अर्ब लगानीमा 'अल्टिच्युड हेलिकोप्टर' कम्पनी
१६ भदौ २०७२
•
७ मिनेट पाठ
अर्ब लगानीमा 'अल्टिच्युड हेलिकोप्टर' कम्पनी
काठमाडौं- साढे दुई दशकभन्दा बढी अवधिदेखि पर्यटन व्यवसायमा सक्रिय कम्पनी छोयु ट्रेकिङले हेलिकोप्टर सेवा कम्पनी सञ्चालन गर्ने भएको छ। चार वर्षभित्र १ अर्ब रुपैयाँ लगानी गर्ने कम्पनीको उद्देश्य छ।

छोयुले 'अल्टिच्युड हेलिकोप्टर' कम्पनी सञ्चालनमा ल्याउन लागेको हो। छोयुको यही अल्टिच्युड हेलिकोप्टर कम्पनीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उडान इजाजत दिने निर्णय गरेको छ। अल्टिच्युडले इजाजत पाएको दुई वर्षभित्र उडान सञ्चालन गरिसक्नुपर्ने छ।

'अल्टिच्युड हेलिकोप्टरलाई मुलुकभित्र उडान सञ्चलान गर्न इजाजत दिने मन्त्री स्तरीय निर्णय भएको छ,' पर्यटन मन्त्रालयका उपसचिव तथा सहप्रवक्ता प्रमोद नेपालले बुधलबार नागरिकसँग भने, 'अल्टिच्युड हेलिकोप्टर उडान सञ्चालन इजाजत पाउने पछिल्लो कम्पनी भएको छ। अल्टिच्युडभन्दा अघि माउन्टेन हेलिकोप्टर्सले अनुमति पाएको थियो।'

नेपालका अनुसार इजाजत पाएपछि अल्टिच्युडले मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) लिएर दुई वर्षभित्र उडान सञ्चालन गरिसक्नुपर्छ। अल्टिच्युडलाई बुधबार इजाजत प्रमाणपत्र दिइने छ।

अल्टिच्युडले पर्यटन मन्त्रालयमा बुझाएको व्यापारिक योजनामा युरोपेली हेलिकोप्टर निर्मार्ता कम्पनी एयरबस हेलिकोप्टर्समा उत्पादित ६ सिट क्षमतायुक्त दुई थान 'इक्विरेल' र त्यहीँकै अर्को देश इटालीको अगस्टा हेलिकोप्टर कम्पनीमा उत्पादित सात सिट क्षमता भएका दुई थान 'क्वाला' हेलिकोप्टर गरी चारथान ल्याउने उल्लेख छ।

मन्त्रालयले अल्टिच्युडलाई आधार विमानस्थल भने दिएको छैन। आधार विमानस्थल उड्डयन प्राधिकरणले तोक्ने मन्त्रालयले जनाएको छ।

अल्टिच्युड हेलिकोप्टरको सञ्चालक कम्पनी छोयु ट्रेकिङका अध्यक्ष तथा प्रबन्ध निर्देशक निमानुरु शेर्पाले हेलिकोप्टरमा पहिलो चरणमा २० करोड रुपैयाँ लगानी गर्ने जानकारी दिए। पर्यटन मन्त्रालयबाट उडान इजाजत प्रमाणपत्र लिएपछि चाँडै नै नागरिक उड्डयन प्राधिकरणबाट एओसी लिने प्रक्रिया सुरु गरिने उनले बताए।

'६ देखि सात महिनाभित्र एयरबस हेलिकोप्टर्स र अगस्टाबाट एक–एक थान हेलिकोप्टर ल्याएर उडान सञ्चालन गर्ने लक्ष्य छ,' अल्टिच्युड हेलिकोप्टरका अध्यक्ष शेर्पाले बुधबार नागरिकसँग भने, 'हेलिकोप्टर ल्याएपछि दुर्गम भेग लक्ष्य गर्दै सरल भाडा दरमा उडान गर्ने छौं। हामी सकेसम्म काठमाडौंलाई आधार गरेर सेवा सञ्चालन गर्ने पक्षमा छौं।'

उनका अनुसार एयरबस हेलिकोप्टर्समा उत्पादित 'बिथ्री' सिरिज र अगस्टाका क्वाला मोडेलका हेलिकोप्टर खरिद गरिने छ। यस्ता हेलिकोप्टरको मूल्य २५ लाख अमेरिकी डलर (२५ करोड रुपैयाँ) पर्ने गर्छ। गत वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि मुलुकका विकास निर्माण तथा भौतिक पूर्वाधार पुनर्निर्माणको काम तीव्र गतिले अगाडि बढ्ने भएपछि मालसामान ढुवानीमा पनि कम्पनी केन्द्रित हुने छ।

'त्यसमाथि दुर्गम भेगमा आन्तरिक वायुसेवा कम्पनीका जहाजले भरपर्दो सेवा दिन नसकिरहेका बेला हामी सरल भाडा दरमा यात्रुलाई चार्टर सेवा उपलब्ध गराउने योजनामा पनि छौं,' शेर्पाले भने, 'त्यसैगरी साहसिह पर्यटन गतिविधिमा पनि हेलिकोप्टर सकेसम्म बढी प्रयोग गर्ने छौं।'

अल्टिच्युडले हेलिकोप्टर उडाउन आवश्यक पाइलट पनि नियुक्त गरिसकेको छ। कम्पनीले एकजना नेपाली र दुई विदेशी पाइलट नियुक्त गरेको हो। बजारको मागअनुसार हेलिकोप्टर र पाइलट थप्दै लाने कम्पनीको योजना छ। सेवाको गुणस्तर बढाएर काम गरेपछि आफैं बजार विस्तार हुँदै जाने कम्पनीको भनाइ छ। चारवटै हेलिकोप्टर ल्याएपछि केहीलाई काठमाडौं बाहिरका गन्तव्यमा पनि तैनाथ गर्ने शेर्पाले जानकारी दिए।

'बजारमा हामीभन्दा ठूला र धेरै हेलिकोप्टर भएका अनुभवी कम्पनी सञ्चालनमा भए पनि हामी प्रतिस्पर्धा गर्न तयार छौं,' शेर्पाले भने, 'हामी आफ्नो छुट्टै बजार पनि बनाउँदै जान्छौं।'

कम्पनीले आगामी फागुन दोस्रो सातादेखि वैशाख दोस्रो साताभित्र उडान सञ्चालन गर्ने तयारी गरिरहेको छ। सन् १९८८ मा स्थापना भएको छोयु ट्रेकिङको उड्डयन क्षेत्रमा यो पहिलो लगानी हो। छोयुले सोलुखुम्बुको नाम्चे र लोबुचेमा एक–एकवटा होटल पनि सञ्चालन गर्दै आएको छ। अल्टिच्युड हेलिकोप्टरमा निमानुरुसँगै अर्का पर्यटन व्यवसायी फुर्ग्याल्जेन शेर्पाको पनि लगानी छ।

हाल श्री एयरलाइन्स, फिसटेल एयर, सिमि्रक एयर, एयर डाइनेस्टी, मनाङ एयर, मुक्तिनाथ हेलिकोप्टर्स, माउन्टेन हेलिकोप्टर्स लगायत कम्पनीले हेलिकोप्टर सेवा सञ्चालन गर्दै आएका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस