झापा- नेपालको संविधान निर्माणमा असन्तोष प्रकट गरिरहेको भारतले नेपाली नागरिकलाई सीमा क्षेत्रमा दुःख दिएर बदला लिन थालेको छ। साइकल, रिक्सा र बाइकमा सधैं निर्धक्क आवतजावत गरिरहेका नेपाली नागरिकले अचेल भारतीय भूमिमा लामो सुरक्षा जाँचको प्रक्रिया पूरा गर्नुपर्छ।भारतीय अधिकारीले नेपालविरुद्ध नाकाबन्दी नगरेको बताइरहे पनि सीमा क्षेत्रमा नाकाबन्दी शैलीकै व्यवहार देखिएको छ। जोगवनी, रक्सौल र सुनौली नाकाको हकमा आसन्न बिहार विधानसभा चुनावको लागि सुरक्षा व्यवस्था कडा पारेको भनाइलाई तर्कसंगत मान्न सकिए पनि पश्चिम बंगाल राज्यसँग जोडिएको नाकामा देखाएको रवैयाले भारतले भूपरिवेष्ठित नेपाललाई असहज अवस्थामा पुर्यााउन अघोषित रुपले नाकाबन्दी गरेको पुष्टि गर्छ।
नेपालका लागि सामान बोकेर आएका मालबाहक ढुवानी साधन पनि नाकामा बिनाकारण रोकिएका छन्। पूर्वी नाका काँकडभिट्टा–पानीट्यांकी आवतजावतमा कडाइ गरेको भारतीय पक्षले बुधबार साँझदेखि नेपाल आउने मालबाहक सवारी साधन पनि रोकेको छ। पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, तरकारी जस्ता सामान बोकेर नेपाल भित्रिन लागेका सय हाराहारी ट्रक तथा ट्यांकर सीमापारि पानीट्यांकी नाकामा रोकिएका छन्। 'सुरक्षा'को कारण दर्शाउँदै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले ती ढुवानी साधन रोकेको हो। एसएसबीले भारतीय भन्सारले नेपाल जान अनुमति दिइसकेका गाडीलाई समेत रोकिदिएको छ।
'सधैं ४ देखि ५ घन्टासम्ममा सबै काम हुन्थ्यो अचेल दिनभरिमा पनि हुन गाह्रो छ,' पानीट्यांकी भन्सार एसोसिएसनका अध्यक्ष हान्द्रु उराउँले भने, 'भन्सारमा काम हुन्छ तर, एसएसबीको चेकजाँचमा अलि समय लाग्छ। यसले गर्दा गाडी पास गर्न ढिलो हुने गरेको छ।' पानीट्यांकी नाकामा बुधबारदेखि रोकिएका ८५ भन्दा बढी साधनमध्ये बिहीबार साँझसम्ममा ७ वटा मात्रै नेपाल आइपुगेको मेची भन्सार कार्यालय स्रोतले जनाएको छ।
ना २ ख ७०८३ नम्बरका ट्यांकर चालक मोहमद अस्लामका अनुसार पहिले भन्सार कागजात र चलान देखाएर ट्यांकर जान्थे। अहिले विभिन्न बहानामा सुरक्षाकर्मीले लामो समयसम्म नाकामा रोक्न थालेका छन्। भारतीय कडाइका कारण मेची भन्सारमा भित्रिने मालबाहक गाडीको संख्या घटेको छ। बुधबार एकै दिन ८५ वटा मालबाहक ट्रक र ट्यांकर भन्सार भित्रिए पनि बिहीबार ६ वटामात्र भित्रिएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए। उनका अनुसार भारतले चेकजाँचमा कडाइ गरेपछि भारतबाट आयात हुने मालसामान बोकेर आउने सवारी साधनको संख्या घटेको छ।
त्यसो त बुधबार बिहानदेखि नै पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने सवारी साधनमाथि भारतीय सुरक्षाकर्मीले विशेष निगरानी र चेकजाँच बढाएको थियो। नेपाल प्रवेशको पूर्वी नाका झापाको काँकरभिट्टा र भद्रपुरमा आवतजावत गर्ने नेपाली नम्बर प्लेटका सवारी साधनमा कडा चेकजाँच भएको हो। भारतीय सीमा सुरक्षा बलले नेपाली उपभोक्ताले आयात गर्ने दैनिक उपभोग्य सामग्रीको खानतलासी गरी अनावश्यक झन्झट दिन थालेको छ। 'नेपाली सवारीसाधन देख्नेबित्तिकै के ल्याएको छ भनेर सोध्छ,' झापा बिर्तामोडका व्यापारी विवेक अग्रवालले भने, 'सानो सामान पनि बहाना गर्दै रोकिदिन्छ।'