'खानै नदिई बलात्कार गरे'
२४ भदौ २०७२
•
१२ मिनेट पाठ
'खानै नदिई बलात्कार गरे'
काठमाडौं- भारतमा साउदी अरबका कूटनीतिज्ञबाट यौन शोषणामा परेका दुई नेपाली महिला नेपाल आइपुगेका छन्। ३० र ५० वर्षका उनीहरूलाई बिहीबार दिउँसो दिल्लीबाट हवाईमार्ग हुँदै स्वदेश ल्याइएको हो। दिल्लीनजिकै हरियाणाको गुडगाउँस्थित साउदी कूटनीतिज्ञको घरमा दुई नेपाली युवतीलाई बन्धक बनाई चरम शारीरिक र मानसिक शोषण गर्ने गरेको सूचनाका आधारमा स्थानीय प्रहरीले सोमबार छापा मारेर उनीहरूलाई मुक्त गरेको थियो।




दुई महिनादेखि सामूहिक बलात्कारसँगै शारीरिक र मानसिक शोषणमा परेका उनीहरूले नेपाल फर्काउन आग्रह गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी त्यहाँस्थित नेपाली दूतावासको संयोजनमा उनीहरू बिहीबार दिउँसो नेपाल ल्याइएको हो।

नेपाल आइपुगेका दुवै महिलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो संरक्षणमा लिएको छ। उनीहरूलाई वैदेशिक रोजगारीको आवरणमा पाशविक व्यवहार गर्ने साउदी कूटनीतिज्ञकोमा पुर्यासउने समूहको खोजी सुरु गरेको ब्युरो प्रमुख डिआइजी हेमन्त मल्लले जानकारी दिए।

बागलुङकी ५० वर्षीया महिलाका छोराछोरी सबै हुर्किइसकेका थिए। छोराछोरीले वास्तै गर्र्न छाडेपछि उनी घरेलु कामदारका रूपमा साउदी जान मानव तस्करको सम्पर्कमा पुगेकी थिइन्।

अर्की मोरङकी ३० वर्षीया महिला भने पति अपरेसन गरेर थलिएपछि घर खर्च जुटाउन वैदेशिक रोजगारीमा जान तयार भएकी थिइन्। दुवै महिला छुट्टाछुट्टै रूपमा वैदेशिक रोजगारमा पठाउने समूहको सम्पर्कमा पुगे पनि दलाल भने एकै थिए। उनीहरूलाई महिला दलालले नै मासिक ३० हजारको तलब पाउने प्रलोभन देखाई दिल्ली लगेर २ लाखमा बिक्री गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

दुवै महिलाबारे अनुसन्धान गरिरहेकी ब्युरोकी एसपी किरण बज्राचार्यका अनुसार मानव तस्करीमा सक्रिय समूहले जेठ ४ मा दुईमध्ये ५० वर्षकी महिलालाई काठमाडौं–दिल्लीको सीधा बसबाट उता पुर्यासएको थियो। अर्की महिलालाई नेपालगन्जको रुट हुँदै दिल्ली पुर्याषइएको थियो।

दिल्लीमा यी दुवै महिलालाई लिन एकै व्यक्ति आएका थिए। दुवै महिलालाई होटलमा राखिएको थियो। अहिले बलात्कार, शारीरिक र मानसिक हिंसामा अनुसन्धान भइरहेका साउदी कूटनीतिज्ञले दुवै महिलालाई दिल्लीको एक होटलमा भेटेको उनीहरूको बयानमा खुलेको एसपी बज्राचार्यले जानकारी दिइन्।

बज्राचार्यका अनुसार प्रारम्भमा उनीहरूलाई दिल्लीको होटलबाट साउदीको फ्ल्याटमा लगेर घरेलु काममा लगाइएको थियो। भारतीय मिडियाले उनीहरूलाई अनवर र कल्पना नाम गरेकाले साउदी कूटनीतिज्ञलाई बिक्री गरेको दाबी गरे पनि ब्युरोले भने गिरोहमा संलग्नको पहिचान खुलाएको छैन।

मुम्बई–श्रीलंका–साउदी–दिल्ली

दिल्लीको होटलबाटै साउदी कूटनीतिज्ञको घरमा काम पाए पनि उनीहरूलाई त्यहाँ एक साता मात्र राखियो। एक सातापछि दलालले उनीहरूलाई हवाईमार्गबाट मुम्बई लगेर एक साता होटलमा राखेका थिए।

'मुम्बईबाट उनीहरूलाई श्रीलंका लगेर एक साता राखेको देखियो,' एसपी बज्राचार्यले भनिन्, 'त्यसपछि दलालले उनीहरूलाई श्रीलकांबाट साउदी अरब पुर्याएए।'

साउदीमा उनीहरूलाई होटलमै राखियो। दिल्लीमा उनीहरूलाई हेर्न आएकै व्यक्ति पुनः साउदी पुगेका थिए। उनले दुवै नेपाली महिलालाई त्यहाँ एक महिना राखेर परिवारसहित पुनः दिल्ली ल्याएका थिए।

नेपाली महिलालाई दिल्लीमै घरेलु काममा लगाउँदा कानुनी अड्चन हुन सक्ने आशंकाले साउदी कूटनीतिज्ञले उनीहरूलाई दलालमार्फत साउदी पुर्यामएर पुनः दिल्ली ल्याएको प्रहरीको अनुमान छ।

दिल्लीमा पुरानै स्थानमा घरेलु कामदारका रूपमा लगिएपछि दुवै महिलामाथि मानसिक र शारीरिक शोषण सुरु भएको थियो। उनीहरूलाई घर बाहिर जान पूर्ण प्रतिबन्ध थियो भने मोबाइल लगायतका कुनै पनि सम्पर्क हुन सक्ने साधन प्रयोगमा रोक लगाएर शारीरिक र मानसिक शोषण गरेको दुवैले ब्युरोलाई बयान दिएका छन्।

'घरको सामान्य काम हो भनेका थिए तर दिल्ली ल्याएपछि उनीहरूको व्यवहार फेरियो,' पीडित महिलाको बयान उद्धृत गर्दै प्रहरी अधिकारीले भने, 'खान दिएनन्, दिनभर काममा लगाए अनि पटक–पटक बलात्कार गरे।'

नैनिताल लगेर सामूहिक बलात्कार

पीडित महिलाको बयानअनुसार घरमै रहँदासमेत डिप्लोम्याट लगायतका घरका सदस्यले दुवै महिलामाथि पटक–पटक बलात्कार गरेका थिए। यतिमा मात्रै उनीहरूको राक्षसी व्यवहार रोकिएन। साउदी कूटनीतिज्ञले उनीहरूलाई भारतको नैनिताल पुर्या ए र पाहुनाहरूबाट बलात्कार गराए।

साउदी कूटनीतिज्ञ, उनको परिवारका सदस्य र पाहुनाले दुवैसँग जबर्जस्ती प्राकृतिक–अप्राकृतिक सम्बन्ध राख्ने र शारीरिक यातना दिने गरेको प्रारम्भिक बयानमा खुलेको एसपी बज्राचार्यले जानकारी दिइन्। 'दुवैको शरीरभरि चुरोटले पोलेको दाग छ,' बज्राचार्यले भनिन्, 'उनीहरू मानसिक रूपमा निकै कमजोर छन्।'

भगवान् भइन् दार्जिलिङकी युवती

उनीहरूमाथि पाशविक व्यवहार गर्ने साउदी कूटनीतिज्ञको घरमा कामदारका रूपमा तेस्री महिला आइपुगिन् नीतु। केही दिन बस्दा घरका सदस्यले यी दुवै महिलामाथि गरेको व्यवहार देखेपछि उनी भागिन्। भाग्दा उनले आफ्नो मोबाइल यी दुई महिलालाई दिएकी थिइन्।

महिलासम्बन्धी काम गर्ने भारतीय संस्था माइती इन्डियाको कार्यालयमा गएर नीतुले साउदी कूटनीतिज्ञको घरमा हुने सबै घटनाबारे जानकारी गराइन्। उनकै जानकारीका आधारमा माइती इन्डियाले स्थानीय प्रहरीसँग समन्वय गरेर दुवै नेपाली महिलाको उद्धार गरेको थियो।

स्थानीय प्रहरीसहित माइती इन्डियाका बालकृष्ण पाण्डे दुवै महिलाको उद्धारमा गए पनि घरभित्र प्रवेश गर्न झन्डै २ घन्टा लागेको थियो। साउदी कूटनीतिज्ञको परिवारले प्रहरीलाई समेत दुर्व्यवहार गर्दै कानुनी रूपमा साउदीबाटै दुवै महिलालाई ल्याएको दाबी गर्दै लैजान नपाउने भन्दै अवरोध गरेका थिए। उनीहरू दुवै आफ्नो आफन्त भएकाले भेट्न आएको बताएपछि पाण्डे बल्लतल्ल घरभित्र प्रवेश गरे। त्यसपछि दुवैको उद्धार भयो।

श्रीलंका नयाँ रुट

मानव तस्करीबारे अनुसन्धान गर्दै आएकी एसपी बज्राचार्यले यी दुवै महिलाबाट पछिल्लो समय नेपाली युवतीलाई गैरकानुनी रूपमा खाडी देशमा लैजान सक्रिय समूहले श्रीलंकाको रुट प्रयोग गर्ने गरेको खुलेको बताइन्।

उनका अनुसार यसअघि नेपाली युवती तस्करीमा श्रीलंकाको रुट देखिएको थिएन। नेपाली स्थलमार्ग प्रयोग गरी भारतीय विमानस्थलबाट हवाईमार्ग प्रयोग गरी खाडी मुलुक जान 'नो अब्जेक्सन लेटर' अनिवार्य गरिएपछि तस्कर समूहले श्रीलंकाको रुट प्रयोग गरेको उनको निष्कर्ष छ।

उद्धार गरी नेपाल ल्याइएका दुवै महिलाका अनुसार खाडी मुलुक जान श्रीलंका पुर्या इएका धेरै नेपाली महिला बिचल्लीमा परेका छन्। नेपाली दलालको समूह नै त्यहाँ सक्रिय रहेको उनीहरूबाट खुलेपछि ब्युरोले अनुसन्धानका लागि श्रीलंकाको प्रहरीसँग समन्वयको तयारी गरेको छ।

कूटनीतिज्ञविरुद्ध नेपालमा मुद्दा

भारतीय प्रहरीले साउदी कूटनीतिज्ञविरुद्ध सामूहिक बलात्कार गरेको, मानसिक यातना दिएको, खान लाउन नदिई बन्धक बनाएको लगायतका विषयमा कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

यता, ब्युरोले उनीहरूलाई अवैध रूपमा साउदी अरब हुँदै दिल्लीको साउदी कूटनीतिज्ञसम्म पुर्यािउने दलाल समूहको खोजी सुरु गरेको छ। योसँगै प्रहरीले चरम यौन शोषण गर्ने साउदी कूटनीतिज्ञलाई समेत प्रतिवादी बनाएर मुद्दा प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

'मानव बेचबिखनको मुद्दा अन्तर्राष्ट्रिय हुन्छ र यस्तो घटना जुन देशमा घटे पनि त्यसमा संलग्नलाई प्रतिवादी बनाउन सकिन्छ,' एसपी बज्राचार्यले भनिन्, 'नेपाल आइपुगेका २ महिलाको बयानमा साउदी कूटनीतिज्ञको संलग्नता खुले प्रतिवादी बनाउन सकिन्छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस