भारतकै कारण पञ्चेश्वर समस्यामा
१० असोज २०७२
•
९ मिनेट पाठ
भारतकै कारण पञ्चेश्वर समस्यामा
काठमाडौं- नेपालमा नयाँ संविधान जारी भएको विषयमा भारतले बखेडा झिक्दा ६ हजार २ सय ७० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणमा समस्या देखिने भएको छ।दशकौंदेखि चर्चामा रहेको आयोजना भारतकै प्रयासमा गत वर्षदेखि अगाडि बढे पनि उसकै कारण अहिले समस्यामा परेको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत वर्ष साउन १८ मा नेपालको औपचारिक भ्रमणमा आउँदा पञ्चेश्वर अगाडि बढाउन दुवै देशले तत्काल काम सुरु गर्नुपर्ने उद्घोष गरेका थिए।

संविधान भारतले चाहेअनुसार नबनेको तर्क अघि सार्दै अहिले समस्या खडा गरेपछि आयोजना निर्माण प्रभावित हुने निश्चित भएको छ। मोदीले एक वर्षमा विस्तृत आयोजना अध्ययन (डिपिआर) तयार गरेर ५ वर्षभित्र निर्माण पूरा गर्न भारत तयार रहको समेत दाबी गरेका थिए।

मोदीले दुवै देशको आर्थिक विकासका लागि यो आयोजना बन्नुको विकल्प नरहेको तर्क गरेका थिए। तर, संविधानमा झिकेको बखेडाकै कारण भारतले आयोजनाको निर्माण रोक्न सक्ने अवस्था उत्पन्न भएको विद्युत विकास विभागका एक उच्च अधिकारीले नागरिकलाई बताए।

आयोजना निर्माण प्रक्रिया बेवास्ता गर्दै 'पञ्चेश्वर विकास प्राधिकरण (पिडिए)' को कार्यसमितिमा भारतले साढे ३ महिनादेखि कार्यसमितिमा आफ्ना अधिकारी पठाएको छैन। प्राधिकरण कार्यसमितिमा दुवै देशका ४/४ अधिकारी रहने प्रावधान थियो। कार्यसमितिले पूर्णता नपाउँदा प्राधिकरणले प्रभावकारी रुपमा काम अगाडि बढाउन सकेको छैन। प्राधिकरणले पूर्णता नपाउँदै नेपालको संविधान आफूअनुकूल नबनेको तर्क गर्दै भारत आयोजना निर्माणबाट पछि हट्न सक्ने विभाग अधिकारीको टिपपणी छ।

भारतकै बेवास्ताका कारण दिल्लीमा प्राधिकरण 'गभर्निङ बडी'को दोस्रो बैठक भएको ६ महिनासम्म तेस्रो बैठक बसेको छैन। दिल्लीमा सकिएको बैठकले तेस्रो बैठक काठमाडौंमा गर्ने तय गरेको थियो। तर, अहिलेसम्म बैठक बस्ने सम्भावना नदेखिएको प्राधिकरण सञ्चालकसमेत रहेका पञ्चेश्वर आयोजना प्रमुख दिलीपकुमार सडौलाले बताए।

'गभर्निङ बडीको सहअध्यक्षमा यहाँका ऊर्जा सचिव र भारतका जलस्रोत सचिव रहने प्रावधान छ,' उनले नागरिकसँग भने, 'दुवै सचिवलाई डेढ महिनाअघि बैठकका लागि पत्राचार गरेको हो, त्यसको कुनै प्रतिक्रिया आएको छैन।' बैठक नबस्दा अहिलेसम्म भएको विस्तृत आयोजना अध्ययन (डिपिआर) को समीक्षा हुन नसकेको उनले बताए।

संविधानबारे भारतले उठाएको विवाद लामो समयसम्म कायम रहे आयोजना प्रभावित हुने सडौलाको भनाइ छ। 'पञ्चेश्वरलाई असर गर्ने अवस्था नआउँदा अहिलेको विवाद समाधान होला भन्ने हाम्रो विश्वास हो,' उनले भने। गभर्निङ बडीको बैठकमा दुवै देशका राजदूतलाई विशेष अतिथि सदस्यको रुपमा आमन्त्रित गरिन्छ।

नेपालका लागि भारतीय राजदूतले समेत बैठक राख्नेबारे चासो नदिएको आयोजना अधिकारी बताउँछन्। प्राधिकरणमा सुरुको तीन वर्ष नेपालको प्रमुख कार्यकारी अधिकृत नेपाल र सहायक प्रमुख कार्यकारी अधिकृत भारतको हुने व्यवस्था गरिएको छ। साउन दोस्रो साता भारतले सहायक प्रमुख कार्यकारी अधिकृत एचके साहु र प्राविधिक सञ्चालक एके खार्यालाई पठाएको थियो।

सरकारले प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा विभागका पूर्वमहानिर्देशक महेन्द्रबहादुर गुरुङ सहित अन्य तीन पदाधिकारी नियुक्त गरिसकेको छ। नेपालले भन्दा अघि प्राधिकरणमा दुई पदाधिकारी पठाएको भारतले अहिलेसम्म दुईजना नपठाउनुमा आयोजना निर्माणमा उसको चासो कम देखिएको मन्त्रालय अधिकारीको तर्क छ।

दिल्लीमा भएको गभर्निङ बडीको दोस्रो बैडकले भारतको बापकोस लिमिटेडलाई डिपिआर निर्माण गर्ने जिम्मा दिएको थियो। दुई देशले छुट्टाछुट्टै तयार पारेको डिपिआर अद्यावधिक गर्दै बापकोसले ५ महिनाअघि नै डिपिआरको काम थालेको थियो। बापकोसले असोज दोस्रो साताभित्र प्राधिकरणलाई डिपिआर बुझाउनुपर्थ्यो।

स्थानीय क्षेत्रको तथ्यांक संकलनमा समय लागेको भन्दै कम्पनीले समय मागेकाले डिपिआर बुझाउने समय पुस दोस्रो सातासम्म थपिएको सडौलाले जानकारी दिए। उनका अनुसार अहिलेसम्म कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ, तर नेपाल–भारतबीच यही विवाद कायम रहे आयोजना निर्माण धकेलिनेछ।

संविधानसभा बैठकमा गत वर्ष मोदीले सम्बोधन गर्दै एक वर्षभित्र आयोजनाको निर्माण सुरु गर्न सकिने र यसका लागि भारतले पूर्ण सहयोग गर्ने आशा देखाएका थिए। आयोजना वर्षौं पहिले निर्माण हुनुपर्ने तर्क गर्दै त्यतिबेला उनले हिन्दुस्तानको अँध्यारो नेपालको बिजुलीले हटाउने बताएका थिए। यसको सुरुवात पञ्चेश्वरबाट हुने पनि उनको धारणा थियो।

तर, अहिले उनकै नेतृत्वको भारत सरकारले नेपालमा अघोषित नाकाबन्दी सुरु गरेको छ। नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गर्ने भारतले पञ्चेश्वर निर्माणमा नेपाललाई सघाउनेमा शंका रहेको नेपाल विद्युत प्राधिकरणका अधिकारीको टिप्पणी छ।

एक वर्षअघि मोदी नेपाल आउँदा आयोजना बनाउन तय गरिएको कार्यविधि (टिओआर) प्रधानमन्त्री सुशील कोइराला र उनले अनुमोदन गरेका थिए। आयोजनाको कार्यविधि दुई देशका सचिवस्तरीय तहमा सन् २००९ मै पारित भएको थियो तर दुवै सरकारबाट अनुमोदन हुन झन्डै पाँच वर्ष लागेको थियो।

पानी उपयोग र क्षमता निर्धारणबारे दुवै देशबीच विवाद हुँदै आएकाले पनि लामो समयदेखि संयुक्त डिपिआर बन्न सकेको थिएन। स्थायी ड्याम रुपालीगाढमा बनाउँदा ६ हजार ४ सय ८० मेगावाट बिजुली उत्पादन हुने र त्यसभन्दा केही तल बन्ने रि–रेगुलेटिङ ड्यामबाट थप २ सय ४० मेगावाट बिजुली उत्पादन हुने अध्ययनमा उल्लेख छ।

पूर्णागिरिमा ड्याम बनाउँदा नेपालतर्फ (बैतडीमा) को धेरै खेतीयोग्य जग्गा डुबानमा पर्ने हुँदा रुपालीगाढमै बनाउनुपर्ने ऊर्जा मन्त्रालयको जोड छ। उच्च ड्यामबाट आउने पानी २४ सै घन्टा समानरुपमा छोड्न रि–रेगुलेटिङ ड्याम आवश्यक पर्छ। नेपालले तयार पारेको डिपिआरमा आयोजना ६ हजार ७ सय २० मेगावाट र भारतीय अध्ययनले यसको क्षमता ५ हजार ६ सय मेगावाट उचित हुने उल्लेख छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस