काठमाडौं- काबेली करिडोरअन्तर्गत दमक सबस्टेसन नजिक तार तान्ने क्षेत्रमुनिको जग्गाको क्षतिपूर्ति वितरणमा विद्युत प्राधिकरण र स्थानीय (युवा संघका कार्यकर्ता) बीच कुरा नमिल्दा महिनौंदेखि काम रोकिएको छ।
एक र दुई नम्बर टावरमुनिको जग्गाको क्षतिपूर्ति कम भएको भन्दै जग्गाधनीले काममा अवरोध गरेका छन्। दमकस्थित पूर्व–पश्चिम राजमार्ग माथिबाट तार तान्नुपर्ने क्षेत्रको जग्गा स्थानीय युवा संघका कार्यकर्ताको परेकाले उनीहरुले महिनौंदेखि काम गर्न नदिएको काबेली करिडोर आयोजनाका अधिकारीको आरोप छ।
करिडोरको इलाम (गोदक)–दमक पहिलो खण्डको काम नसकिँदा सानिमा हाइड्रो पावर कम्पनीले निर्माण गरेको २२ मेगावाटको माई जलविद्युत आयोजनाको बिजुली प्रसारण लाइनमा जोडिएको छैन। जसका कारण दैनिक २० लाख रुपैयाँको बिजुली खेर गइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवर्णदास श्रेष्ठले जानकारी दिए।
'आयोजनाले गत वर्ष चैतमै परीक्षण उत्पादन गरेको थियो, जेठबाट आयोजना पूर्ण क्षमतामा सञ्चालन हुने अवस्थामा आइसकेको हो,' उनले भने, 'प्रसारण लाइन नबन्दा दैनिक १८ मेगावाट बिजुली खेर गइरहेको छ।' प्रसारण लाइन निर्माणमा कम्पनीका तर्फबाट समेत सहयोग गरिरहे पनि काम पूरा हुन नसकेको श्रेष्ठले बताए।
जिल्ला प्रशासन र स्थानीयसँग छलफल गरेर जग्गाको क्षतिपूर्तिको विवाद सल्टाउने अन्तिम तयारी भइरहेको नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक कन्हैयाकुमार मानन्धरले बताए। 'एक साताअघि सबै कुरा मिलिसकेको थियो, फेरि स्थानीयले जग्गाको क्षतिपूर्ति तत्काल नदिएसम्म काम गर्न नदिने भनेपछि समस्याको टुंगो लागेको छैन,' उनले भने।
प्राधिकरण र सानिमाले आरोप लगाए पनि संगठनका कारण काम नरोकिएको युवा संघका केन्द्रीय उपाध्यक्ष गोविन्द थापाले बताए। 'प्राधिकरणले पोल गाड्दा सर्भे गरिएभन्दा २ सय फिट पूर्व लगेको छ, जहाँ व्यक्तिको जग्गा पर्छ,' उनले बुधबार नागरिकसँग भने, 'स्थानीयसँग सल्लाह नगरी त्यसो गरेपछि उचित क्षतिपूर्ति दिनुपर्छ भन्ने कुरा मात्र राखिएको हो।'
'सानिमा र प्राधिकरणबीच आन्तरिक द्वन्द्व छ, यही कारणले समस्या हामीतिर सारियो, मैले त छिटो काम गर्न सहयोग गर्दै आएको छु,' उनले भने, 'कामदारको समस्या छ भने ४०/५० जना युवा संघका कार्यकर्ता पठाइदिन्छु समेत भनेको छु।' प्रमुख जिल्ला अधिकारीले क्षतिपूर्तिको टुंगो लगाएर काम सुरु गर्न भन्दा पनि आयोजनाका कर्मचारीले काम नगरेको उनको भनाइ छ।
काबेली करिडोरको पहिलो खण्डको अन्य क्षेत्रको सबै काम सकिए पनि दुइटा पोलबीचको जग्गामा स्थानीयका कारण अवरोध नहटेको आयोजना प्रमुख दिपेन्द्र द्विवेदीले बताए। 'आयोजनाले सर्भे गरिएभन्दा २ सय फिट पूर्वतर्फ पोल गाडेको छैन, थापाले भनेको कुरा गलत हो,' उनले भने।
उनका अनुसार राजमार्गबाट तार तान्नुपर्ने र टावर २१ मिटर बनाउनु परेकाले प्राविधिक समस्याले करिब ४५ फिटमात्र 'लोकेसन' पूर्वतिर सारिएको हो। 'खोलाको किनार परेकाले पनि सर्भे गरिएको क्षेत्रमा टावर गाडेर तार तान्न सकिँदैन। यो प्राविधिक समस्या हो, यस्तो जहाँ पनि हुन्छ,' उनले भने।
काबेली आयोजनाकै कारण समयमा क्षतिपूर्ति निर्धारण नगरेर काममा ढिलाइ भएको थापाको तर्क छ। यसअघि आयोजना प्रमुख द्विवेदीले जग्गाको चल्तीको मूल्यको ५० प्रतिशतसम्म क्षतिपूर्ति दिलाइदिन्छु भन्दै ४० लाख रुपैयाँ घुस मागेको उनको आरोप छ। 'कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई पनि बुझाउनुपर्छ भन्दै पैसा मागेका थिए, हामीले दिने कुरै भएन,' थापाले भने।
आयोजना प्रमुख द्विवेदीले थापाको आरोप अस्वीकार गरे। 'कसैको काम गराइदिन्छु वा कानुनभन्दा बाहिर गएर बढी पैसा दिलाइदिन्छु भनेको छैन,' उनले भने, 'यो झुटो कुरा हो।' काममा उत्पन्न समस्याको पछिल्लो जानकारी आफूलाई नभएको उनको भनाइ छ। 'केन्द्रबाटै सबै काम भइरहेको छ, मैले कसैसँग छलफल गरेको छैन,' उनले भने।
प्रसारण लाइन निर्माणमा आवश्यक जग्गा अधिग्रहण, मुआब्जा वितरण र क्षतिपूर्ति निर्धारणको जिम्मा प्रमुख जिल्ला अधिकारीको नेतृत्वले टुंगो लगाउनुपर्ने प्रावधान छ। तर, यो खण्डको तार तान्ने काममा स्थानीय प्रशासनसमेत संवेदनशील देखिएको छैन।
प्रसारण लाइन नबनेर बिजुली नजोडिँदा सानिमा कम्पनीले मासिक करिब ५ करोड रुपैयाँ बैंकको ब्याज तिरिरहेको छ। खेर गएको बिजुली र ब्याज जोड्दा असारदेखि अहिलेसम्म कम्पनीले करिब २२ करोड रुपैयाँ गुमाएको छ। कम्पनीले मात्र होइन सरकारले समेत आयोजनाको क्षमता र विद्युत रोयल्टीबापत करोडौं रुपैयाँ गुमाएको छ।
साढे दुई वर्षअघि नै निर्माण हुनुपर्ने (सन् २०१२ मे सम्म) १३२ केभी काबेली करिडोर (आयोजना) प्राधिकरणको ढिलाइ, ठेकेदार र स्थानीय जग्गाधनीका कारण पूरा हुन नसकेको हो। प्राधिकरणले विगतमा आयोजना बनाउन ठेक्का पाएको निर्माण (ज्यागुआर एस्टर जेभी) कम्पनी परिचालन गर्न नसकेकै कारण पनि समस्या देखिएको हो। उक्त करिडोरको काबेली–फिदिम खण्डमा केही टावर निर्माण गरिएको छ भने वन क्षेत्रका अधिकांश ठाउँमा टावर निर्माण भइसकेको छ।
प्राधिकरण र कम्पनीबीच समन्वय भएको भए ९० किलोमिटरको करिडोर गत वर्ष असोजमै पूरा हुन्थ्यो। इलाम–दमक खण्डको ३४ किलोमिटरमा ९३ टावर नबन्ने हो भने सानिमा समूहले बनाइरहेको ७ मेगावाटको माई क्यासकेडको बिजुली समेत खेर जानेछ।
सानिमाले प्राधिकरणसँग गरेको पिपिए (विद्युत खरिद सम्झौता) अनुसार २०७१ असारको १५ सम्म दुई युनिटबाट (१५ मेगावाट) बिजुली उत्पादन गर्नुपर्ने भए पनि उसले फागुनमा परीक्षण प्रसारण गरेको हो। प्रसारण लाइन नबन्दा बिजुली खेर गइरहेको छ भने प्राधिकरणले उसलाई मासिक करिब २१ लाख रुपैयाँ तिरिरहेको छ।
करिडोरलाई लक्षित गरेर १ वर्षभित्र झन्डै १ सय ५० मेगावाट बराबरका आयोजना बनिरहेका छन्। तेह्रथुम, पाँचथर, इलाम र झापा जिल्ला हुँदै बन्ने लाइनमा ३७.६ मेगावटको काबेली 'ए', २५ मेगावाटको काबेली, १५ मेगावाटको हेंवा, १० मेगावाटको माथिल्लो माई लगायत आयोजना निर्माणाधीन छन्। प्रसारण लाइनको दोस्रो खण्डको काम अहिलेसम्म सुरु भएको छैन। यही कारणले भविष्यमा यी आयोजनाको बिजुलीसमेत खेर जानेछ।