काठमाडौं- नेपालतर्फ सुरक्षा कडाइ गरिएपछि तराई–मधेसमा आन्दोलनरत पार्टीका कार्यकर्ता भारतीय भूमि उपयोग गर्दै नाका अवरोध गरिरहेका छन्। पारिबाट नेपालतर्फ सुरक्षाकर्मीमाथि प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरिरहे पनि भारतीय पक्षबाट कुनै आपत्ति जनाइएको छैन।आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता–कार्यकर्ताले नेपालगन्ज, वीरगन्ज, भैरहवा, विराटनगरलगायत भन्सार नाका अवरोध गर्न नेपालकै भूमि प्रयोग गर्दै आएका थिए। चार दिनयता भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन नेपालतर्फ सुरक्षाकर्मीले कडाइ गरेपछि उनीहरु शनिबारबाट पारि गएर धर्ना बसेका छन्।
प्रदर्शनकारीले सीमामा रहेका सुरक्षाकर्मीलाई पारिपट्टि बसेर ढुंगामुढा गरेकाले नाकाको अवरोध हटाउन अप्ठेरो भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।
'नेपालकै भूमिमा भएको अवरोध हटाउन सुरक्षा सतर्कता बढाएपछि प्रदर्शनकारीले भारतीय भूमि प्रयोग गरिरहेका छन्,' ढकालले नागरिकसँग भने, 'भारतीय भूमि प्रयोग गरेर नेपालतिर बसेका सुरक्षाकर्मीलाई ढुंगामुढा गरिरहेका छन्, उता (भारत) का सुरक्षाकर्मीको असहयोगका कारण अवरोध हटाउन समस्या देखियो।'
जमुनाहा नाका (नेपालगन्ज) अवरोध गर्न रुपैडिहामा बसेका प्रदर्शनकारीलाई शनिबार सीमामा खटिएको भारतीय सुरक्षा बल (एसएसबी) ले सहयोग पुर्यारएको सूचना गृहको केन्द्रसम्म आएपछि बाँकेका प्रमुख जिल्ला अधिकारीले एसएसबीका स्थानीय अधिकारीसँग छलफल गरेका थिए।
प्रजिअले भारतीय भूमिमा बसेका प्रदर्शनकारीले नेपाली सुरक्षाकर्मीलाई ढुंगामुढा गर्दा समेत भारतीय सुरक्षाकर्मीले उल्टै सघाएको भन्दै आपत्ति जनाएपछि एसएसबी अधिकारीले भारततिर रहेका प्रदर्शनकारी हटाएका थिए।
अन्य नाकामा पनि भारततिरको दसगजामा बसेर नाका अवरोध गरेको विषयमा भारतका एसएसबी अधिकारीसँग सम्बन्धित जिल्लाका प्रजिअले छलफल गरे पनि सकारात्मक प्रतिक्रिया नआएको प्रवक्ता ढकालले जानकारी दिए।
दसगजामा बसेर नाका अवरोध गरिरहेकालाई सुरक्षाकर्मीले बल प्रयोग गरेर हटाएपछि उनीहरू सीमापारि गएर बसेको गृह अधिकारी बताउँछन्। भारतीय क्षेत्रबाट सुरक्षाकर्मीमाथि ढुंगा हान्ने, गुलेलीले आक्रमण गर्ने घटना भइरहेको गृहको शान्ति सुरक्षा महाशाखा प्रमुखसमेत रहेका ढकालले जनाए।
नाकामा अवरोध गर्न र नाका खुलाउन परिचालित सुरक्षाकर्मीमाथि आक्रमण गर्न भारतीय भूमिमा गएर बसेकालाई भारतीय नागरिकले आश्रय दिएको सूचना मन्त्रालयमा आएको उनले जानकारी दिए।
मन्त्रालय अधिकारीका अनुसार भारतीय भूमिमा बसेर नेपाली नाकामा अवरोध गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शनिबार २ हजार प्रदर्शनकारी लिएर जोगबनी (विराटनगर) गएको सूचना आएको छ।
भारतीय भूमिमा पुगेका प्रदर्शनकारीले नेपाली नाकामा खटिएका सुरक्षाकर्मीमाथि योजनाबद्ध आक्रमण गरी बल प्रयोगका लागि बाध्य बनाएर भारतीय नाकामा खटिएका सुरक्षाकर्मीसँग टकराव बढाउने प्रयास भइरहेको समेत ढकालले जनाए।
'वीरगन्जमा शनिबार प्रदर्शनकारीले भारतीय भूमिमा बसेर नाकामा अवरोध पुर्याकए, उतैबाट नेपालका सुरक्षाकर्मीमाथि आक्रमण गरे,' ढकालले भने, 'प्रदर्शनकारी तितरवितर बनाउन नेपाली भूमिमा अश्रुग्यास प्रहार गर्दा समेत भारतीय भूमिमा नेपाली सुरक्षाकर्मीले आक्रमण गरे भन्ने अफवाह फैलाइएको छ।'
ढकालले वीरगन्जको नेपाली भूमिमा बसेर नाका अवरोध गरिरहेका सुरक्षाकर्मीमाथि ढुंगामुढा भएपछि प्रहरीले प्रहार गरेको अश्रुग्यासको गोला प्रदर्शनकारीले समाती भारततिर फ्याँकेर नेपालको प्रहरीले भारतीय भूमिमै अश्रुग्यास हानेको भनेर गलत प्रचार भइरहेको दाबी गरे।
'प्रदर्शनकारीले भारततिर फ्याँकेको अश्रुग्यास नेपाली सुरक्षाकर्मीले नै फ्याँकेको हो भन्दै रक्सौलमा उता (भारत) का सुरक्षाकर्मी आएर नापजाँच गरेको सूचना आएको छ,' ढकालले भने।
प्रदर्शनकारी नभएको नाकामा भारतीय अवरोध
प्रदर्शनकारीले अवरोध नगरेको नाकाबाट समेत नेपालका लागि आएका मालबाहक सवारीसाधन भित्रिन सकेको छैन। ती सवारीसाधनलाई भारतीय नाकामा रहेका सुरक्षाकर्मीले नै अवरोध पुर्यााएको रिपोर्ट गृहमा आएको अधिकारीहरूले जनाएका छन्। स्थानीय तहबाट आवतजावतमा भएको अवरोधबारे सोध्दा 'माथिबाट आदेश आएको छैन, माथि नै कुरा गर्नुहोला' भन्ने जवाफ आउने गरेको उनीहरूले बताए।
'प्रदर्शनकारीबाट अवरोध नभएको नाकाबाट समेत सामान ल्याउन समस्या देखिएपछि जानकारी लिएका थियांै,' गृह प्रवक्ता ढकालले भने, 'हामीसँग होइन, माथि नै कुरा गर्नुहोला मात्रै भन्छन्।'
नाकाहरूमा भएको अवरोधका कारण इन्धन आपूर्ति घटेपछि गृहले आइतबारै निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली सुरु गरेको छ। तत्काल खाद्यान्न संकट नदेखिए पनि असहज अवस्थाको फाइदा लिन कालोबजारी हुन सक्ने भन्दै नियन्त्रणका लागि गृहले टोली खटाउने तयारी गरेको ढकालले जानकारी दिए।
'खाद्यान्न, औषधि लगायतका अत्यावश्यक वस्तुको कालोबजारी रोक्न अनुगमन गर्ने निकायहरूलाई निर्देशन गइसकेको छ,' ढकालले भने, 'कसैले कालोबजारी गरे कडा कारबाही गर्न सरकार सक्रिय छ।'