पतिलाई छलेर दलाल पच्छ्याउँदा
०६ असोज २०७२
•
८ मिनेट पाठ
पतिलाई छलेर दलाल पच्छ्याउँदा
काठमाडौं- नेपाली युवतीलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर द्वन्द्वग्रस्त मुलुक इराक पुर्याडई जोखिमपूर्ण कामका लागि बेच्ने गिरोह मधेस आन्दोलनसँगै सल्बलाएको पाइएको छ। स्थलमार्गबाट भारतको नयाँदिल्ली पुर्याकएर प्रतिबन्धित इराक पुर्याकउन हिँडाइएका सात युवतीलाई प्रहरीले सोमबार थानकोट नाकाबाट उद्धार गरेको छ।सिन्धुपाल्चोक र गोरखाका सात युवतीलाई इराक लैजान लागेका दुई दलालसमेत पक्राउ परेका छन्।

प्रहरीका अनुसार ती युवतीलाई उग्रवादी इस्लामिक लडाकु आइएसआई प्रभावित इराकी सहर कुर्दिस्तान लगिँदै थियो।

मधेसमा आन्दोलन चर्किएयता उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा बढाइएको निगरानीका कारण सात चेली बेचिनबाट जोगिएको प्रहरी दाबी छ।

ती युवतीलाई मानव बेचबिखनमा सक्रिय दलालको समूहले मासिक ३ सयदेखि ३ सय ५० अमेरिकी डलर कमाइ हुने लोभ देखाउँदै द्वन्द्वग्रस्त मध्यपूर्वी राष्ट्र इराक र सिरियाको उत्तरी क्षेत्र कुर्दिस्तान लैजान झापा जाने बस चढाएका थिए।

झापाबाट स्थलमार्ग हुँदै दिल्ली पुर्याीएर हवाइमार्गबाट कुर्दिस्तान लैजाने योजना पक्राउ परेकाबाट खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिए।

चार दिनअघि महानगरीय प्रहरी प्रभाग, नागढुंगामा तैनाथ प्रहरीले झापाका लागि हिँडेको बस जाँच गर्दा सात युवती फेला परेका थिए। उनीहरूसँग प्रहरीले सोधपुछ गर्दा दिल्ली हिँडेको बताएपछि प्रहरीले बसमा उनीहरूका सहयोगी खोजी गर्दा रहस्य खुलेको थियो।

ती युवतीलाई दाबादोर्जे तामाङ, दाबा तामाङलगायत पाँच दलालले घरेलु कामदारका रुपमा दिल्ली हुँदै कुर्दिस्तान लैजान लागेका थिए। प्रवक्ता पोखरेलका अनुसार युवतीसँगै नियन्त्रणमा लिइएका दाबादोर्जे र दाबासँग सोधपुछ गर्दा ती युवतीलाई झापाबाट नाका कटाएर दिल्ली पुर्यारउने तयारी थियो। त्यहाँबाट हवाइमार्ग हँुदै कुर्दिस्तान लगेर घरेलु काममा लगाउन बिक्री गर्ने योजना खुलेपछि दुवै जनालाई हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

'अनुसन्धानमा उनीहरूले वैदेशिक रोजगारको प्रलोभनमा पारेर बेचबिखन गर्ने उद्देश्य रहेको खुलेको छ,' एसपी पोखरेलले भने, 'उनको समूहका अन्य सदस्यको पनि खोजी सुरु गरेका छौं।'

पोखरेलका अनुसार प्रहरीले उद्धार गरेका सातै युवती विवाहित हुन्। ६ जना सिन्धुपाल्चोकका र एक गोरखाकी युवतीले आफू रोजगारीका लागि विदेश जान लागेको जानकारी परिवारलाई समेत नगराई प्रलोभनमा परी दलालका पछि लागेको बताएका छन्।

पक्राउ परेका दलाल पनि सिन्धुपाल्चोककै हुन्।

'कुन देश लैजाने बताएका थिएनन्, राम्रो काम हो, महिनामा एक लाखभन्दा बढी तलब आउँछ भनेपछि जान तयार भएका हौं,' उद्धार गरिएका युवतीको भनाइ उद्धृत गर्दै एसपी पोखरेलले भने, 'पतिलाई समेत भनेका थिएनौं, झन्डै बर्बाद हुनबाट जोगियौं।'

सोमबार पक्राउ परेका दलालको सञ्जालबारे महानगरीय प्रहरी वृत्त, थानकोटले अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उक्त समूह मानव बेचबिखनमा सक्रिय समूहमध्येकै देखिएपछि विस्तृत अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिइने एसपी पोखरेलले जानकारी दिए।

कुर्दिस्तानमा तीन हजार नेपाली महिला

वैदेशिक रोजगारीको आवरणमा मानव तस्कर समूहको सक्रियता भारतको दिल्ली विमानस्थलमा बढेपछि नेपाल–भारत गृहअधिकारीबीच एक वर्षअघि स्थलमार्गबाट दिल्ली पुगेकाहरूले नेपाली दूतावासमार्फत 'नो अब्जेक्सन लेटर' नलिएसम्म हवाइमार्ग प्रयोग गर्न नदिने सहमति भएको थियो।

उक्त सहमति कार्यान्वयनपछि पनि गिरोहले नेपाली युवती खाडी र अफ्रिकी राष्ट्रमा जोखिमपूर्ण काममा लैजान भारतीय विमानस्थलको नियमित प्रयोग गरिरहेको एक महिनाअघि खुलेको थियो।

साउन १० मा दिल्ली विमानस्थलमा फेला परेका सात युवती पक्राउपछि भारतीय प्रहरीले नेपालबाट स्थलमार्ग हुँदै भारत पुर्या एर त्यहाँका विमानस्थल कर्मचारीसँग सेटिङ मिलाएर अन्तर्राष्ट्रिय उडानबाट विदेश लैजाने गरेको खुलाएको थियो।

विमानस्थलबाट नियन्त्रणमा लिइएका महिलाले दिएको जानकारीका आधारमा प्रहरीले दिल्लीका विभिन्न होटलमा छापा मारी थप २० नेपाली युवतीको उद्धार गरी नेपाल फर्काएको थियो।

नेपाल फर्काइएका युवतीबाट सूचना लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बेचबिखनमा संलग्न सुजिल राई र राजबाबु श्रेष्ठलाई पक्राउ गरेको थियो। भारतमा सोही आरोपमा ईश्वर न्यौपाने र विष्णु तामाङ पनि पक्राउ परेका थिए।

फर्काइएका नेपाली युवतीमध्ये केही यसपूर्व पनि इराकको कुर्दिस्तान पुगेर यस्तै जोखिमपूर्ण काम गरेर फर्केका समेत थिए। स्वदेश फर्केको केही समयपछि उनीहरू फेरि त्यसैगरी जोखिमपूर्ण बाटोबाट द्वन्द्वग्रस्त क्षेत्र जान दलालको पछि लागेको खुलेको थियो।

यसरी फर्केका महिलाबाट प्रहरीले कुर्दिस्तानको सुलेमानिया सहरमा मात्र करिब ३ हजार नेपाली महिला रहेको जानकारी पाएको थियो। सुलेमानियामा शुक्रबार नेपाली महिला भेला हुने नेपाली पार्क नै रहेको खुलेपछि अनुसन्धानमा संलग्न ब्युरोका प्रहरी छक्क परेका थिए।

ती महिलाका अनुसार हरेक शुक्रबार त्यहाँ रहेको एक पार्क नेपाली महिलाले भरिन्छन्। स्थानीयले पार्कको नामै नेपाली पार्क राखेका छन्।

'कुर्दिस्तान आइएसआईबाट प्रभावित जोखिमपूर्ण क्षेत्र भए पनि त्यहाँ नेपाली युवती पुग्ने क्रम रोकिएको देखिएन,' ब्युरोका डिआइजी हेमन्त मल्लले नागरिकसँग भने, 'यसअघि उद्धार गरिएकाले दिएको जानकारीअनुसार त्यहाँ अझै ३ हजारजति नेपाली युवती घरेलु कामदारका रुपमा काम गरिरहेका छन्।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस