काठमाडौं- ललितपुर, कुपन्डोलस्थित बिमा समितिका कर्मचारी जमीनमुनिको प्राकृतिक (मिथेन) ग्यासले पकाइएको चिया पिउँछन्। पहिला नेपाल बैंकको कार्यालय रहेको उक्त भवनमा बिमा समिति सरेपछि प्राकृतिक ग्यास प्रणाली जोडिएको चुलो पनि समितिलाई उपहारस्वरुप प्राप्त भएको थियो। न सिलिन्डर रित्तिएला भन्ने पिर, न ओसारपसारको झन्झट। स्विच खोल्यो, बाल्यो।
'पहिले ४ वटा चुलो बाल्ने गरेको सुनेको छु। अहिले एउटा मज्जाले बलिरहेको छ,' बिमा समितिका कार्यालय सहयोगी भेषराज भट्टले भने, 'करिब ७० कर्मचारीका लागि दैनिक चिया र खाजा यही ग्यासबाट पाक्छ।' राणाकालमा जैन समुदायका व्यक्तिको नाममा रहेको यो घर नेपाल बैंकको स्वामित्वमा आएपछि प्राकृतिक ग्यास रहेको थाहा भएको उनले बताए। समिति प्रवक्ता राजकुमार अर्यालले यो प्राकृतिक ग्यास प्रभावकारी देखिएको बताए। 'उक्त भवनमा नेपाल बैंकको कार्यालय हुँदादेखि नै प्राकृतिक ग्यास चुलो जडान गरिएको रहेछ,' प्रवक्ता अर्यालले भने।
काठमाडौं, बागबजार क्षेत्रमा कुनै व्यक्तिले निजी प्रयोजनका लागि जमिनमुनिको ग्यास प्रयोग गरिरहेको अपुष्ट खबर भूकम्पताका फैलिएको थियो। उपत्यकामा इनार खन्दा ग्यास आएको खबर पनि सार्वजनिक हुने गरेका छन्। फाट्टफुट्ट व्यक्तिगत प्रयत्नमा यसरी प्राकृतिक ग्यासको प्रयोग हुन थाले पनि सरकारले यसको प्रयोगलाई संस्थागत गर्न सकेको छैन।
जमिनमुनि रहेको प्राकृतिक ग्यास प्रयोगमा ल्याउन खानी तथा भूगर्भ विभागले ललितपुरको इमाडोलमा एउटा ग्यास चेम्बर नै निर्माण गरेको छ। आर्थिक वर्ष २०७१/०७२ मा ५० लाख रुपैयाँ खर्चेर विभागले उपत्यकाका विभिन्न ठाउँको जमिन छेडेर पर्याप्त मात्रामा प्राकृतिक ग्यास रहेको पत्ता लगाएको छ। 'ग्यास रहेको पत्ता लागेपछि त्यसको प्रयोग गर्ने तरिका सुझाउन हामीले कन्सल््यान्ट कम्पनी खोजिरहेका छौं,' विभागका महानिर्देशक सर्वजित महतोले भने।
उपत्यकामा ग्यास भण्डार छ। तर, सतहमा बस्ने उपत्यकाबासी ग्यासकै अभावमा प्रताडित छन्। ग्यासमाथि बसेर ग्यासकै अभाव झेल्नुपर्ने बिडम्बनापूर्ण अवस्थामा छन्।
कहिले पत्ता लाग्यो ग्यास?
विभागका अनुसार उपत्यकाको जमिनमुनि जैविक वस्तु कुहिएर बन्ने मिथेन ग्यास रहेको तथ्य पत्ता लागेको झन्डै पाँच दशक भइसकेको छ। २०२० सालताका भारतको प्राकृतिक ग्यास आयोग र २०३० मा चीनको पेट्रोलियम इन्भेस्टिगेसन टोलीले काठमाडौंमा ठूलै मात्रामा प्राकृतिक ग्यास रहेको अनुमान गरेका थिए। जापान सहयोग नियोग (जाइका) ले २०३४ सालमा उपत्यकामा ग्यास अन्वेषण गरेको थियो। २०४१ सालमा युएनडिपीको सहयोगमा सरकारले ५ वर्षे अन्वेषण परियोजना सञ्चालन गरेको थियो। ती अन्वेषणले उपत्यकाको जमिनमुनि ग्यास रहेको देखाएको थियो।
जाइका र युएनडिपीले खाना पकाउनेबाहेक हल्का प्रकारका (लाइट ग्यास) लिथियम जस्ता ग्यासको अवस्थिति अध्ययन गरेको थियो। अध्ययनले ठूलो परिमाणमा मिथेन ग्यास मात्र रहेको देखाएको थियो।
कति छ उपत्यकामा ग्यास?
हालसम्म भएका अन्वेषणका अधारमा उपत्यकामुनि करिब ३० करोड घनमिटर ग्यास रहेको अनुमान गरिएको छ। यसले करिब ३० वर्षसम्म २० हजार परिवारलाई खाना पकाउन पुग्ने अनुमान छ। 'गत साल हामीले गरेको अध्ययनले अझै पनि त्यही परिमाणमा ग्यास मौजुद रहेको देखाएको छ,' विभागका महानिर्देशक महतोले भने।
काठमाडौं, टेकुदेखि त्रिपुरेश्वर, तीनकुने, कोटेश्वर, ललितपुरको इमाडोल, टीकाथलीलगायत २६ वर्गकिलोमिटर क्षेत्रमा वभिन्न १४ ग्यास वेल (कुवा) निर्माण गरी प्राकृतिक ग्यासको अन्वेषण यसअघि नै भइसकेको छ। विभागले गत वर्ष करिब ५० लाख खर्चेर उपत्यकाको विभिन्न ठाउँमा ड्रिलिङ गरी सोही परिमाणमा ग्यास रहेको पत्ता लगाएको जनाएको छ।
ग्यासबाट २ मेगावाट बिजुली
जमिनमुनिको ग्यास सिलिन्डरमा भर्न नमिल्ने विभागको भनाइ छ। यसको प्रयोग गर्न मुहानदेखि चुलोसम्म पाइपलाइन विस्तार गर्न सकिन्छ। गोबरग्यास प्लान्ट जस्तै जमिनबाट पाइपमार्फत घरको चुलोमा जोड्न सकिन्छ। 'पाइपबाट वितरण गर्दा पनि चुहावट भएर भौतिक तथा मानवीय क्षति हुने जोखिम रहन्छ,' महतोले भने, 'यसलाई सुरक्षित तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा सुझाव दिन कन्सल्ट्यान्ट खोजिरहेका छौं।'
प्राकृतिक ग्यासलाई सिधै प्रयोग गर्नुभन्दा यसबाट थर्मल विद्युत उत्पादन गरी सुरक्षित तरिकाले प्रयोग गर्न सकिने सुझाव यसअघिका अन्वेषण टोलीले दिएका छन्। जमिनमुनिको ग्यासबाट थर्मल प्लान्टमार्फत विभिन्न ठाउँमा ७२ वटा कुवा निर्माण गरी २ मेगावाट विद्युत निकाल्न सकिने पनि विज्ञहरुले अनुमान गरेका छन्।
सरकार उदासीन
विद्युत उत्पादनका लागि थर्मल प्लान्ट स्थापना तथा अन्य विकल्पबारे छलफल गर्न विभागले विभिन्न मितिमा करिब ६ पटक बोलपत्र आह्वान गरिसकेको छ। तर, कुनै पनि निजी कम्पनीले इच्छा देखाएका छैनन्। उतिसारो व्यवसायिक लाभ नदेखिएको र झन्झटपूर्ण भएकाले निजी लगानीकर्ता उपत्यकाको ग्यासमा लगानी गर्न उत्साहित नदेखिएको विभागको दाबी छ। आफैंले अन्वेषण, उत्खनन र परीक्षण गरी व्यावसायिक लाभ हुने सुनिश्चिततापछि मात्र प्राकृतिक ग्यासमा निजी लगानी आउने विभागको बुझाइ छ।
तर, यसलाई खासै प्राथमिकताका साथ अघि बढाएको छैन। प्राकृतिक ग्यास उत्खनन अघि बढाउन विभागले छुट्टै शाखामार्फत काम गरिरहेको छ। तर, प्रभावकारी हुन नसक्दा ग्यास भण्डारमाथि उभिएर ग्यासकै लागि कोकोहोलो गर्नुपर्ने अवस्थामा उपत्यकाबासी छन्।