वायुसेवा निगमले ल्यायो ६६ टन इन्धन
२१ असोज २०७२
•
८ मिनेट पाठ
वायुसेवा निगमले ल्यायो ६६ टन इन्धन
काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इन्धन अभावबाट जोगिन 'जहाज चार्टर' गरेर बिहीबार ६६ टन हवाई इन्धन ल्याएको छ । निगमले आफ्नै जहाजबाट बिहीबार दिउँसो र साँझ गरी उक्त परिमाणबराबरको हवाई इन्धन 'एयर टर्बाइन फ्युल' (एटिएफ) ल्याएको हो ।

B757-161.jpg

              यही जहाजमार्फत निगमले बिहीबार काेलकातादेखि दुर्इ खेप गरी ६६ टन हवाइ इन्धन ल्याएकाे हाे।

एक उडानबाट ३३ टन इन्धन आपूर्ति गरेको हो ।

निगमले ल्याएको इन्धन अन्य कुनै पनि कम्पनीलाई प्रयोग गर्न नदिइने निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले जानकारी दिए । 'हामीले ल्याएको इन्धनमध्ये ३६ टन नेपाल आयल निगमले सुरक्षित भण्डारण गरिदएको छ,' उनले बिहीबार नागरिकसँग भने, 'बाँकी इन्धन अन्य गन्तव्य जान त्यही जहाजमा राखेका छौं ।'

शर्माका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त 'बि७५७–२००' सिरिजको जहाजबाट दुई पटक चार्टर उडान गरी इन्धन ल्याएको हो । इन्धन ल्याउन छुट्टै ट्यांकीको प्रयोग नगरी जहाजकै ट्यांकीमा पूरै भरेर ल्याइएको हो ।

इन्धन ल्याएपछि आयल निगमको प्राविधिक सहयोगमा झिकिएको थियो । एक उडानबाट ३३ टन इन्धन ल्याए पनि १८ टनमात्र जहाजबाट निकालिएको थियो । बाँकी इन्धन त्यही जहाजमा राखिएको थियो । त्यही जहाजलाई पुनः कोलकाता पठाएर फेरि ३३ टन नै इन्धन ल्याइएको थियो ।

काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मिनेटमात्र छ । फेरि यहाँभन्दा कोलकातामा इन्धनको भाउ तीन गुणा सस्तो पनि पर्छ । वायुसेवा निगमका अनुसार आयल निगमसँग हवाई इन्धन खरिद गर्दा प्रतिकिलो लिटर करिब १ हजार ३ सय ५० डलर (१ लाख ३० हजार ५ सय रुपैयाँ) पर्छ । उता कोलकातामा त्यही इन्धन खरिद गर्दा प्रतिकिलोलिटर ४ सय ७० डलर (४० हजार ७ सय रुपैयाँ) मात्र पर्ने गर्छ ।

'अबको तीन दिनभित्र इन्धन आपूर्ति सहज भएन भने हामी फेरि यसैगरी जहाज चार्टर गर्दै इन्धन लिएर आउँछौं,' शर्माले भने, 'हाम्रा जहाजलाई जति आवश्यक पर्छ, त्यति परिमाणमा ल्याउँछौं । दसैंसम्म यसैगरी ल्याउने योजना छ ।'

इन्धन अभावको चर्को मार खेपिरहेको निगमले उडानलाई निरन्तरता दिन आफ्नै जहाजको ट्यांकीमा भरेर इन्धन ल्याउने निर्णय बुधबार गरेको थियो । आयल निगमले आफूसँग मौज्दात नरहेको भन्दै काठमाडौं उडान गरिरहेका सम्पूर्ण विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः इन्धन भर्न दिन नसक्ने घोषणा गरिसकेको छ । यसबाट ध्वजावाहक वायुसेवा निगम पनि अछुतो रहेको छैन ।

आवश्यक हवाई इन्धन अभावमा उडानसमेत 'रोक्नुपर्ने' अवस्था आउन नदिन वायुसेवा निगमले आफैं तेलको जोहो गरेको हो । 'यसरी चार्टर गरेर ल्याउँदा केही घाटा भए पनि हामी यात्रु सेवालाई निरन्तरता दिन्छौं,' शर्माले भने, 'हामीले ल्याउने इन्धन आयल निगमले नै राख्ने हो र पछि आवश्यक पर्दा हामीलाई उसले उपलब्ध गराउँछ ।'

यहाँबाट कोलकाता जाँदा र फर्कंदा करिब आठ टन इन्धन खपत हुने गर्छ । बाँकी २५ टन इन्धन बचत हुने भए पनि कथंकदाचित आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आए वैकल्पिक विमानस्थलका लागि सात टन इन्धन ट्यांकीमै राखिरहनुपर्छ ।

काठमाडौंबाट कोलकाताका लागि निगमको नियमित यात्रु उडान नभएका कारण आफ्नै जहाज चार्टर गरेर जानुपरेको हो । निगमका अनुसार काठमाडांैबाट कोलकाता एक पटक चार्टर उडान गर्दा ७ हजार अमेरिकी डलर (७ लाख रुपैयाँ) खर्च लाग्छ । यसमा उताको अवतरण (ल्यान्डिङ), पार्किङ, नेभिगेसनल शुल्क, जहाज मर्मत सबै खर्च समेटिएको छ ।

निगमले यहाँबाट दोहा जाँदा नयाँदिल्ली र क्वालालम्पुर जाँदा भने कोलकातामा प्राविधिक अवतरण गरी पुनः इन्धन भरेर जाने गरेको छ र उताबाट फर्कंदा पनि ट्यांकी भरी तेल ल्याइरहेको छ । हङकङ र थाइल्यान्डको बैंकक गएर फर्कंदा पनि उतैबाट तेल लिएर आउने गरेको छ ।

नेपालमा संविधान जारी भएका विषयमा बखेडा झिक्दै भारतले अघोषित नाकाबन्दी लगाएपछि दुई सातादेखि पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ । यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा परेको छ ।

असोज १३ गते वायुसेवा निगमले थप दुई दिनका लागि 'जसरी भए पनि' इन्धन उपलब्ध गराइदिन आयल निगमलाई आग्रह गरे पनि तेल उपलब्ध हुन नसक्दा निगमको क्वालालम्पुर जानुपर्ने १४ गतेको उडान रद्द भएको थियो ।

वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न चारवटा जहाज छन् । बोइङमा उत्पादित बि७५७ दुईथान र युरोपेली ज्हाज निर्माता कम्पनी एयरबसमा उत्पादित 'ए३२०–२००' सिरिजका दुईथान जहाजबाट निगमले हाल पाँच देशका सात गन्तव्यमा उडान गरिरहेको छ ।

तीमध्ये बि७५७ करिब ३० वर्ष पुराना हुन् भने ए३२० हालै खरिद गरी ल्याइएका हुन् । बि७५७ मा १ सय ९० सिट तथा ए३२० मा १ सय ५८ सिट क्षमता छ । बि७५७ ले उडान गर्दा प्रतिघन्टा चार टन (चार हजार किलो) इन्धन खपत गर्छ भने ए३२० ले प्रतिघन्टा औसत तीन टन (तीन हजार किलो) खपत गर्छ ।

निगमले हाल मलेसियाको क्वालालम्पुर र भारतको नयाँदिल्लीका लागि दैनिक एक–एक उडान गरिरहेको छ । त्यस्तै कतारको दोहा, हङकङ र थाइल्यान्डको बैंककका लागि सातामा तीन–तीन उडान गरिरहेको छ । भारतकै मुम्बई र बैंगलोरका लागि भने सातामा दुई–दुई उडान गरिरहेको छ ।
अर्को समाचार
वायुसेवा निगमले ल्यायो ६६ टन इन्धन
२१ असोज २०७२
•
८ मिनेट पाठ
वायुसेवा निगमले ल्यायो ६६ टन इन्धन
काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले इन्धन अभावबाट जोगिन 'जहाज चार्टर' गरेर बिहीबार ६६ टन हवाई इन्धन ल्याएको छ। निगमले आफ्नै जहाजबाट बिहीबार दिउँसो र साँझ गरी उक्त परिमाणबराबरको हवाई इन्धन 'एयर टर्बाइन फ्युल' (एटिएफ) ल्याएको हो। एक उडानबाट ३३ टन इन्धन आपूर्ति गरेको हो।निगमले ल्याएको इन्धन अन्य कुनै पनि कम्पनीलाई प्रयोग गर्न नदिइने निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले जानकारी दिए। 'हामीले ल्याएको इन्धनमध्ये ३६ टन नेपाल आयल निगमले सुरक्षित भण्डारण गरिदएको छ,' उनले बिहीबार नागरिकसँग भने, 'बाँकी इन्धन अन्य गन्तव्य जान त्यही जहाजमा राखेका छौं।'

शर्माका अनुसार अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित १ सय ९० सिट क्षमतायुक्त 'बि७५७–२००' सिरिजको जहाजबाट दुई पटक चार्टर उडान गरी इन्धन ल्याएको हो। इन्धन ल्याउन छुट्टै ट्यांकीको प्रयोग नगरी जहाजकै ट्यांकीमा पूरै भरेर ल्याइएको हो।

इन्धन ल्याएपछि आयल निगमको प्राविधिक सहयोगमा झिकिएको थियो। एक उडानबाट ३३ टन इन्धन ल्याए पनि १८ टनमात्र जहाजबाट निकालिएको थियो। बाँकी इन्धन त्यही जहाजमा राखिएको थियो। त्यही जहाजलाई पुनः कोलकाता पठाएर फेरि ३३ टन नै इन्धन ल्याइएको थियो।

काठमाडौंबाट कोलकाताको हवाई दुरी ४५ मिनेटमात्र छ। फेरि यहाँभन्दा कोलकातामा इन्धनको भाउ तीन गुणा सस्तो पनि पर्छ। वायुसेवा निगमका अनुसार आयल निगमसँग हवाई इन्धन खरिद गर्दा प्रतिकिलो लिटर करिब १ हजार ३ सय ५० डलर (१ लाख ३० हजार ५ सय रुपैयाँ) पर्छ। उता कोलकातामा त्यही इन्धन खरिद गर्दा प्रतिकिलोलिटर ४ सय ७० डलर (४० हजार ७ सय रुपैयाँ) मात्र पर्ने गर्छ।

'अबको तीन दिनभित्र इन्धन आपूर्ति सहज भएन भने हामी फेरि यसैगरी जहाज चार्टर गर्दै इन्धन लिएर आउँछौं,' शर्माले भने, 'हाम्रा जहाजलाई जति आवश्यक पर्छ, त्यति परिमाणमा ल्याउँछौं। दसैंसम्म यसैगरी ल्याउने योजना छ।'

इन्धन अभावको चर्को मार खेपिरहेको निगमले उडानलाई निरन्तरता दिन आफ्नै जहाजको ट्यांकीमा भरेर इन्धन ल्याउने निर्णय बुधबार गरेको थियो। आयल निगमले आफूसँग मौज्दात नरहेको भन्दै काठमाडौं उडान गरिरहेका सम्पूर्ण विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः इन्धन भर्न दिन नसक्ने घोषणा गरिसकेको छ। यसबाट ध्वजावाहक वायुसेवा निगम पनि अछुतो रहेको छैन।

आवश्यक हवाई इन्धन अभावमा उडानसमेत 'रोक्नुपर्ने' अवस्था आउन नदिन वायुसेवा निगमले आफैं तेलको जोहो गरेको हो। 'यसरी चार्टर गरेर ल्याउँदा केही घाटा भए पनि हामी यात्रु सेवालाई निरन्तरता दिन्छौं,' शर्माले भने, 'हामीले ल्याउने इन्धन आयल निगमले नै राख्ने हो र पछि आवश्यक पर्दा हामीलाई उसले उपलब्ध गराउँछ।'

यहाँबाट कोलकाता जाँदा र फर्कंदा करिब आठ टन इन्धन खपत हुने गर्छ। बाँकी २५ टन इन्धन बचत हुने भए पनि कथंकदाचित आकस्मिक अवतरण गर्नुपर्ने अवस्था आए वैकल्पिक विमानस्थलका लागि सात टन इन्धन ट्यांकीमै राखिरहनुपर्छ।

काठमाडौंबाट कोलकाताका लागि निगमको नियमित यात्रु उडान नभएका कारण आफ्नै जहाज चार्टर गरेर जानुपरेको हो। निगमका अनुसार काठमाडांैबाट कोलकाता एक पटक चार्टर उडान गर्दा ७ हजार अमेरिकी डलर (७ लाख रुपैयाँ) खर्च लाग्छ। यसमा उताको अवतरण (ल्यान्डिङ), पार्किङ, नेभिगेसनल शुल्क, जहाज मर्मत सबै खर्च समेटिएको छ।

निगमले यहाँबाट दोहा जाँदा नयाँदिल्ली र क्वालालम्पुर जाँदा भने कोलकातामा प्राविधिक अवतरण गरी पुनः इन्धन भरेर जाने गरेको छ र उताबाट फर्कंदा पनि ट्यांकी भरी तेल ल्याइरहेको छ। हङकङ र थाइल्यान्डको बैंकक गएर फर्कंदा पनि उतैबाट तेल लिएर आउने गरेको छ।

नेपालमा संविधान जारी भएका विषयमा बखेडा झिक्दै भारतले अघोषित नाकाबन्दी लगाएपछि दुई सातादेखि पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ। यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा परेको छ।

असोज १३ गते वायुसेवा निगमले थप दुई दिनका लागि 'जसरी भए पनि' इन्धन उपलब्ध गराइदिन आयल निगमलाई आग्रह गरे पनि तेल उपलब्ध हुन नसक्दा निगमको क्वालालम्पुर जानुपर्ने १४ गतेको उडान रद्द भएको थियो।

वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडान गर्न चारवटा जहाज छन्। बोइङमा उत्पादित बि७५७ दुईथान र युरोपेली ज्हाज निर्माता कम्पनी एयरबसमा उत्पादित 'ए३२०–२००' सिरिजका दुईथान जहाजबाट निगमले हाल पाँच देशका सात गन्तव्यमा उडान गरिरहेको छ।

तीमध्ये बि७५७ करिब ३० वर्ष पुराना हुन् भने ए३२० हालै खरिद गरी ल्याइएका हुन्। बि७५७ मा १ सय ९० सिट तथा ए३२० मा १ सय ५८ सिट क्षमता छ। बि७५७ ले उडान गर्दा प्रतिघन्टा चार टन (चार हजार किलो) इन्धन खपत गर्छ भने ए३२० ले प्रतिघन्टा औसत तीन टन (तीन हजार किलो) खपत गर्छ।

निगमले हाल मलेसियाको क्वालालम्पुर र भारतको नयाँदिल्लीका लागि दैनिक एक–एक उडान गरिरहेको छ। त्यस्तै कतारको दोहा, हङकङ र थाइल्यान्डको बैंककका लागि सातामा तीन–तीन उडान गरिरहेको छ। भारतकै मुम्बई र बैंगलोरका लागि भने सातामा दुई–दुई उडान गरिरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस