काठमाडौं- सरकारले आइतबारबाट सबैखाले सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ। छिमेकी भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको स्टक सकिँदै गएपछि सरकारले यस्तो कदम चालेको हो।
गृह मन्त्रालयमा शनिबार बसेको सम्बद्ध निकायका उच्च अधिकारी सम्मिलित बैठकले आइतबारबाट दुईपांग्रे मोटरसाइलकदेखि चारपांग्रे गाडीसम्म सबै जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो।
यो नियम अनुसार आइतबार १० गते जोर नम्बरका गाडी मात्रै चलाउन पाइने छ। बिजोर गते बिजोर नम्बरका र जोर गते जोर नम्बरका सवारी साधन चलाउन पाइने गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताए।
यातायात व्यवस्था विभाग, नेपाल आयल निगम, नेपाल प्रहरी लगायत सहभागी बैठकले आइतबारबाट जोर–बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो। 'मैले पाँचै विकास क्षेत्रमा फोन गरेर जानकारी गराइसकेको छु,' उनले नागरिकसँग भने, 'भोलिबाट कार्यान्वयन हुन्छ।'
भारतबाट पेट्रोलियम पदार्थ आउन रोकिएपछि तत्काल अभाव हुन नदिन सरकारले जोर–बिजोर गरी गाडी चलाउन लागेको हो। 'एकैचोटि सबै गाडी गुड्दा इन्धन खपत बढ्ने भएकाले यस्तो गरिएको हो,' ढकालले भने, 'जोर–बिजोर गर्दा तेल आधामात्रै खपत हुन्छ।'
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थ नदिएपछि तीन दिनदेखि एउटा पनि ट्यांकर इन्धन बोकेर नेपाल भित्रिएका छैनन्। भारतको सीमा सुरक्षा बल (एसएसबी) ले नेपाली ट्यांकर चालक र सहचालकलाई कुटपिट समेत गरेका थिए।
यातायात व्यवस्था विभागका अनुसार देशभर २० लाख सवारी साधन छन्। एक दिन १० लाख र अर्को दिन १० लाख गाडी गुड्ने सरकारले जनाएको छ। त्यसमध्ये कति गाडी सार्वजनिक र कति निजी छन् भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन।
चार दिनदेखि आयात रोकिएपछि नेपाल आयल निगमले स्टक तेल पम्पलाई बाँडिरहेको छ। 'स्टकले धेरै दिन चल्न नसक्ने भएपछि जोर–बिजोर प्रणाली लागू गरिएको हो,' निगमका प्रवक्ता दीपक बरालले नागरिकसँग भने, 'बाध्यकारी अवस्था आएकाले यस्तो गर्नुपरेको हो।'
'शनिबारबाटै देशका पाँचै विकास क्षेत्रका प्रमुखलाई गृहबाट भएको निर्णय पठाइसकेको छ,' ढकालले भने, 'कार्यान्वयनको जिम्मा ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई दिएको छ।'
उता, निगमले आइतबारबाट काठमाडांैं उपत्यकाका पम्पलाई पालैपालो तेल दिने बताएको छ। 'काठमाडौंमा भएका सबै पम्पलाई एकैचोटि तेल दिइँदैन,' निगम स्रोतले नागरिकसँग भन्यो, 'मिलाएर पालैपालो दिन्छौं।'
शनिबार पनि भारतले तेल नेपाल ल्याउन दिएको छैन। स्टक तेल मिलाएर बाँड्ने सरकारको तयारी छ। गृहका अनुसार अत्यावश्यक सेवामा जोर–बिजोर नियम लाग्दैन। एम्बुलेन्स, दूध, पानी, तरकारी बोकेका गाडी र दमकललाई यो नियम नलाग्ने गृहले प्रस्ट पारेको छ।
बैठकले सर्वसाधारणलाई आवश्यकताभन्दा बढी इन्धन सञ्चित नगर्न अनुरोध गरेको छ। ढकालले देशलाई अप्ठेरो परेको बेला सार्वजनिक गाडी चढेर सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरे।
भारतले असुरक्षाको कारण देखाउँदै काँकरभिट्टा, भैरहवा, विराटनगर, वीरगन्ज लगायत सबै नाकाबाट इन्धन आउन दिएको छैन। आपूर्ति कम हुनेबित्तिकै उपत्यकामा इन्धनको माग ३० प्रतिशत माग बढेको निगम अधिकारी बताउँछन्।