पहाडी सडक अबको विकल्प
१३ असोज २०७२
•
८ मिनेट पाठ
पहाडी सडक अबको विकल्प
काठमाडौं- तराईमा जारी आन्दोलनका कारण यातायात तथा सामान ढुवानीमा समस्या देखिएपछि सरकारले पहाडी सडक निर्माणमा जोड दिएको छ। सडकले पहाडी क्षेत्रमा यातायातको पहुँच पुग्ने र त्यहाँको आर्थिक रुपान्तरणमा सघाउ पुर्याकउने हुँदा यसतर्फ जोड दिइएको हो।

पूर्वदेखि पश्चिमसम्म यातायात वा अन्य सामान ढुवानी गर्न अहिले पूर्व–पश्चिम राजमार्ग अर्थात तराईको भूमि प्रयोग हुँदै आएको छ। पहाड र तराई जोड्ने दिगो सडक नहुँदा तराई केन्द्रित राजमार्गको उपयोग बाध्यता पनि भएको छ।

'राजनीतिक वा अन्य कारणले तराईमा आन्दोलन हुँदा वा तराईबाट पहाडमा यात्रा गर्दा पटक–पटक समस्या देखिएको छ,' सडक विभागका महानिर्देशक माधवकुमार कार्कीले नागरिकसँग भने, 'तराई–पहाडबीचको विकास जोड्न पनि यस्ता सडक आवश्यक छ।' पहाडको आर्थिक विकाससमेत केन्द्रमा राखेर विभागले यी सडक निर्माणमा जोड दिएको उनले बताए।

विभागका अनुसार पहिलो खण्डमा हेटौंडादेखि चुरे अर्थात पहाडी क्षेत्र हुँदै धरान जोड्ने सडकको काम सुरु गरिएको छ। करिब ३ सय २० किलोमिटर लम्बाइमा निर्माण गरिने उक्त सडक हेटौंडा–सिन्धुली–गाईघाट–चतरा हुँदै धरान जोडिनेछ। सडकसँगै त्यस क्षेत्रमा आवश्यक एक दर्जन पुल निर्माणका लागि आवश्यक आर्थिक सहयोग विषयमा चीनसँग छलफल भइरहेको कार्कीले जानकारी दिए।

२०७१ चेत १२ मा राष्ट्रपति रामवरण यादव चीन भ्रमणमा जाँदा चीनले पहाडी सडक निर्माणसँगै चीन–नेपाल जोड्ने सडकका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। विभागको अध्ययनअनुसार हेटौंडा–धरान सडक निर्माण गर्न करिब २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

विभागले दोस्रो चरणको सडक विस्तार तथा निर्माण गर्न मध्य–पहाडी लोकमार्गको लम्बई छोट्याउने र आवश्यक ठाउँमा सुरुङ मार्ग निर्माण गर्ने योजना तय गरेको छ। यस्तै, झापासँग जोडिएको इलामको चुरे क्षेत्रदेखि ताप्लेजुङ, पाँचथरसम्म अर्को सडक निर्माण हुनेछ।

पश्चिमतर्फ बुटवलबाट राजमार्ग नछोई पहाडी जिल्लासँग वैकल्पिक सडक र मध्यपश्चिममा सुर्खेत हुँदै अन्य पहाडी जिल्लामा पुग्ने सडक निर्माणको योजना बनाइएको छ। मध्यपहाडी लोकमार्गमा जोड्न सहायक पहाडी सडक र त्यसलाई चुरे तथा भित्री मधेससम्म जोडेर पूर्वपश्चिम राजमार्गको वैकल्पिक सडक निर्माण गर्ने योजना रहेको विभागका इन्जिनियर बताउँछन्।

पहिलो तराई/मधेस आन्दोलन हुँदा सरकारले पहाडी क्षेत्रको यातायात सहज बनाउन मध्यपहाडी लोकमार्गको अवधारणा बनाएर काम सुरु गरेको थियो। अहिले निर्माण भएको उक्त लोकमार्ग १ हजार ७ सय ७० किलोमिटर छ। राजनीति दलका कारणले यो सडक अत्यधिक घुमाउरो भएकाले छोट्याउन यसको दूरी १ हजार ४ सय किलोमिटरसम्म झार्ने गरी विभागले थप अध्ययन गरिरहेको महानिर्देशक कार्कीले बताए।

विभागले पहाडी सडक छोटो, चौडा र गुणस्तरीय बनाउन आवश्यक ठाउँमा डाँडा खोलेर सुरुङ निर्माण गर्ने योजनासमेत तयार पारेको छ। मध्यपहाडी लोकमार्गमा करिब आधा दर्जन ठाउँमा सुरुङ बनाउने र खहरे/खोल्सा छल्न बनाइएका घुमाउरा सडकमा सोझै पुल बनाइनेछ। यसबारे अहिले अध्ययन भइरहेको विभागले जानकरी दिइको छ।

'पहाडी सडक छोटा र चौडा भए यसले तराईको विकल्पमात्र पूरा नगरेर पूर्वदेखि पश्चिमसम्म सामान ढुवानी गर्न निकै सहयोग पुग्नेछ,' कार्कीले भने, 'पटक–पटक तराईमा हुने आन्दोलन र बन्द हडतालका कारण यातायात र सामान ढुवानी रोकिएको छ।' मध्यपहाडी लोकमार्ग पूर्वको ओलाङचुङगोलादेखि सुदूरपश्चिमको झुलाघाटसम्म निर्माण गरिएको छ।

उक्त लोकमार्ग स्थायीरुपमा सञ्चालनमा आएपछि पूर्वी पहाडी क्षेत्रको उत्पादन पश्चिम र पश्चिमको उत्पादन पूर्वमा पुर्यािउन सकिनेछ। यसले निरन्तर तराईमा हुने बन्द हडताल तथा आन्दोलन हुँदा पहाडी जनजीवन सहज बनाउन सकिने विभागका अधिकारीको तर्क छ। अर्कोतर्फ भित्री मधेस हुँदै पहाडसम्म पुग्ने सडक निर्माणले तराईसँगको निर्भरतालाई कम गराउनेछ।

सरकारले पहाडी मात्र नभई चीन जोड्न थप दुई ठाउँबाट नाका खोल्न चीनसँग परामर्श गरिरहेको छ। विभागका अनुसार अहिले खोलिएका धुलीखेल–कोदारी र त्रिशूली–रसुवागढी सडक विस्तार गरेर चार लेन बनाइनेछ। त्रिशूली–रसुवागढी छोट्याएर बेत्रावती–रसुवागढीसम्म विस्तार हुनेछ।

लमुजुङको बेसीसहरदेखि मनाङको चामेसम्मको सडक विस्तार गरेर तिब्बत जोड्ने र म्याग्दीको बनीदेखि जोमसोम हुँदै तिब्बतको कोरालासम्म विस्तार गर्ने योजना तयार गरिएको छ। यी सडक विस्तार गर्न सहयोगका लागि चिनियाँ सरकारलाई आग्रह गरिएको कार्कीले जानकारी दिए। यसका लागि गत वर्ष राष्ट्रपति चीन जाँदा करिब १४ अर्ब रुपैयाँ दिने प्रतिबद्धता जनाएको थियो।

चीन जोड्ने यी सडक निर्माण गर्न करिब २८ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यसबारे अर्थ मन्त्रालयसँग पनि परामर्श भइरहेको मन्त्रालय सकारात्मक रहेको विभागले जनाएको छ। विभागका अनुसार सडक डिजाइन गरेर निर्माण सुरु गरेको ३ वर्षमा सबै काम सकिनेछ। चीनले प्रतिबद्धता जनाएको रकमबाटै प्रारम्भिक काम सुरु हुने कार्कीले जानकारी दिए।

तराई आन्दोलन र भारतले नाकाबन्दी गर्दा पर्याप्त पहाडी सडकको विकल्प नभएर सर्वसाधारणले सास्ती खेपेका छन्। पहाडी सडक निर्माण र चीनसँगको नाका खोलिएपछि तराईमा समस्या हुँदा वा भारतबाट सामान ढुवानी गर्न नसक्दा अहिलेजस्तो जनजीवन प्रभावित नहुने सरकारी अधिकारीको दाबी छ। यसले भारतसँगको पूर्ण निर्भरतामा पनि कमी ल्याउनेछ भने पहाडी क्षेत्रमा बन्ने सडक मुलुकलाई स्वावलम्बी बन्न सघाउ पुर्यामउनेछ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस