्रीलेे बेवास्ता गरेको स्रोतको भनाइ छ।
केही दिनअघि कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले मिल्क होलिडे गराउन डेरी उद्योग उद्यत भएको आरोप लगाएका थिए। 'सरकारी तथा निजी डेरी मिलेर मिल्क होलिडे गराउन खोज्दैछन्,' उनले भने, 'म त्यो हुन नदिन प्रतिबद्ध छु।'
सरकारी स्वामित्वको डिडिसीले नै अहिले विदेशबाट पाउडर आयात गरेर दुग्धजन्य पदार्थ बनाइरहेको छ। २६ डेरी उद्योगमध्ये २० वटाले विदेशी पाउडर प्रयोग गरिरहेका छन्।
एक डेरी सञ्चालकका अनुसार यस वर्ष मिल्क होलिडे हुने सम्भावना शतप्रतिशत बढेको छ। 'अब न सरकारले रोक्न सक्छ, न किसानको केही लाग्छ,' उनले सोमबार नागरिकसँग भने, 'सरकारी गल्तीका कारण मुलुकमा फेरि मिल्क होलिडे सुरु भयो।'
सरकारले पाउडर र दुग्ध पदार्थमा लाग्ने भन्सार महसुल बढाए तत्काल मिल्क होलिडे अन्त्य हुने एक उद्योगीले दाबी गरे।
पशुपालनमा राज्यले १० अर्बभन्दा बढी लगानी गरेको छ। तर राज्य आफैं गम्भीर नहुँदा पशुपालन क्षेत्रमा बिकराल समस्या आउन लागेको सरोकारवाला बताउँछन्।