नेपाली बजारमा इन्धन पठाउन भारतीय पक्षद्वारा अस्वीकार
१७ असोज २०७२
•
६ मिनेट पाठ
नेपाली बजारमा इन्धन पठाउन भारतीय पक्षद्वारा अस्वीकार
झापा–नेपालविरुद्ध लगाएको नाकाबन्दी खुलेको दाबी गर्ने भारतीय पक्षले नेपाली बजारमा इन्धन पठाउन अस्वीकार गरेको छ। पूर्वी नाकाबाट खाना पकाउने ग्याँस बोकेको एउटा ट्यांकर चाहिँ आइतबार साँझ काँकडभिट्टा नाका भित्रेको छ।आइतबारदेखि लागु हुने गरी नाकाबन्दी खोल्ने भनेको भारतीय संस्थापनले विभिन्न नाकाबाट अन्य सामान पठाए पनि नेपाली बजारमा हाहाकार भइसकेको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस पठाउन आलटाल गरिरहेको थियो। तर, आइतबार साँझमा एउटा बुलेट ग्याँस पठाएको छ। 'अहिलेसम्म एउटा बुलेट ग्याँस आएको छ', काँकडभिट्टा प्रहरी प्रमुख डिएसपी श्यामकृष्ण अधिकारीले भने ।




असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएपछि असन्तोष प्रकट गर्दै विभिन्न सन्धी सम्झौता लत्याएर नाकाबन्दीमा उत्रिएको भारतीय कदमले नेपाली जनजीवन पूरै प्रभावित भइसकेको छ । १० दिन लामो नाकाबन्दीले इन्धन अभाव चुलिएको छ। अधिकांश सवारी साधनहरु थन्किएका छन्। यस्तो बेलामा नाकाबन्दी खुल्ने खबरले आपूर्ति व्यवस्था सहज हुने अनुमान र आशा सबैतिर थियो । तर, सबैभन्दा धेरै आवश्यक रहेको इन्धन पठाउनै भारतीय पक्षले आलटाल गरेपछि नाकाबन्दी खुलेको पत्याउन नेपाली सरोकारवाला तयार छैनन्।

'हाम्रा ४० वटा ट्यांकर भारतीय आयल कर्पोरेसनको सिलिगुढी डिपोमा तेल भर्न लामो समयदेखि पालो कुरेर बसेका छन्', मेची पेट्रोलियम डिलर्स एशोशिएशनका अध्यक्ष लय भण्डारीले आइतबार नागरिकन्युजसँग भने, 'तर, तेल भर्न दिइरहेको छैन । यसले नाकाबन्दी नखुलेको देखाउँछ ।' उनका अनुसार भारतीय आयल निगमले सिलिगुढीबाट पेट्रोल, डिजेल र मट्टितेल एक–एक ट्यांकर लैजान भनेको छ । 'एक–एक ट्यांकर तेल ल्याएर के गर्ने', उनले भने 'त्यहाँ तेल भरे पनि एसएसबीले ल्याउन दिँदैन ।' नेपाली पक्षले ४० वटै ट्यांकरमा तेल भरिदिन गरेको आग्रह भारतीय पक्षले अस्वीकार गरेको भण्डारीको भनाइ छ । 'यस्तो अवस्थामा कसरी नाकाबन्दी खुल्यो भनेर पत्याउने ?', उनले प्रश्न गरे ।

भारतीय संस्थापनले नाकाबन्दी खोलेको भ्रम छर्न नाकाबाट अन्य सामान बोकेका गाडी चाहिँ धमाधम नेपाल आउन दिइरहेको छ । तर, ज्यादै आवश्यक रहेको इन्धन छिर्न पनि दिएको छैन । ग्याँस पनि एउटा मात्रै बसलेट पठाइएको छ । अन्य सामान धमाधम भित्रिरहे पनि पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थ आएको छैन। आइतबार दिनभरीमा ६२ वटा मालबाहक साधन पानीट्यांकी हुँदै काँकडभिट्टा भित्रेका छन्।

'शनिबार रातिसम्ममा ६९ वटा र आइतबार ६२ वटा मालबाहक गाडी नेपाल भित्रेका छन्', मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले भने 'तर, अहिलेसम्म खाना पकाउने ग्याँस एउटा मात्रै आयो । पेट्रोलियम पदार्थ बोकेका गाडी आएका छैनन् ।' पानीट्यांकी नाकामा ग्याँस बोकेका ३ वटा बुलेट नेपाल आउने लाइनमा बसेको हप्ता दिन पूरा भइसकेको थियो । तिनै लाइनमा भएमध्ये एउटा यता आएको हो।

मेची भन्सार प्रमुख अधिकारीका अनुसार शनिबार र आइतबार गरी दुई दिनमा फलफूल, आलु, क्लिंकर, जुटलगायतका सामान नेपाल भित्रेका छन्। भारतीय सीमावर्ती नाका पानीट्यांकीमा रोकिएका सयौं मालबाहक गाडीमा तेल बोकेका गाडी एउटै छैनन्। आइतबार पूर्वी नाकाबाट भित्रेका जम्मा ६२ वटा गाडीमध्ये ३५ क्लिंकर, ८ वटा तेस्रो मुलुकबाट आएका कन्टेनर, ६ वटा आलु, एउटा प्याज, ४ वटा कोदो, एउटा सिलेट स्टोन, ३ वटा चना, एउटा मेशिनरी, एउटा जुट र रेजिन बोकेका दुई वटा ट्रक तथा कन्टेनर छन्।

इन्धन बाहेकका गाडी भारतले नेपाल पठाएको यो पहिलोपटक भने होइन । नाकाबन्दी नखुल्दै पनि त्यस्ता साधन छानी छानी पठाइरहेको उसले नाका खोलेको बताएपछि धेरै संख्यामा पठाइरहेको छ । 'नेपालमा अहिले नै नभई नहुने सामान भनेको इन्धन र ग्याँस नै हो', मेची उद्योग वाणिज्य संघका महासचिव बसन्त तिवारीले भने 'आलु, कोदो त नभए पनि हुने अवस्था छ । तर, चाहिने सामान आएको छैन । समस्या यहीँ छ ।'
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस