संविधान घोषणा समारोहलाई ६ घेरे सुरक्षा
०२ असोज २०७२
•
१० मिनेट पाठ
संविधान घोषणा समारोहलाई ६ घेरे सुरक्षा
काठमाडौं- संविधानसभामार्फत संविधान जारी हुने राष्ट्रिय समारोहको सुरक्षाका लागि सुरक्षा निकायले ६ घेराको सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएका छन्। संविधान जारी हुने दिन आयोजित बन्द प्रभावहीन पार्न बन्दकर्तालाई देख्नासाथ पक्राउ गर्ने र सुरक्षाकर्मी बिहान २ बजेदेखि नै परिचालित हुने गरी व्यवस्था मिलाइएको छ।संविधान निर्माणको प्रक्रिया अगाडि बढेसँगै एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउँदै गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र बल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रुपमा परिचालन गरिसकेको छ।




'आइतबारको मुख्य कार्यक्रमस्थल संविधानसभा भवनक्षेत्र भएकाले सुरक्षा रणनीतिमा त्यसैलाई केन्द्रमा राखिएको छ,' जानकार स्रोतले भन्यो, 'त्यसका लागि अधिकतम सुरक्षा जनशक्ति परिचालित छन्।'

संविधान विपक्षमा रहेको राजनीतिक दलको सम्भावित अवरोध र आपराधिक समूहको सम्भावित सक्रियतालाई निष्त्रि्कय बनाउन शनिबार बेलुकाबाटै सुरक्षा संगठनले एकीकृत रुपमा उपत्यकामा विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको हो।

'तीनै सुरक्षा संगठनलाई एकीकृत रुपमा परिचालन गरी सुरक्षा प्रबन्ध दुरुस्त मिलाएका छौं,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकसँग भने, 'सुरक्षा चुनौती बढाउने पक्षसँग हाम्रो व्यवहार कडा हुन्छ।'

संविधानसभामा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले साँझ पाँच बजे विशेष समारोहबीच संविधान जारी गर्दैछन्।

काठमाडौं उपत्यकाका तीन जिल्लासँग सीमा जोडिएका जिल्लामा सम्भावित चुनौती बढाउने समूहका गतिविधि निगरानीका लागि सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ।

सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, मकवानपुर, धादिङका काठमाडौंसँग सीमा जोडिएका स्थानमा पनि सुरक्षा निगरानी र सतर्कता बढाइएको सुरक्षास्रोतले जानकारी दियो।

काठमाडौं भित्रिने नाकामा निगरानी र जाँचपडतालका लागि सुरक्षाकर्मीको संख्या र सक्रियता दोब्बर बनाउँदै भित्रिने सवारीसाधन र यात्रुको खानतलासी बढाइएको छ।

आइतबार केन्द्रित सुरक्षाका लागि शनिबारबाटै कलंकी, बालाजु, साँखु, जगाती, र बल्खुमा समेत 'पिकेट' (चेकिङ स्थल) स्थापना गरिएको छ। संविधानसभा भवन क्षेत्रतर्फ जाने माइतीघर, कोटेश्वर, पुरानोबानेश्वर, अनामनगरमा समेत प्रहरी चेक प्वाइन्ट स्थापना गरिएको छ।

संविधानसभा भवनपरिसर बाहिरको सुरक्षाका लागि एभरेस्ट होटल अगाडि, निजामती अस्पताल अगाडि, संविधानसभा भवनको पूर्वी र उत्तरपूर्वी कुनामा समेत सुरक्षाकर्मीको संख्या बढाएर चेक प्वाइन्ट राखिएको छ।

संविधानसभा भवन वरिपरिका अग्ला भवनमा समेत सुरक्षाकर्मी परिचालित हुनेछन्। स्रोतका अनुसार अग्ला भवनबाट गतिविधि निगरानीमा सशस्त्र प्रहरी खटिनेछन् भने आवश्यकताअनुसार सेनाको समेत सहयोग लिइएको स्रोतले बतायो।

संविधानसभा भवनभित्रको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। संविधानसभा भवनको पूर्वीतिरको सुरक्षा जिम्मेवारी सशस्त्रले पाएको छ भने अन्य तीन क्षेत्रको सुरक्षामा नेपाल प्रहरी खटिएको छ।

मूल भवनबाहिरको सुरक्षामा समेत प्रहरी–सशस्त्र संयुक्त रुपमा खटिएका छन्। संविधानसभा भवनभित्रको सुरक्षा प्रबन्धका लागि मर्यादापालकको संख्या बढाइसकिएको स्रोतले जानकारी दियो।

नेपाल प्रहरीका प्रवक्ता कमलसिंह बमले सहरको मुख्य स्थान, संविधानसभा भवन क्षेत्र र उपत्यका भित्रिने नाकामा सुरक्षा सतर्कता बढाइएको जानकारी दिए।

उनका अनुसार संविधानको विपक्षमा तराईका केही जिल्लामा आन्दोलन जारी रहेकाले त्यसलाई समेत प्राथमिकतामा राखेर सुरक्षा प्रबन्ध मिलाइएको छ।

'विरोधी समूहको बन्द र भिभिआइपी र भिआइपीको समेत मुभमेन्ट हुने भएकाले पर्याप्त जनशक्ति परिचालन गरी सबै सुरक्षा तयारी पूरा भइसकेको छ,' बमले भने।

'बन्दकर्ता सडकमा देख्नासाथ पक्रनू'

माओवादीको नेत्रविक्रम चन्द 'विप्लव' समूहले आइतबारको विशेष समारोह प्रभावित गर्न बन्द आह्वान गरेर थप सुरक्षा चुनौती बढाएको छ। संविधानसभा समारोहसँगै बन्दमा सवारी आवागमन सुचारु गर्न, संविधानसभासम्म भिभिआइपी, भिआइपी, कूटनीतिक नियोगका प्रमुख, विदेशी प्रतिनिधि, पूर्व प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिको सवारीका लागि सुरक्षा संगठनले एकीकृत रणनीति कार्यान्वयनमा ल्याइसकेका छन्।

जानकार स्रोतका अनुसार आइतबार संविधानसभामा आयोजना हुने समारोहका लागि बालुवाटार, सिंहदरबार, थापाथली, नयाँबानेश्वर, सिंहदरबार, अनामनगर, गौशाला, एयरपोर्ट तीनकुने क्षेत्रका सडक सबैभन्दा धेरै प्रयोग हुनेछन्। दुई घन्टाअगाडिबाट सुरक्षा तयारी हुने भएकाले ३ देखि ७ बजेसम्म ती सडक क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको एक सुरक्षा अधिकारीले जानकारी दिए।

यसअघि बन्दको समर्थनमा सडकमा उत्रनेलाई हिंसात्मक गतिविधि नगरुन्जेल प्रहरीले हस्तक्षेप गर्दैनथ्यो। आइतबारको बन्द समर्थकलाई सडकमा देख्नासाथ पक्राउ गर्ने सुरक्षा निकायलाई निर्देशन आएको स्रोतले जनायो।

बन्दकर्ताको सम्भावित अवरोध हटाउन बिहान २ बजेबाटै उपत्यकामा सुरक्षाकर्मी खटिँदैछन्। सहरमा मुख्य चोक, मुख्य सडक र भित्री सडकमा सुरक्षाकर्मी परिचालित हुने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी नारायणसिंह खड्काले जानकारी दिए।

अधिकांश सुरक्षाकर्मी आन्दोलित मधेसका जिल्लामा परिचालित भएपछि उपत्यकामा परिचालन गर्ने सुरक्षाकर्मीको संख्या कमी हुन नदिन प्रहरी प्रधान कार्यालयले यसअघि नै सुरक्षाकर्मीको अत्यावश्यक अवस्थाबाहेक विदामा रोक लगाइसकेको छ।

नेपाल प्रहरी–सशस्त्रले कार्यालय प्रयोजनमा १०–५ खटिने सुरक्षाकर्मीलाई समेत आवश्यक परेको अवस्थामा तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा रहन सर्कुलर गरेको छ। उच्चपदस्थ सुरक्षा अधिकारीसमेत आइतबार आवश्यक परे सुरक्षामा उत्रिने गरी तयारी अवस्थामा रहनेछन्।

शान्ति सुरक्षामा सघाउन सशस्त्र प्रहरी बलले समेत पिकेटिङ, सवारी र पैदल पेट्रोलिङमा ७ हजार बढी जनशक्ति परिचालन गर्नेछ। स्रोतका अनुसार उत्तिकै संख्याका सशस्त्र गण र प्रधान कार्यालयमा तयारी अवस्थामा रहनेछन्।

खड्काले आइतबारको सुरक्षाका लागि पर्याप्त सुरक्षा जनशक्ति रहेको बताए। प्रारम्भिक अवस्थामा उपत्यका मातहत तीन जिल्लाका सुरक्षाकर्मी परिचालित भइसकेको जानकारी दिँदै उनले आवश्यकताअनुसार तत्काल परिचालित हुन प्रहरीको तीनवटा गणका सुरक्षाकर्मी तयारी अवस्थामा रहने बताए।

'सशस्त्र प्रहरीका जनशक्तिसमेत परिचालित हुने भएकाले सुरक्षाका लागि जनशक्तिको अभाव हुन्न,' खड्काले भने, 'आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी ब्याकअप फोर्सको प्रबन्ध गरिएको छ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस