पूर्वाधार र जलविद्युत विकासमा अझै शंका
०३ असोज २०७२
•
१० मिनेट पाठ
पूर्वाधार र जलविद्युत विकासमा अझै शंका
काठमाडौं- संविधान निर्माणपछि पूर्वाधार तथा जलविद्युत क्षेत्रको विकासले गति लिन्छ भन्ने वर्षौंदेखि अपेक्षा गरिएको हो। यो नै मुलुकको समृद्धिको आधार हुनुपर्छ।
संविधानले पूर्वाधार विकासमा न्यूनतम आधार तय गरेको हुनुपर्छ, यसैको जगमा केन्द्र, प्रदेश र स्थानीय क्षेत्रको विकास होस र मुलुकको मुहार फेरियोस। करिब ३ करोड जनसंख्याले गरेको कल्पना यही हो। तर, पूर्वाधार विकासमा संविधानले ल्याउनुपर्ने उत्साह र निर्माणको आधार तय गर्न नसकेको विश्लेषकहरूको टिप्पणी छ।संविधानले प्राकृतिक स्रोत बाँडफाँड र त्यसको अग्राधिकार प्रदेशमा रहने प्रावधान राखेको छ। यद्यपि, ठूला र राष्ट्रिय महत्वका आयोजना निर्माण केन्द्रीय सरकारबाटै हुने पनि उल्लेख छ। तर, यसलाई जलविद्युत विकासको आधार मान्दैनन्, जलस्रोत उद्यमी ज्ञानेन्द्रलाल प्रधान।

'संविधानमा जलस्रोतका विषय गौण बनेका छन्, गएको १० वर्षमा केही जलविद्युत आयोजना अघि बढेका थिए,' उनले भने, 'विदेशी लगानी आउने सम्भावना बढेको थियो, तर, संविधान आउने समयले ब्रेक लगाइदिएको छ। अझ संविधान जारी हुँदा जलविद्युत विकासमा पूर्णविराम लागेजस्तै भएको छ।'

आयोजना निर्माण, प्रतिफल बाँडफाँड र अधिकारका विषय संविधानमा स्पष्ट किटान नगरिएको भए पनि राजनीतिक सहमतिले यसलाई टुंगोमा पुर्यापउनुपर्छ। एउटा जलविद्युत आयोजना निर्माण हुँदा स्थानीय स्तरसम्म सडक पुग्छ। स्थानीय बजार विस्तार हुनुका साथै गाउँ र सहरको उत्पादन साटासाट हुन्छ र समग्र जनजीवनमा काँचुली फेरिन्छ।

संविधानपछि पनि दलहरु पुनः राजनीतिक बहसमै केन्द्रित हुने हो भने मुलुक अविकासको भुमरीमा फस्नेछ। विकास निर्माणमा अहिले नै निराश हुनुपर्ने अवस्था नरहेको पूर्वसचिव तथा अर्थविद रामेश्वर खनालले बताए।

'सबैको सहमति भएर विरोधका आवाज नउठे पनि जलविद्युत तथा पूर्वाधार क्षेत्रमा ह्वात्तै लगानी बढ्ने अवस्था छैन,' उनले नागरिकसँग भने, 'अहिले भइरहेको लगानी त निरन्तर होला नयाँ लगानी आउन समय लाग्छ। यो क्षेत्रमा सरकारी लगानी भने बढ्न सक्छ।'

संविधान संस्थागत गर्दै प्रदेशको निर्वाचन गरेर स्रोतमा स्थानीयको अधिकार र प्रतिफल सुनिश्चित नगर्दासम्म निजी क्षेत्र र विदेशी लगानी आउन नसक्ने उनको तर्क छ। 'प्रादेशिक सरकारले निजी क्षेत्रलाई बोलाएर लगानी गर्न प्रोत्सहन गर्न सक्छन्, तर त्यसका लागि ३–४ वर्ष कुर्नैपर्छ,' खनालले भने।

आर्थिक पाटोलाई पाखा राखेर देश समृद्ध बन्न नसक्ने प्रधानको तर्क छ। 'अर्थतन्त्रको विकास भयो भने राजनीति आफैं सुध्रन्छ, चीन, सिंगापुर, इथियोपिया यसका नमुना हुन्,' उनले भने, 'आर्थिक विकासले मात्र राजनीतिलाई स्थायित्व दिन सक्छ। मुलुकको अर्थतन्त्रको विकासका लागि जलस्रोतको विकल्प छैन।'

एउटा प्रदेशमा जलविद्युत आयोजना निर्माण गर्दा ड्याम, विद्युतगृह, प्रसारण लाइन बनाउने प्रदेश फरकफरक हुन सक्छन्। एक प्रदेशमा उत्पादन भएको बिजुली प्रसारण लाइन हुँदै बजारसम्म पुर्या्उँदा दुई वा तीन प्रदेश पार गर्नुपर्ने हुन सक्छ। प्रदेश हुँदै बिजुलीको अन्तर्राष्ट्रिय बजार खोज्नुपर्ने हुन्छ।

केन्द्रीय शासन प्रणाली हुँदा त जग्गा अधिग्रहण र क्षतिपूर्ति विवाद सुल्झाउन सरकारलाई हम्मे परेको छ। संघीय संरचनामा त्यो पक्कै पनि जटिल हुनेछ। तर, विकास निर्माणमा राजनीतिक दलले एकता गरेर राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिँदा हरेक समस्याको समाधानको निकास निस्कन्छ।

स्थानीय स्तरमा बन्ने सडक वा जलविद्युत आयोजनामा निजी क्षेत्रको लगानीको प्रतिफल र स्रोत उपयोग गरेबापत स्थानीयमा प्रतिफलको हक सुनिश्चित भए लगानी आउन सक्ने खनालको भनाइ छ। यद्यपि पूर्वाधार आयोजना निर्माण, सञ्चालन र प्रतिफल बाँडफाँड स्पष्ट किटान नहुँदासम्म यसले गति लिन नसक्ने उनले बताए।

संविधान जारी भएपछि प्राकृतिक स्रोतको बाँडफाँड र निर्माण एवं त्यसको कार्यान्वयनमा प्रशस्त चुनौती देखिने गरेका छन्। यी समस्या समाधान गर्नकै लागि संघीय आयोग बनाइएको एमालेका सभासद आनन्दप्रसाद पोख्रेलले बताए। 'उक्त आयोगले राज्यको सीमांकनको टुंगो लगाउँछ र स्रोतको बाँडफाँड, उपयोग र प्रतिफलको व्यवस्था गर्नेछ,' उनले भने, 'समस्या राजनीति सहमतिबाटै समाधान गर्नुपर्छ।'

उनका अनुसार छुट्टै कानुन बनाएर गाउँपालिकालाई ५ मेगावटसम्म, प्रदेशलाई एक मेगावाटसम्मका आयोजना निर्माणको अधिकार दिइनेछ। यस्तै, सय मेगावाटभन्दा ठूला आयोजना केन्द्रले निर्माण एवं कार्यान्वयन गर्नेछ। संविधानको अनुसूची ५ को ८ मा समेत केन्द्रीयस्तरका ठूला विद्युत, सिँचाइ र अन्य आयोजना तथा परियोजना संघको अधिकारभित्र रहने उल्लेख छ।

मुलुक संघीय प्रणालीमा गइसकेको अवस्थामा पूर्वाधार तथा जलविद्युत आयोजना निर्माणमा विवाद गरिरहे मुलुक अँध्यारो युगतर्फ धकेलिने निश्चित छ। जलस्रोत विकासका विषय संविधानमा विस्तृत रुपमा नसमेटिए पनि निराश हुने अवस्था नरहेको स्वतन्त्र ऊर्जा उत्पादन संघ (इपान) का अध्यक्ष खड्गबहादुर विष्ट बताउँछन्।

'संघीय प्रणालीमा जाँदा विद्युत मागको प्रक्षेपण, प्रसारण लाइन बनाउने आधार, ठूला आयोजना निर्माण र नदी बेसिनको अधिकार केन्द्रमै राख्नुपर्छ भनिएको छ,' उनले भने, 'संविधानमा त्यो कायम भएको छ।' विदेशीसँग विद्युत व्यापार सम्झौता (पिटिए) गर्ने अधिकार पनि केन्द्रमै हुनुपर्ने उनको भनाइ छ।

संविधानमा स्पष्ट नपारिएका वा विवादित विषय बन्दै गरेका विद्युत विधेयकले समेट्नुपर्ने विष्टको धारणा छ। स्पष्ट कानुन बनाएर कार्यान्वयन गर्न सके पूर्वाधार क्षेत्रमा विदेशी लगानी आउन सक्ने उनले विश्वास व्यक्त गरेका छन्। तर, स्थानीयलाई बढी अधिकार दिएर जलविद्युत आयोजना निर्माण गर्न नसकिने प्रधानको तर्क छ।

'केन्द्रमा सबै अधिकार हुँदा त काम हुन नसकेको अवस्थामा प्रदेशलाई जिम्मा दिँदा यसको विकास हुन सक्दैन,' उनले थपे, 'यो संविधानले निजी क्षेत्रले निर्माण गरेका र विदेशी लगानीका आयोजना अगाडि बढ्न सक्ने अवस्था छैन। संविधानले जलस्रोत र जलविद्युत विकासमा समस्या खडा गरेको छ।'

जलविद्युत र जलस्रोत विकासलाई संविधानले खुकुलो बनाउनुको सट्टा समस्या खडा गरेको तर्क गर्छन्, एमाआवोदीका सभासद लीलामणि पोख्रेल। 'संविधानले स्थानीयमा अधिकार सुनिश्चित गर्नेभन्दा केन्द्र र प्रदेशको अधिकार दोहोरिने समस्या खडा गरेको छ।'

जलाशय आयोजना बनाउँदा तल्लो तटीय क्षेत्रमा पर्ने असर उसले लिने लाभबारे संविधानले कतै पनि उल्लेख नगरेको उनको भनाइ छ। उनका अनुसार अधिकार नदोहारिने गरी जलविद्युत तथा पूर्वाधार विकास खुकुलो बनाउन सुझाव दिए पनि कांग्रेस, एमालेले समेटेनन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस