चितवन- पश्चिम चितवनका शंकरराज राजभण्डारी २०४८ सालदेखि दुग्ध व्यवसायमा संलग्न छन्। २०५४ सालदेखि उनले दूध बिक्री नहुने (मिल्क होलिडे)को समस्या खेप्न थाले। ६७ सालयता मिल्क होलिडे रोकिएको थियो। तर पुरानो समस्या फेरि बल्भि्कएको छ। भदौको ६ र ७ गते दुग्ध विकास संस्थानले दूध नकिन्दा उनको दूध खेर गयो।
'दिनमा सय लिटर हाराहारीमा दूध दुहुने गरेको छु। खाएर सकिँदैन बाँड्ने कुरा भएन। बिक्री नभएपछि फाल्ने नै हो,' राजभण्डारीले भने। मिल्क होलिडे भदौका दुई दिनको मात्रै समस्या होइन। दुग्ध विकास संस्थान (डिडिसी) ले नेपाल बन्दलाई बहाना बनाएर दुई दिन दूध किनेको थिएन। बन्दका बेलामा मात्रै होइन तत्कालै केही उपाय नल्याउने हो भने मिल्क होलिडे अब टारेर नटर्ने समस्या बन्दै छ।
'अरु बेलामा भन्दा असोज लागेपछि २५ देखि ३० प्रतिशतसम्म बढी दूध उत्पादन हुन्छ। यो बेलामा थप मिल्क होलिडे हुने सम्भावना प्रबल छ,' व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष कृष्णराज भण्डारीले भने। २०६६ साल चैतदेखि सञ्चालनमा आएको भरतपुरस्थित देशकै ठूलो धुलो दूध कारखाना चितवन मिल्कले भदौ १ गतेदेखि उत्पादन बन्द गरेको छ।
धेरै दूध उत्पादन हुने बेलामा पाउडर दूध कारखाना बन्द हुँदा मिल्क होलिडे हुने खतरा बढेर गएको हो। चितवन मिल्कले दिनमा डेढ लाख लिटर दूधको १५ टन धुलो दूध बनाउने क्षमता राख्छ। उत्पादन बढी भएका बेलामा बजारमा बिक्री नभएको दूध पाउडर बनाएर राख्ने गरिन्छ। असोजदेखि फागुनसम्म धुलो बनाउने काम हुन्छ।
तर यही बेलामा पाउडर दूध बनाउने मुख्य कारखाना बन्द भएपछि दूध नबिक्ने खतराले किसान छटपटिएका छन्। पाउडर दूध उत्पादन गरे पनि बिक्री नहुँदा लगातार घाटामा गएका कारण उद्योग बन्द गर्नु परेको चितवन मिल्क व्यवस्थापन पक्षको भनाइ छ। नेपालमा धुलो दूध आयात बढ्दै गएकाले मिल्क होलिडेको अवस्था आएको डिडिसीका अधिकारी बताउँछन्।
संस्थानको बालाजु दुग्ध वितरण आयोजनका प्रमुख ईश्वरी अधिकारी किलोको ६ सय ५० रुपैयाँ पर्ने विदेशको धुलो दूध अहिले २ सय ८० रुपैयाँमै पाउन थालेको बताउँछन्। त्यसैले निजी डेरीले ताजा दूध किन्नेभन्दा सस्तो पाउडर किन्न थालेकाले संस्थानलाई समस्या भएको उनले बताए। 'हाम्रो दूध भारतमा बिक्री हुने अवस्था बनेन भने दूध खरिद कटौती गर्नैपर्छ,' अधिकारीले भने।
व्यावसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका सचिव इन्द्रमणि गैरे धुलो दूध मात्रै नभएर तयारी घिउ र बटर पनि अत्यधिक आयात भएकाले नेपाली किसानको दूध बिक्री नहुने समस्या आएको बताउँछन्। 'विदेशी घिउ र बटर मात्रै ल्याउन छाड्ने हो भने पनि हाम्रो दूधको खपत धेरै बढेर जानेछ,' उनले भने। चाडपर्वका बेला किसानको दूध बिक्री नहुने अवस्था निम्तिदै छ।
'चाडपर्वमा गुणस्तरहीन दूध पनि बिक्री हुन्छ। यो बेला कम गुणस्तरको पाउडर दूध खपत गर्ने मुख्य अवसर हो। त्यसैका लागि पनि मिल्क होलिडे गर्ने तयारी भएको छ,' केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका सदस्य भागिरथ तिमिल्सिनाले भने। चितवनमा मात्रै ३ सय व्यावसायकि गाई फार्म छन्। जिल्ला अध्यक्ष कृष्णराज भण्डारीका अनुसार प्रायः फार्ममा बैंकको लगानी छ।
'मिल्क होलिडे भयो भने हामीसँगै बैंक पनि डुब्ने खतरा छ। अहिले नै मिनरल वाटरको मूल्यमा दूध दिने हो भन्दै गोठगोठमा मान्छे आउन थाले। यस्तो तरिकाले बर्बाद भइन्छ,' जिल्ला अध्यक्ष भण्डारीले भने। चितवनमा मात्रै दिनको दुई लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ।
मिल्क होलिडेको खतरा टार्न चितवन मिल्क सञ्चालनमा आउने वातावरण बनाउन किसान अगुवाको माग छ। 'यो समस्यालाई के कसरी सम्बोधन गर्ने हो भदौ २० गतेभित्र अर्थ मन्त्रालयका अधिकारी र सासंद तथा डिडिसी र किसानका प्रतिनिधिसहितको बैठक राख्न कृषि सचिवसँग माग गरेका छौं,' व्यावसायिक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द निउरेले भने।