पूर्वाधार आयोजनामा सरकारी नीति नै बाधक
२८ भदौ २०७२
•
१० मिनेट पाठ
पूर्वाधार आयोजनामा सरकारी नीति नै बाधक
काठमाडौं- जलविद्युत तथा पूर्वाधार आयोजना निर्माण सहजीकरण गर्न बनेको नीतिले यो क्षेत्रमा समाधान नभएर झन् जटिल समस्या र विवाद ल्याउने देखिएको छ।सरकारले जग्गा अधिग्रहण, मुआब्जा र क्षतिपूर्ति वितरणमा हुने समस्या सल्टाएर निर्माण सहज बनाउन तयार गरेको 'पूर्वाधार विकास आयोजनाका लागि जग्गा प्राप्ति, पुनर्बास तथा पुनर्स्थापना सम्बन्धी नीति, २०७१' बाट यस क्षेत्रको विकासमा समस्या थपिने भएको हो।




प्रक्रिया सुरु गरेको करिब डेढ दशकपछि आएको नीतिले समस्या थपिने भएपछि सरोकारवालाले यो विकासमा बाधक हुने टिप्पणी गरेका छन्। सरकारले विकासे मन्त्रालय, निकाय र विज्ञसँग परामर्श नै नगरी नीति ल्याएको भन्दै यसले आयोजनामा देखिने समस्या समाधान गर्न नसक्ने उनीहरुको तर्क छ।

पूर्वाधार विकाससँग जोडिएका ऊर्जा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरु गरेका आयोजनामा उत्पन्न समस्या हल गर्न उक्त नीतिको कुनै भूमिका नहुने भन्दै मन्त्रालयका अधिकारीले आपत्ति जनाएका छन्। जलविद्युत आयोजना र प्रसारण लाइन निर्माणमा मुआब्जा र क्षतिपूर्ति वितरणमा दशकौंदेखि समस्या देखिएपछि सरकारले यो समस्या फुकाउन नीति ल्याएको हो।

नीतिको दफा ८.२.६ को उपदफा 'ए'मा आयोजनाको लागि अस्थायी रुपमा आवश्यक पर्ने जग्गा वा अन्य सम्पत्तिका हकमा जग्गा वा सम्पत्ति धनी र आयोजनाबीच सम्झौता गरी लिनुपर्ने उल्लेख छ। यसले समस्यालाई थप जटिल बनाएको नेपाल विद्युत प्राधिकरणमा एसियाली विकास बैंक (एडिबी) अन्तर्गतका आयोजना हेर्ने उपकार्यकारी निर्देशक सुरेन्द्र राजभण्डारीले बताए।

'अहिले ५० वटा प्रसारण लाइन निर्माणको चरणमा छन्, नीति कार्यान्वयन गर्दा ४० हजार जग्गाधनीसँग सम्झौता गर्नुपर्छ,' उनले भने, 'यो काम गर्न पनि २–३ वर्ष लाग्छ, यससम्बन्धी काम गर्न सरकारले छुट्टै निकाय बनाउनुपर्छ।'

उक्त दफाको सोही उपदफामा सम्झौताको प्रयोजन सम्पन्न भइसकेपछि सो जग्गा पूर्ववतरुपमा पुनर्स्थापन गर्ने कार्य सम्झौतामा स्पष्टरुपमा उल्लेख भएको हुनुपर्ने उल्लेख छ। 'यो समस्या समाधानको बाटो नभई आयोजना रोक्ने नीति हो, यसरी कुनै पनि आयोजना बन्दैनन्,' उनले भने।

नीतिमा आयोजनाका लागि मुआब्जा लिने व्यवस्था नभई जग्गा भाडामा लिनेमात्र व्यवस्था छ। विद्युतगृह र सबस्टेसन निर्माण गर्न भाडामा जग्गा लिएर काम गर्न नसकिने उनले बताए। उनका अनुसार यसअघि समान्य अवस्थामा गर्न सकिने कामसमेत नीतिका कारण जटिल बनेका छन्। यसले जलविद्युत क्षेत्रको विकासलाई पछाडि धकेल्नेछ।

'जग्गा प्राप्ति ऐन, २०३४ परिमार्जन, आयोजना कार्यान्वयनअघि जग्गा प्राप्त गर्नुपर्ने लगायत विषय समेटेर नीति तयार गरे पनि स्थानीयस्तरमा कायम गरिएका मसिना प्रावधानका कारण पूर्वाधार क्षेत्रको विकासले गति लिन नसक्ने अन्य विश्लेषकहरुको तर्क छ।

'पहिले विद्युतगृह र सबस्टेसन निर्माण गर्न जग्गा किनिन्थ्यो तर अहिले भाडामा लिने प्रावधान राखिएको छ, त्यो पनि कति वर्षसम्मका लागि हो प्रस्ट छैन,' राजभण्डारीले भने। एडिबीको आर्थिक र प्राविधिक सहयोगमा तयार भएको नीति उसका सर्त पालना गर्नकै लागि बनेको समेत ऊर्जा मन्त्रालयका अधिकारीले आरोप लगाए।

'विद्युतगृह, सबस्टेसनमात्र नभई सडक र अन्य पूर्वाधार आयोजनामा स्थायी रुपमा जग्गा किन्नुपर्छ, कुन आधारमा कति वर्षसम्म भाडामा लिने भन्ने प्रस्ट छैन,' प्राधिकरण योजना, अनुगमन र सूचना प्रविधि निर्देशनालयका कामु उपकार्यकारी निर्देशक राजीव शर्माले भने, 'यो नीति आयोजना विकासका लागि बाधक छ।'

एडिबी र विश्व बैंकको नीतिअनुसार उनीहरुको मात्र सर्त पूरा गरेर काम गर्नका लागि नीति सहज हुने उनले बताए। 'नीतिको लक्ष्य वा उद्देश्य स्पष्ट छैन, एडिबी र विश्व बैंकको स्वार्थ पूरा गर्न नीति ठीक छ,' उनले भने, 'ऊर्जा र पूर्वाधार विकासमा यसले समस्यामात्र थप्नेछ।'

सरकारले २०५५ सालदेखि बजेटमै नीति बनाउने योजना राख्न थालेको हो। राष्ट्रिय योजना आयोगले नीति बनाउन २०६४ सालदेखि निरन्तर छलफल तथा परामर्श गर्दै आएको थियो। तर, प्रत्यक्ष प्रभावित क्षेत्रका निकाय र व्यक्तिलाई बेवास्ता गरेर नीति पारित गरिएको भौतिक पूर्वाधार मन्त्रालयका अधिकारी बताउँछन्।

नीतिको दफा ७.३.१ उल्लेख भएअनुसार आयोजना सञ्चालन गर्ने निकायले आयोजना प्रभावित व्यक्ति, समुदाय तथा संवेदनशील समूह खास गरी विपन्न, भूमिहीन, जेष्ठ नागरिक, महिला, बालबालिका, आदिवासी, अपांग, असक्त र आफूले बसोबास गरेको वा भोग गरेको जग्गाको कानुनी अधिकार नभएका व्यक्तिसँग सार्थक परामर्श गरेको सुनिश्चित गर्नुपर्नेछ।

आयोजना निर्माण गर्दा यसअघि यस्तो कुनै व्यवस्था नभएको तर सरकारले अहिले यो प्रावधान राखेर समस्या जन्माएको प्राधिकरण अधिकारी बताउँछन्। 'अब आफूखुसी जग्गा ओगटेर वा पाल र छाप्रो बनाएर बसेका व्यक्ति तथा परिवारसँग पनि परामर्श लिनुपर्ने भयो,' यसले आयोजना निर्माणमा कसरी सहजिकरण गर्न सक्छ,' राजभण्डारीले भने।

आयोजना क्षेत्रमा आंशिक रुपमा कसैको जग्गा वा घर परेमा उसको जग्गा उसकै अनुरोधमा पूरै खरिद गर्नुपर्ने प्रावधानसमेत नीतिमा राखिएको छ। आयोजनका लागि चाहिने जग्गा खरिद गर्दा अर्को कानुनी समस्या देखिने तनहुँ हाइड्रो पावर कम्पनीका प्रबन्ध सञ्चालक सुनिलकुमार ढुंगेलले बताए। 'यस्तो जग्गा नकिन्दा नीतिको उल्लंघन गरेको र किन्दा अख्तियारको आँखामा दोषी देखिने समस्या छ,' उनले भने, 'जग्गा उपयोग के हो र अधिग्रहण के भन्ने स्पष्ट नहुँदासम्म आयोजनाका समस्या यथावत रहन्छन्।'

पूर्वाधार आयोजनाका लागि जग्गा प्राप्ति र अधिग्रहण गर्ने जिम्मा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ। तर, आयोजना कार्यान्वयन सम्बन्धित निकायले गर्ने हुँदा यो समस्या फुकाउने कामसमेत नीतिले नगरेको ढुंगेलको भनाइ छ।

जग्गा प्राप्ति तथा क्षतिपूर्ति योजना वा पुनर्बास तथा पुनर्स्थापना योजना कार्यान्वयनसँग सम्बन्धित सम्पूर्ण खर्च आयोजनाको लागतमै समावेश गरिने नीतिको दफा ८.२.४ को उपदफा 'उ'मा उल्लेख छ। यसले आयोजना थप महँगो बनाउने मन्त्रालयका अधिकारी बताउँछन्।

नीति कार्यान्वयन गर्न तत्काल यससम्बन्धी ऐन निर्माण गर्नुपर्ने भन्दै पूर्वसचिव युवराज भुसालले नीतिमा देखिएका जटिलतालाई सरल बनाउँदै लैजान सकिने बताए। 'केही समस्या ऐनमा उल्लेख गरेर समाधान गर्न सकिन्छ भने केही समयान्तरमा संशोधन गर्न सकिन्छ,' उनले भने।

सरोकारवाला निकाय र व्यक्तिले उठाएका विषय र जटिलता मनन गरी नीतिलाई खुकुलो बनाउन सकिने आयोगका सदस्य सचिव सुरेशमान श्रेष्ठले बताए। 'नीतिमा देखिएका समस्याबारे सरोकारवाला निकायले निरन्तर यसरी नै उठाउनुपर्छ,' उनले भने, 'यसले आयोग, अर्थ मन्त्रालय र सरकारको ध्यानाकर्षण गर्छ र संशोधन गर्न सकिन्छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस