काठमाडौं- भारतले डेढ सातायता लगाउँदै आएको नेपालमाथिको अघोषित नाकाबन्दी खोलिदिन शनिबार आफ्ना सीमा अधिकारीलाई घोषित रुपमै निर्देशन दिएको छ। भारतीय विदेश मन्त्रालयले नेपालका मुख्य नाकामा गरिएको आपूर्ति अवरोध खुलाउन मातहत निकायलाई निर्देशन दिएको हो। स्रोतका अनुसार 'आन्दोलनको प्रभाव रहेकाले वीरगन्जबाहेक अन्य नाकाबाट आपूर्ति सुचारु गर्न' भारतीय सरकारको निर्देशन छ।
मधेसकेन्द्रित केही दलको सहमतिबिना नेपालमा नयाँ संविधान जारी भएपछि भारतले मधेस आन्दोलनका कारण सीमामा असुरक्षा बढेको भन्दै आपूर्ति रोकेको थियो। नाकाबन्दी खुलाउन निर्देशनपछि पनि सबै नाकाबाट ढुवानीका सवारीसाधन नेपालतर्फ आउन भने थालेका छैनन्।
शनिबार साँझ रुपन्देहीको बेलहिया नाकाबाट ६ डिजेल र दुई एलपी ग्यास तथा नेपालगन्ज (रुपैडिहा) नाकाबाट १० वटा पेट्रोलियम ट्यांकर नेपाल पठाइएको छ।
भारत सरकारले नाकाबन्दी क्रमशः हटाउँदै लैजाने नीतिअनुसार बिहीबार निर्देशन दिएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पुष्टि गरे। उनका अनुसार भारतीय विदेश मन्त्रालयले वीरगन्ज नाका क्षेत्रमा अझै अवरोध रहेकाले त्यसबाहेक अन्य नाकामा आपूर्ति सहज बनाउन मातहन निकायलाई निर्देशन दिएको छ।
'भारतीय अधिकारीहरूले ढुवानी व्यवस्था सहज बनाउने जानकारी गराएका छन्। मैले यो काम चाँडै होस् भनेको छु,' दिल्लीबाट उपाध्यायले नागरिकसँग टेलिफोनमा भने, 'वीरगन्ज भन्सार क्षेत्रमा अझै पनि अवरोध रहेको जानकारी गराएका छन्, अन्य नाकाबाट चाँडै ढुवानी सुरु हुन्छ।'
नाकाबन्दी कायम रहेको वीरगन्ज सबैभन्दा ठूलो नाका हो। प्रमुख नाकामा इन्धनलगायत अत्यावश्यक सामग्री बोकेका गाडीको लामो लाइन छ। आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने भारतले नभई आफूहरूले नाकाबन्दी गरेको बताउँदै आएको छ।
राजदूत उपाध्यायले ढुवानीमा अवरोध भएकाले टुटेको आपूर्ति व्यवस्थालाई पहिलो स्थानमा ल्याइपुर्या उन अझै केही दिन लाग्ने बताए। 'इन्धनका ट्यांकर खन्याएर फर्केपछि त्यसमा भरिन्छ। लामो समयसम्म रोकिएकाले टुटेको आपूर्ति व्यवस्था पूर्ववत् अवस्थामा आउन केही समय लाग्छ,' उपाध्यायले भने।
नेपालको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको भारत सरकारले नेपालमाथि नाकाबन्दी गरेको नभई भन्सार क्षेत्रमा नेपालतिर अवरोध भएकाले ढुवानी हुन नसकेको बताउँदै आएको छ। नेपालको कुल वैदेशिक व्यापारमा भारतसँगको हिस्सा ६५ प्रतिशत छ।
आन्दोलन नै नभएको नाकाबाट समेत भारतीय सुरक्षाकर्मी र भन्सार अधिकारीले इन्धन र अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन रोकिरहेका छन्। भारतीय नाकाबन्दीका कारण गैरीफन्टा, रुपैडिहा, बेलहिया, रक्सौल, जोगबनी, पानीट्यांकी क्षेत्रमा हजारौं ट्रक रोकिएका छन्।
शुक्रबार मात्रै भारत पुगेका राजदूत उपाध्यायले कूटनीतिक भेटघाटलाई तीव्र पारेका थिए। यसअघि नेपाली अधिकारीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका भारतीय विदेश मन्त्रीसहितका अधिकारीसँग भेटमा समेत आपूर्ति खुलाउन दबाब दिएका थिए।
राजदूत उपाध्यायले आफूले 'ढुवानीमा देखिएको समस्याका कारण नेपाली जनताले दुःख पाए' भन्दै भारतीय अधिकारीलाई जानकारी गराएका थिए।
भारतले लगाएको नाकाबन्दीले दुवै देशमा भएको व्यापार सम्झौता मात्रै नभएर भूपरिवेष्टित मुलुकले समुद्रसम्म पाउने सहज पहुँचको अधिकारसमेत कुण्ठित पारेको छ।
भारतीय नाकाबन्दीका कारण राजधानी लगायत स्थानमा इन्धन आपूर्ति सहज नभएर जनजीवन नराम्रोसँग प्रभावित भएको थियो। भारतीय पक्षबाट लगाइएको नाकाबन्दीले नेपालमा भारतविरोधी भावना पनि बढाएको थियो।
यता, नाकाबन्दीले असर कम गर्न सरकारले अर्को छिमेकी देश चीनतर्फको पहिरोले अवरुद्ध तातोपानी नाका पनि खोलेको छ।