काठमाडौं- काठमाडौं-तराई फास्ट ट्र्याक ठेक्काको सुरुमै राज्यलाई व्ययभार पर्ने गरी प्रक्रिया अघि बढाएको भेटिएको छ। अन्तर्राष्ट्रिय खरिद प्रक्रियाअनुसार, ठेक्काको बोलपत्र (आरएफपी) आह्वान गर्दा नै सरकार र ठेकेदार कम्पनीबीच हुने आर्थिक लेनदेन स्पष्ट किटान गर्नुपर्नेमा त्यसो नगरेको भेटिएको हो।
सरकारले यस्तो काम कम्पनी छानेर सम्झौताअघि हुने वार्ताका क्रममा मात्र समावेश गरी अन्तर्राष्ट्रिय प्रक्रिया लत्याएको छ। पहलोपटक २०६८ सालमा बोलपत्र आह्वान गर्दा अपनाइएको प्रक्रिया भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोस्रोपटकको ठेक्कामा लत्याएको छ। फास्ट ट्र्याक निर्माणमा छानिएको भारतीय ठेकेदारका हकमा सरकारले साढे १५ अर्ब रुपैयाँ आम्दानी ग्यारेन्टी, ३ प्रतिशतमा ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने तयारी गरेको छ।
सरकारले आयोजना निर्माणमा निजी कम्पनीलाई दिन लागेको उक्त सुविधा अन्तर्राष्ट्रिय खरिद प्रक्रिया विपरीत भएको सडक विभागका पूर्वमहानिर्देशक दिनकर शर्माले बताए। उनका अनुसार सरकारले दिने भनेको ७५ अर्ब सहुलियत ऋण र आम्दानी ग्यारेन्टी आरएफपीमै उल्लेख हुनुपर्थ्यो।
'आर्थिक लेनदेनको विषय ठेक्का आह्वान गर्दा नै किटान गर्नुपर्छ, दोस्रोपटकको ठेक्का आह्वानमा त्यो भएको छैन,' उनले बिहीबार नागरिकसँग भने, 'यसरी काम गर्दा पारदर्शी देखिएन, बोलपत्र खोलिसकेपछि थप सुविधा दिन्छु भन्नु अन्तर्राष्ट्रिय खरिद प्रक्रिया विपरीत हो।'
यो सडक अहिलेकै अवस्थामा निर्माण गर्न भारतीय आइएल एन्ड एफएस कम्पनीसँग सम्झौता गर्न नहुने भन्दै अन्य विज्ञ, सरोकारवाला र सरकारी निकायले समेत विरोध गरेका छन्। सरकारले गरिरहेको गलत प्रक्रियाका विषयमा संसदको अर्थ समितिले समेत अध्ययन तथा छानबिन गरिरहेको छ।
निर्माण प्रक्रियामा भारतीय कम्पनीसँग भइरहेको वार्ताबारे पछिल्लो जानकारी लिन खोज्दा मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले गलत समाचार लेखेर जनता भाँड्न खोजेको आरोप लगाए। 'फास्ट ट्र्याकमा तपाईं के के उल्टासुल्टा लेख्नुहुन्छ, मसँग के सोध्नुहुन्छ,' उनले भने 'एक दुईजना भँडुवाले जे भन्यो त्यही लेख्दै जानु राम्रो भएन, जनता भाँड्ने यल्लो जर्नालिजम राम्रो कुरा होइन।'
निर्माण गरी सञ्चालन अवधिभर सरकारको ढुकुटीबाट कम्पनीलाई २ खर्ब रुपैयाँ दिनुपर्ने कुरा गलत भएको शर्माको टिप्पणी छ। पुरानो अध्ययनअनुसार निर्माणकर्ता कम्पनीलाई सरकारले २५ वर्षसम्ममा २ खर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्ने देखिन्छ। तर, पछिल्लो अध्ययनले सरकारी ढुकुटीबाट खुद ३ खर्ब ९० अर्ब रुपैयाँ तिर्नुपर्ने फास्ट ट्र्याकका पूर्व आयोजना प्रमुख दिनेश बस्नेतले बताए।
पहिलो ठेक्का आह्वान गर्दा आसयपत्र (एलओआई) बुझाउने समय ४५ दिन राखिएको तर दोस्रोपटक यस्तो समय ३० दिनमा छोट्याइएको थियो। त्यतिबेला दुई चिनियाँ कम्पनीले आसयपत्र बुझाउने म्याद एक साता माग्दा तत्कालीन सचिव तुलसीप्रसाद सिटौलाका कारण म्याद नथपिएको मन्त्रालयकै अधिकारी बताउँछन्।
सार्वजनिक खरिद ऐनमा समेत अन्तर्राष्ट्रिय ठेक्का आह्वान गर्दा आसयपत्र बुझाउने समय ४५ दिन तोकिएको हुन्छ। तत्कालीन सचिव सिटौलाले खरिद ऐन नै उल्लंघन गरेको स्रोतले बतायो। १ हजार रुपैयाँ प्रतिपिसियू (अध्ययनले एक कारबाराबर एक पिसियू मानेको छ) भए पुग्नेमा नयाँ ठेक्कामा १ हजार ५ सय ५८ रुपैयाँ कायम गरिएको छ।
टोल रकम र ठेकेदारले प्रस्ताव गरेको सवारी संख्या बापतको रकम नउठे त्यसबाट कम्पनीलाई पर्ने नोक्सान सरकारले बेहोर्ने प्रस्ताव गरिएको थियो। यो प्रक्रियामा जाँदा २५ वर्षमा सरकारले कम्पनीलाई करिब ११ खर्ब रुपैयाँ दिनुपर्थ्यो। यसको चर्को विरोध भएपछि नयाँ प्रावधानका आधारमा छलफल अगाडि बढाइएको बस्नेतले बताए।
उनका अनुसार सरकारले ११ खर्ब रुपैयाँ तिर्नुपर्ने देखिएपछि वार्षिक साढे १५ अर्ब रुपैयाँ आम्दानी ग्यारेन्टी र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने प्रावधान अगाडि सारेको हो। अनुदान, सहुलियत ऋण र आम्दानी ग्यारेन्टीको व्यवस्था एलओआई मै उल्लेख गरेर प्रतिस्पर्धामा थप कम्पनी आउने सम्भावनालाई तत्कालनी सचिव सिटौलाले बेवास्ता गरेको मन्त्रालय स्रोतको भनाइ छ।
'आरएफपी खोलेपछि थप सुविधा दिने तयारी गर्नु सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडल विपरित हो,' शर्माले भने, 'यो पारदर्शी भएन र बढी कम्पनी प्रतिस्पर्धामा आउने सम्भावनाको ढोका बन्द गरियो।' उनका अनुसार पिपिपी मोडलमा आयोजनाका लागि आवश्यक जग्गा सरकारले र वित्तीय स्रोत निजी कम्पनीले व्यवस्था गर्नुपर्छ।
एसियाली विकास बैंक (एडिबी) ले गरेको अध्ययनअनुसार पहिलो ठेक्का गर्दा आर्थिक वर्ष २०७१/०७२ लाई निर्माण वर्ष मानी २०७५/०७६ मा आयोजनाको निर्माण पूरा हुने अनुमान गरिएको थियो। यसको आधारमा निर्माण सकिएको वर्ष दैनिक ७ हजार ३ सय २१ पिसियू (सवारी गुड्ने) प्रक्षेपण थियो। यसो हुँदा सरकारले निर्माणकर्ता कम्पनीलाई पहिलो वर्ष २ अर्ब ६७ करोड रुपैयाँ थप रकम तिर्नुपर्थ्यो।
भारतीय कम्पनीले गरेको प्रस्तावमा भने दैनिक ११ हजार सवारी गुड्नुपर्ने देखाएको छ। यसको आधारमा वर्षमा करिब १ करोड ७२ लाख ५२ हजार सवारी गुड्नुपर्छ। यसको आधारमा सञ्चालनको सुरु वर्षमा कम्पनीलाई २४ अर्ब २१ करोड थप रकम तिर्नुपर्छ।
सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा लिन लागेको कम्पनीका लागि १५ अर्ब रुपैयाँ लगानी, ३ प्रतिशतमा ७५ अर्ब रुपैयाँ सहुलियत ऋण गरी ९० अर्ब रुपैयाँ जोहो गरिदिँदैछ। १ खर्ब १२ अर्ब रुपैयाँ लागत गरिएकोमा कम्पनीले जम्मा २२ अर्ब लगानी गर्नेछ। सरकारले यति ठूलो रकम दिनुभन्दा आफैंले बनाउनु उचित हुने सडक विभागका पूर्वमहानिर्देशक शर्माको भनाइ छ।
निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण (बुट) मोडलअनुसार सडक सञ्चालन अवधिसम्म कम्पनीले सरकारलाई करिब १ अर्ब १० करोड सहुलियत ऋणको ब्याज र १० अर्ब रुपैयाँ भ्याट बुझाउँछ। तर, झन्डै ३ खर्ब लैजान्छ। सडकबाट आम्दानी भएर नाफा भए उक्त नाफा सरकारले ८० प्रतिशत र कम्पनीले २० प्रतिशत बाँड्ने सहमति गरेकोमा सरकार मख्ख छ।