काठमाडौं- नेपालभन्दा भारत २२ गुणा ठूलो छ। अर्को छिमेकी चीन ६५ गुणा ठूलो छ। नेपालले व्यापारिक साझेदारको रुपमा भारतबाहेक अर्को छिमेकीलाई कहिल्यै सोचेन। भारतले नेपालमाथि पटक–पटक नाकाबन्दी गर्दा पनि स्वदेशी नेताको चेत नखुल्दा देश अधोगतितर्फ लागेको जानकार बताउँछन्।'हाम्रोसामु भारतको विकल्प अर्को शक्तिशाली मुलुक चीन छ भन्ने राजनेतालाई कहिल्यै थाहा भएन्,' वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले भने, 'भारतले पहिलोपटक नाकाबन्दी गर्नेबित्तिकै विकल्प सोच्नुपर्ने हो। तर २७ वर्ष बितिसक्दा पनि छिमेकी मित्र चीनसँग व्यापारिक साझेदारी प्रगाढ हुन सकेन,।'
भारतले २०४५ सालमा १३ महिनासम्म नेपालविरुद्ध नाकाबन्दी गरेको थियो। त्यो बेला प्रधानमन्त्री मरिचमान सिंहले सिंगापुरबाट पेट्रोलियम पदार्थ ल्याएर भए पनि नेपालीको दैनिक गुजारा चलाउने प्रयास गरे। त्यसपछि नेपाल–भारत सम्बध विस्तारै सुधि्रँदै गयो र भारतले गरेको नाकाबन्दी नेपालले भुल्दै गयो।
२०६१ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला भारतले नेपाल आउने पेट्रोलियम पदार्थमा उच्च कर लगाएर आयात ठप्प पारेको थियो। नेपालले पेट्रोलियम किन्दा भन्सार, अन्तःशुल्क, विशेष अन्तःशुल्क र अतिरिक्त अन्तःशुल्क गरी ठूलो परिमाणमा राजस्व बुझाउनुपर्ने प्रावधान भारतको केन्द्रीय भन्सार तथा अन्तःशुल्क विभागले लागू गर्दा नेपाल त्यो बेला पनि संकटबाट गुजि्रएको वाणिज्य मन्त्रालयका एक पूर्वसचिव बताउँछन्। देउवा भ्रमणको पूर्वसन्ध्यामा नेपालको एकमात्र तेल आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसन (आइओसी) ले अतिरिक्त कर लगाएको थियो। सन् १९७४ को पेट्रोलियम आपूर्ति सम्झौताअनुसार भारतले नेपाल आउने इन्धनमा कुनै किसिमको कर लगाउन पाउँदैन।
अहिले नयाँ संविधान जारी गरैसँगै भारतले नेपाललाई अप्ठेरो पार्ने अस्त्रको रुपमा इन्धन आपूर्तिमा अवरोध रोजेको छ। भारतले नेपालविरुद्ध तीनचोटि देखिने गरी नाकाबन्दी गरेको छ। त्यसबाहेक धेरैचोरी आइओसीले तेल नदिएर दुःख दिँदै आएको छ।
कहिले पैसा नबुझाएको निउँमा त कहिले असुरक्षाको कारण देखाउँदै। अनौपचारिक रुपमा कयौंपटक तेल आयातमा अवरोध गरेको नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए। नेपाल–भारतबीच व्यापारिक वार्ताका लागि समय नजिकिन थालेपछि भारतले पेट्रोलियम पदार्थमा अवरोध गर्न थाल्ने उनको भनाइ छ। 'हामी जस्तो मुलुकले पाउनुपर्ने पारवहन अधिकार मिच्दै भारतले चालेको निन्दनिय छ,' पूर्वसचिव पुरुषोत्तम ओझाले भने, 'नेपालको कूटनीतिक अक्षमताका कारण यस्तो भएको हो।'
दक्षिणबाट पेट्रोलियम आपूर्तिमा अवरोध सिर्जना भएपछि नेपालले उत्तरी नाकाको विकल्प सोच्न थालेको छ। भारतको तुलनामा केही महँगो भए पनि उत्तरी नाकाबाट पेट्रोलियम आपूर्ति गर्न सकिने जानकार बताउँछन्।
३० वर्षअघि सम्म नेपालले प्रशोधनका लागि भारतलाई कच्चा तेल दिने गर्थ्यो। पछि भारतले आफैंले कच्चा तेल किनेर नेपाललाई आवश्यक प्रशोधित दिने बताएपछि नेपाल झन् परनिर्भर भएको भट्टको भनाइ छ। त्यसबेला भारतको तुलनामा नेपाललाई कच्चा तेल किन्न सस्तो हुन्थ्यो। र टेन्डर गर्दा पनि हामी जस्ता मुलुकलाई उत्पादकले सस्तोमा तेल दिन्थे। र नेपालले त्यही तेल प्रशोधन गर्न भारतलाई दिन्थ्यो। त्यसपछि मात्रै तेल नेपाल भित्रिन्थ्यो।
२०५२ देखि भारत आफैंले डिजेल किनेर प्रशोधन गर्न थालेपछि नेपालले ऊसँगै तयारी तेल लिन थालेको हो। नेपालको पेट्रोलियम नीति अहिलेसम्म छैन। यसमा न राज्यले प्रस्ट धारणा बनाएको छ, पेट्रोलियम आपूर्तिमा एकाधिकार पाएको न आयल निगमसँग नै।
अहिलेसम्म चीनको खासासम्म ट्यांकरबाटै तेल आउँछ। चीनले नेपालको माग अनुसार तेल दिन पनि सक्छ। तत्काल आपूर्तिका लागि निजी क्षेत्रलाई खुला गरेर दुई सरकारबीच सम्झौता भए चीनबाट निर्वाध तेल ल्याउन सकिने जानकार बताउँछन्।
'भारतले व्यापारिक विषयलाई राजनीतिक मुद्दा बनाएर तेल आयातमा अबरोध पुर्यारएपछि विकल्प सोच्ने तयारीमा छौं,' मन्त्रालयका एक उच्च अधिकारीले भने। सरकारले पेट्रोलियम आपूर्ति लगायत विषयमा चिनियाँ पक्षसँग छलफल गरिरहेको छ।
आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग भएको आपूर्ति सम्झौतामा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न पाउने प्रावधान छ। यही प्रावधानमाथि टेकेर चीनबाट तेल ल्याउन सकिने आयल निगमका अधिकारीले बताएका छन्।
आइओसीसँग गरिएको सम्झौता अनुसार चीन वा तेस्रो मुलुकबाट तेल ल्याउन पाउने भएकोले नेपाललाई कुनै अवरोध हुँदैन। भारतले संविधान निर्माणमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरेको छ। एक सातादेखि जारी नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव छ। आयात रोकिएपछि आयल निगमले कोटा तोकेर तेल बेचिरहेको छ।
उत्तरी छिमेकी चीनको दुई नाका खासा र केरुङसम्मै तिब्बत सरकारले पेट्रोलियम पदार्थको आपूर्ति गर्दै आएको छ। नेपालले तत्काल सम्झौता गरेर सोही ठाउँबाट तेल ल्याउन कठिन नरहेको विज्ञ बताउँछन्।
नेपाल आयल निगमले द्विपक्षीय सम्झौताका आधारमा आइओसीबाट मात्र तेल आयात गर्दै आएको छ। सस्तो र सजिलो हुने भएकाले भारतबाट मात्र आयात गरिएको निगमले जनाएको छ।
चीनले तिब्बतको ल्हासासम्म पेट्रोलियम पाइपलाइन निर्माण गरिसकेको छ। खासामा थोरै परिमाणका तेल भण्डार छन्। चीनबाट तेल ल्याउँदा दुरीको हिसाबले दुःख हुन्छ, तर असम्भव छैन। आयल निगमका अधिकारीले यस्तो सम्भाव्यता औंल्याएका छन्। चीन सरकारले पनि यसका लागि आफू तयार रहेको जनाएको छ।
अर्कोतर्फ नेपालले पेट्रोलियम पाइपलाइन बनाउन भारतसँग सम्झौता गरिसकेको छ। पाइपलाइन बन्यो र त्यहीँबाट नेपालले तेल ल्याउने अवस्था आए देशले सदाका लागि भारतको शरण पर्नुपर्ने अवस्था आउने भट्टले बताए। नेपालले पाइपलाइन निम्ति अर्बौं लगानी गरिसकेपछि नेपालको तेल बजार सदाका लागि आइओसीको कब्जामा जानेछ।
चिनियाँ बजारबाट तेल आयात गर्ने सम्भाव्यतामा गृहकार्य गरेर आइओसीको विकल्प तयार पार्ने उपयुक्त समय यही बताइएको छ। पाइपलाइनका हकमा पनि चीनसमक्ष प्रस्ताव राख्न सकिन्छ। ल्हासासम्म पाइपलाइन ल्याइसकेको बेइजिङलाई खासासम्म तन्काउन गाह्रो पर्दैन।
चीनबाट तेल ल्याउन उपयुक्त समय
चीनियाँ पक्षले नेपाललाई आवश्यक पर्ने तेल उपलब्ध गराउने बताएपछि सरकारलाई झन सजिलो भएको छ। चीनले नेपाललाई हरेक प्रकारको सहयोग गर्न बताएपछि सरकारले यही बेला प्रस्ताव अघि सार्नुपर्ने ओझाको भनाइ छ। तातोपानी र रसुवा नाका तत्काल खोल्ने र त्यहाँबाट अत्यावश्यक वस्तु ल्याउने गरी काम अगाडि बढाउन सकिने वाणिज्य मन्त्रालयले जनाएको छ।