काठमाडौं- निजी क्षेत्रले संविधानसभाले 'नेपालको संविधान २०७२' पारित गरेकोमा खुसी व्यक्त गरेको छ। नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान निर्माण गर्ने ६५ वर्षअघि देखेको सपना साकार भएकोमा खुसी व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले नयाँं संविधानको स्वागत गरेका हुन्।संविधानसभाबाट संविधान बनाउने क्रममा आफ्ना माग र अधिकारको यथोचित सम्बोधन नभएको भनी कतिपय राजनीतिक दलहरुले एक महिनाअघि सुरु गरेको बन्द, हडतालको असरले औद्योगिक एवं व्यावसायिक क्षेत्रमा पर्न गएको दूरगामी प्रतिकूल असर समेतलाई गम्भीर रुपमा मनन गरी सबै समस्याको निकास संवाद र सहमतिबाटै हुनुपर्नेमा पनि निजी क्षेत्र एकमत रहेका छन्।
संविधानसभाबाट संविधान आउने सुनिश्चितताले समेत तराईको बन्द, हडताल नरोकिएकोमा चिन्ता व्यक्त गर्दै निजी क्षेत्रले आपसी संवाद, वार्ता र छलफलका माध्यमबाट संविधानसभा बाहिर रहेका दलहरुलाई समेत असोज ३ गते अघि नै समेटी नयाँ संविधान भव्य समारोहबीच घोषणा गर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ।
साथै, निजी क्षेत्रको छाता संगठन महासंघले नयाँ संविधान प्राप्तिको खुसीयालीमा २०७२ असोज ३ गते, आइतबार, ऐतिहासिक दिनसमेत भएकाले सो एक दिन आफ्ना संघ–संस्था, उद्योग, प्रतिष्ठान, कल–कारखानामा सार्वजनिक बिदा दिई दीपावली गर्न आफ्ना सदस्य जिल्ला, नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ र एसोसिएट सदस्यलाई आग्रह पनि गरेको छ।
सबै नेपालीमा हार्दिक बधाइ : महासंघ
निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, मुलुकले हासिल गरेको यो ऐतिहासिक सफलताको हार्दिक स्वागत गर्दछ भन्दै महासंघले यो उपलब्धि हासिल गर्न महŒवपूर्ण भूमिका निर्वाह गर्ने प्रमुख राजनीतिक दल, नेपाल सरकार, सिंगो संविधानसभा र यस कार्यमा आफ्नो स्थानबाट प्रत्यक्ष एवं परोक्ष रुपमा महŒवपूर्ण सहयोग पुर्यागउने नेपाली जनता एवं सञ्चार क्षेत्रप्रति हार्दिक धन्यवाद दिएको छ। महासंघले सार्वभौम नेपाली जनताका तर्फबाट इतिहासमै पहिलोपटक घोषणा हुन लागेको नयाँ संविधानको स्वागत पनि गरेको छ।
नयाँ संविधान घोषणा गरी संक्रमणकालिन राजनीतिको प्रसव पीडाबाट मुलुकलाई पार गराई शान्ति र समृद्धिको बाटोतर्फ अग्रसर गराउने कार्यमा देखाइएको तत्परताको महासंघले सराहना गरेको छ। उसले ऐतिहासिक जनआन्दोलनबाट मुलुकले हासिल गरेको राजनीतिक सफलतालाई संस्थागत गर्ने कार्यमा नयाँ संविधान कोशेढुंगा हुनेे ठहर गरेको छ। संक्रमणकालको अन्त्यसँगै मुलुक अब शान्ति, समृद्धि र विकासको बाटोमा लम्कने विश्वास निजी क्षेत्रको लिएको पनि महासंघले जनाएको छ।
निजी क्षेत्रका तर्फबाट महासंघले नयाँ संविधानमा दिएका सुझावहरुलाई आत्मसात गरी बढीभन्दा बढी समावेश गरिएकोमा निजी क्षेत्र अत्यन्त उत्साहित भएको भन्दै महासंले सबै राजनीतिक दलको अबको एकसूत्रीय एजेन्डा आर्थिक समृद्धि हुनुपर्नेमा जोड दिएको छ। 'ऐतिहासिक राजनीतिक उपलब्धिपछि मुलुकको अबको लक्ष्य आर्थिक समृद्धि नै भएका उदाहरण विश्वका धेरै राष्ट्रले दिएकोले हाम्रो सन्दर्भमा पनि सरकारले आर्थिक विकासका लागि अवश्यक पर्ने नीति तथा कार्यक्रमलाई निर्धारित समयभित्र पूरा गर्ने संकल्प अघि सार्नुपर्दछ,' महासंघले भनेको छ। सन् २०२२ सम्म नेपाललाई विकासशील मुलुकको दर्जामा पुर्या उन दोहोरो अंकको आर्थिक वृद्धि आवश्यक भएकाले सो अनुरुपको लगानी भिœयाउने निजी क्षेत्रको तत्परतालाई सरकारका सबै कार्यक्रमबाट सहयोग गर्नसमेत महासंघले आग्रह गरेको छ।
सबै प्रकारको बन्द, हडताल सधैंका लागि बन्द गरी आर्थिक समृद्धिको माध्यमबाट मुलुक अघि बढोस् भन्ने चाहाना राख्दै महासंघले नयाँ संविधानमा सबै नेपालीले अपनत्व अनुभूति गर्न सकून् भन्ने कामना पनि गरेको छ।
आर्थिक संभावनाको ढोका खोल्ने : परिसंघ
संविधानसभाले 'नेपालको संविधान २०७२' पारित गरेकोमा नेपाल उद्योग परिसंघले स्वागत गरेको छ। 'लामो संघर्ष र प्रतीक्षापछि नेपालीले नयाँ संविधान पाउने गरी भएको ऐतिहासिक निर्णयले अहिलेसम्मको अन्योल, अस्थिरता र संक्रमण अन्त्य गरी आर्थिक सम्भावनाको ढोका खोलेको र मुलुकमा व्यवसाय एवं लगानी मैत्री वातावरण कायम हुने विश्वास निजी क्षेत्रले लिएको छ,' परिसंघले भनेको छ।
संविधानले निजी क्षेत्रका कतिपय भावना नसमेटे पनि राजनीतिक सुनिश्चितता भई मुलुकमा स्थायी शान्ति कायम हुने र आर्थिक क्षेत्र, उद्योग व्यवसायले निश्चित प्राथमिकता पाउने विश्वास लिएको भन्दै परिसंघले संविधानमा सबै क्षेत्र र समुदायको आकांक्षा र भावना प्रतिबिम्बित होस भन्ने चाहना राखेको छ। विशेषतः तराई क्षेत्रमा रहेको विरोधका स्वरहरु सुन्न पनि आग्रह गरेको छ। प्रमुख राजनीतिक दलका नेताहरुले राम्रो सुझबुझका साथ नयाँ संविधान निर्माणमा अत्यन्तै सराहनीय योगदान, बुद्धिमत्तापूर्ण निर्णय र विवेक प्रयोग गर्दै योगदान गरेकाले परिसंघले बाँकी असन्तुष्ट पक्षका कुरालाई समेत आपसी संवाद र सहमतिमा प्रमुख दलहरुले सम्बोधन गर्ने अपेक्षा गरेको छ।
सुझाव भविष्यमा समेटिने विश्वास : चेम्बर
चेम्बरले नेपालको संविधान २०७२ संविधानसभाबाट पारित भएकोमा स्वागत गरेको छ। संविधान निर्माणले लामो समयको संक्रमणकाल अन्त्य भई राजनीतिक स्थायित्व हुने र मुलुकको ध्यान आर्थिक एजेन्डामा केन्द्रित भई आर्थिक विकासको मार्ग प्रशस्त हुने विश्वास पनि उसले लिएको छ। 'संविधान निर्माणले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भई व्यापार तथा लगानी अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्नेछ,' चेम्बरले भनेको छ।
चेम्बरले संविधानले गरेका व्यवस्थाको सही कार्यान्वयन हुने र निजी क्षेत्रका केही महŒवपूर्ण सुझावहरु भविष्यमा संविधान संशोधनमार्फत समेटिने विश्वासमा रहेको जनाएको छ।
पोखरेली व्यवसायी आशावादी
पोखराबाट नागरिककर्मी सन्तोष पोखरेलले पठाएको समाचारमा संविधान निर्माण भएकोमा पोखराका व्यवसायीले खुसी व्यक्त गरेको उल्लेख छ। भूकम्पपछि निरन्तरजसो बन्द, हडताल चर्किंदा निराश बनेका उनीहरुले संविधान सुनिश्चित भएपछि राहत महसुस गरेका छन्।
'सिजनका बेला बन्द, हडतालले आहत तुल्याएको थियो तर अब मुलुक आर्थिक गतिविधितर्फ उन्मुख हुनेमा विश्वस्त छौं,' पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा भन्छन्, 'संविधान आउने निश्चिन्तताले राहत दिलाएको छ।' संविधानसँगै आर्थिक विकास अघि बढ्नेमा आशावादी रहेको उनले बताए।
पश्चिमाञ्चल होटल संघले बिहीबार विज्ञप्ति जारी गरेर संविधान सुनिश्चित भएकोमा खुसी व्यक्त गरेको छ। अध्यक्ष भरतराज पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'नयाँ संविधानको सुनिश्चिततासँगै पर्यटन क्षेत्र उत्साही बनेको छ।'
भूकम्प र बन्द, हड्तालका कारण यो पटकको सिजन खेर गए पनि आगामी सिजनमा सुधार हुनेमा व्यवसायी आशावादी छन्। पर्यटन व्यवसायी हरि शर्माले भने, 'सिजन खेर जाँदाको चिन्ताभन्दा पनि संविधान आएकोमा खुशी छौं।'
पोखराका पर्यटन व्यवसायी सेप्टेम्बरलाई मध्यम र अक्टोबर–नोभेम्बरलाई उच्च सिजन मान्छन्। यो पटकको सिजन भूकम्प र बन्द हडतालले नोक्सानमा जाने निश्चित रहेकोमा संविधानले थोरै भए पनि खुसी थपेको उनले बताए। 'एउटा सिजन खेर गएर केही भएको छैन, देशले निकास पाउनु ठुलो कुरा हो।'
पोखरा पर्यटन परिषद (पिटिसी) अध्यक्ष सोमबहादुर थापा अबको दिन उज्ज्वल हुने बताउँछन्। संविधानविहीन भएर अन्योलका साथ व्यापार गर्नुभन्दा एकपटक मार खेपेर सधैंको अन्योल हट्नु उपयुक्त हुने उनले बताए।
पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) का संयोजक गणेशबहादुर भट्टराईले देश अब आर्थिक मुद्दामा प्रवेश गर्ने आशा व्यक्त गरे। 'व्यवसायी के र कसो गर्ने भन्ने दोधारमा थिए, अब कमसेकम लगानीको वातावरण बन्छ।'