'अर्को कार्यतालिका पेस गर्नू'
१६ भदौ २०७२
•
९ मिनेट पाठ
'अर्को कार्यतालिका पेस गर्नू'
काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणकर्ता ठेकेदारले अग्रिम भुक्तानी माग्दै दबाब दिन थालेपछि सरकारले ३ महिनाको 'अल्टिमेटम' दिएर आयोजना सक्ने नयाँ कार्यतालिका मागेको छ।




आयोजना सक्ने अवधि तोक्दै अहिलेसम्मको कामको प्रगति खुलाएर अग्रिम भुक्तानी दिनुपर्ने कारण पेस गर्न सरकारले ठेकेदारलाई निर्देशन दिएको हो। इटालियन ठेकेदार को–अपरेटिभ मुराटोरी ई सिमेन्टिस्टी सिएमसी दी राभेनाले ६० करोड रुपैयाँ अग्रिम भुक्तानी माग्दै रकम नपाएसम्म काम नगर्ने अडान लिएको छ।

मेलम्ची खानेपानी विकास समितिको बैठकले उसलाई काममा सहजीकरण गर्न र थप रकम दिने आधार ३ महिनाभित्र पेस गर्न निर्देशन दिइएको समितिका अध्यक्षसमेत रहेका सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले नागरिकलाई बताए।

'तत्काल ३ महिनाको कार्यतालिका मागिएको छ, उक्त अवधिभित्र सुरुङको काम सक्ने कार्यतालिका पेस गर्नुपर्नेछ,' उनले भने, 'तोकिएको विवरण पेस गरेन भने काम अगाडि बढाउन समितिले अन्य कारबाही सुरु गर्नेछ।'

निर्माण सक्ने नयाँ कार्यतालिका पेस गरेपछि प्रगतिको आधारमा भुक्तानी दिने भन्दै समितिले ठेकेदारलाई विश्वास दिलाएको छ। तर, यसमा पनि उसले आपत्ति जनाएको छ। प्रगतिका आधारमा अहिलेसम्म ठेकेदारले १७ करोड रुपैयाँ पाउँछ, उक्त रकम लिएर काम सुरु गर्न निर्देशन दिइएको कार्कीले बताए।

ठेकेदारले मन्त्रालयमा भएको बैठकको निर्णय मान्न नसक्ने भन्दै आपत्ति जनाएको छ। सरकारको माथिल्लो निकायमा सम्पर्क बढाउँदै एसियाली विकास बैंक (एडिबी) सम्म लबिङ गरेकाले ठेकेदारले समितिको निर्णय अवज्ञा गरेको आयोजनाका अधिकारी बताउँछन्।

निर्णयप्रति आपत्ति जनाएकाले बुधबार यो समाचार तयार पार्दासम्म उसले 'माइन्युट'मा हस्ताक्षरसमेत गरेको छैन। ठेकेदारलाई अग्रिम थप रकम दिन नयाँ कार्यकालिका सहित भूकम्पले भत्काएको पहुँचमार्ग मर्मतलगायत काम गर्नुपर्ने समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए।

'अग्रिम रकम दिन उसले कार्यतालिका र त्यहीअनुसारको डिजाइन पेस गर्नुपर्छ, उक्त डिजाइन समिति सञ्चालक समितिले स्वीकृत गर्नुपर्नेछ,' उनले भने, 'निर्णयको माइन्युटमा उसले हस्ताक्षर गर्न नमानेको परामर्शदाताले जानकारी दिएको छ, यो तरिकाले उसले थप रकम पाउँदैन।'

भट्टराईका अनुसार भूकम्पले भत्काएको पहुँचमार्ग खुलेको एक सातामा काम गर्न र सम्भव भएका सबै क्षेत्रमा जनशक्ति परिचालन गरेर एकसाथ काम सुरु गरेर आयोजना सक्ने विश्वास दिलाएमात्र थप अग्रिम भुक्तानी दिनेछ। यता ठेकेदारले सरकारका उच्च निकायमा लबिङ गरेकै आधारमा रकम पाइने आश राखेको छ।

सुरुङ निर्माणका लागि २०७० असारमा ७ अर्ब २३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। लगत्तै सम्झौता रकमको २० प्रतिशत पेस्की दिइएको र त्यसयता कामअनुसार समितिले शतप्रतिशत भुक्तानी दिइरहेको छ।

समितिले मागेअनुसार रकम नदिएकाले उसले स्थानीय एजेन्टमार्फत राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई समेत भेटेर भुक्तानी दिलाइदिन आग्रह गरेको छ। रकम नपाए समितिका उच्च अधिकारी तथा कार्यकारी निर्देशक हटाएर भए पनि रकम लिन ठेकेदारले गैरकानुनी बाटो समातेको समितिका अधिकारी बताउँछन्।

ठेकेदारको दादागिरी, दलालको चलखेल र सरकारको लापरबाहीका कारण मेलम्ची आयोजना अस्तव्यस्त भएको छ। यही अन्योलले सिन्धुपाल्चोकको मेलम्चीबाट काठमाडौंसम्म पानी ल्याएर बाँड्ने काम यो वर्ष टरेको छ।

सरकारले गत वर्ष २०७३ वैशाख १ गते काठमाडौंबासीका घरमा पानी खस्ने आश्वासन बाँडेको थियो। तर पछिल्लोपटक तोकिएको समयभित्र पनि आयोजना नबन्ने पक्का भएको छ। सम्झौताअनुसार २०७३ भदौमा आयोजनाको सम्पूर्ण काम सकिनुपर्छ।

दुई वर्ष सकिँदा उसले २० प्रतिशत पनि काम सकेको छैन। ठेकेदारले ठेक्का प्रस्ताव गर्दा दिनको करिब ३६ मिटरका दरले सुरुङ खन्ने प्रतिबद्धता गरेको थियो। अहिले दिनको करिब ७ मिटरका दरले मात्र काम गरेको भट्टराई बताउँछन्।

मेलम्चीको पानी काठमाडौं ल्याउन करिब साढे २७ किलोमिटर सुरुङ खन्नुपर्छ। करिब ६ किलोमिटर सुरुङ खनेपछि चिनियाँ ठेकेदारसँग ठेक्का तोडेर इटलियन ठेकेदारसँग सम्झौता गरिएको थियो। तर उसले २ वर्षसम्म करिब ७ किलोमिटर मात्र सुरुङ खनेको छ।

भौगोलिक अवस्था जटिल रहेको र रकम अभाव हुँदा काम गर्न नसकेको पनि ठेकेदारको दाबी छ। ठेकेदारलाई हालसम्म उसको कामको प्रगतिका आधारमा करिब १ अर्ब रुपैयाँ भुक्तानी गरिएको समितिले जानकारी दियो। ठेकेदारले प्राविधिक प्रस्ताव गर्दा प्रतिबद्धता गरेको १० प्रतिशत पनि गरेको छैन।

एडिबीले आयोजनाका लागि १३ करोड ७० लाख अमेरिकी डलर ऋण सहयोग उपलब्ध गराएकाले छिटो काम सक्न दबाब दिँदै आएको छ। तर एडिबीले नै ठेकेदारलाई संरक्षण दिएर अग्रिम भुक्तानी दिन हौस्याइरहेको आयोजना अधिकारीको तर्क छ।

नेपाली एजेन्ट, केही राजनीतिक व्यक्ति र एडिबीले ठेकेदारलाई च्यापेकाले सुरुङ निर्माणसहित सिंगो आयोजनाको काम प्रभावित भएको छ। दोस्रोपटकको ठेक्कामा इटालियन र चीनको सिनो हाइड्रो अन्तिम छनोटमा परेका थिए। तर राभेनाले सिनो हाइड्रोको भन्दा ३ अर्ब रुपैयाँ कममा आर्थिक प्रस्ताव पेस गरेको थियो।

तोकिएको समयअघि काम पूरा भए सरकारले सम्झौता रकमको ०.०५ प्रतिशतका दरले अधिकतम ९ प्रतिशतसम्म (करिब ६५ करोड रुपैयाँ) बोनस दिने समेत निर्णय गरेको छ। उसले बढी समय लगाए सोहीअनुसार क्षतिपूर्ति तिराउने प्रावधान छ। तर ठेकेदारले काममा ढिलाइ गर्दा बोनसभन्दा बढी रकम असुल गर्न सकिने भएकाले काम गर्न इन्कार गरेको छ।

साढे २७ मध्ये अहिलेसम्म १३ किलोमिटर मात्रै सुरुङ खनिएको छ। यस्तै, सुन्दरीजलमा निर्माण हुने पानी शुद्धीकरण आयोजनाको काम पनि सम्झौता तालिकाभन्दा निकै सुस्त छ। उक्त सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य हो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस