जलविद्युतमा एनआरएन लगानी गफमात्रै
२६ असोज २०७२
•
१० मिनेट पाठ
जलविद्युतमा एनआरएन लगानी गफमात्रै
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) ले लगानीमैत्री वातावरण भए विदेशमा बस्ने नेपालीबाट जलविद्युतमा अर्बौं रुपैयाँ लगानी भित्र्याउन सकिने घोषणा गरे अहिलेसम्म जम्मा ५६ मेगावाटका आयोजनामा लगानी भएको छ।

सरकारले लगानीको वातावरण सिर्जना गर्न नसकेको भन्दै आरोप लगाउने संघ तथा यसका पदाधिकारीले यहाँ लगानी गर्न चासो नदेखाएको अहिलेसम्मको अवस्थाले पुष्टि गर्छ। संघले २७ र गैरआवासीय नेपालीले २९ मेगावाटका आयोजना लगानी गरेको तथ्यांक छ।

नेपालको पूर्वाधार तथा जलविद्युत आयोजनामा लगानी गर्न भन्दै २०६९ भदौ १६ गते 'एनआरएन लिमिटेड' नामको कम्पनी खोलिएको थियो। उक्त कम्पनीअन्तर्गत रहेर 'हिमालयन पावर पार्टनर लिमिटेड'ले लमजुङस्थित २७ मेगावाटको दोर्दीखोलामा लगानी गरेको छ।

एनआरएनले कम्पनी खोलेको पनि करिब ४ वर्ष भएको छ। इच्छाशक्ति भएको भए यो अवधिमा ५० मेगावाटको एउटा आयोजनाको निर्माण पूरा हुन्थ्यो। तर, दोर्दीखेलाबाहेक अन्य आयोजनामा लगानी गर्ने योजना तय गरिएको छैन। कम्पनी भर्खरै स्थापना भएकाले लगानी बढाउनेबारे विभिन्न मुलुकका एनआरएनसँग परामर्श भइरहेको एनआरएन लिमिटेडकी प्रमुख सञ्चालन अधिकृत उषा खतिवडाले बताइन्।

'दोर्दीमा रसिया, कोरिया, जापान, अस्टे्रलिया, हङकङलगायत मुलुकका करिब ८ सय व्यक्तिले लगानी गरेका छन्,' उनले सोमबार नागरिकसँग भनिन्, 'तत्काल अर्को आयोजनामा लगानी गर्ने योजना छैन। कम्पनीमार्फत अन्य क्षेत्रमा हुने लगानीबारे छलफल तथा परामर्श भइरहेको छ।'

दोर्दीबाहेक व्यक्तिगत लगानीमा एनआरएनएका केही पदाधिकारीले इलामस्थित २२ मेगावाटको माईखोलामा लगानी गरेका छन्। उक्त आयोजनाबाट उत्पादन सुरु भइसकेको छ। सोही आयोजनाबाट निकालिएको पानीबाट तल्लो तटमा ७ मेगावाटको माई क्याकेड आयोजना निर्माण भइरहेको छ। दोर्दी र माई, माई क्यासकेड ३ वटा आयोजनामा मात्र एनआरएनको लगानी छ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्तिगत रुपमा सामाजिक तथा स्वास्थ्य क्षेत्रमा लगानी गरे पनि त्यसयताका अध्यक्षले नेपालमा लगानी गर्नेभन्दा भाषण गर्नमा जोड दिँदै आएका छन्। एनआरएन औपचारिक रुपमा स्थापना भएको करिब १२ वर्षमा सामाजिक तथा स्वास्थ्यका क्षेत्रमा सामान्य व्यक्तिगत लगानी भए पनि संस्थागत लगानीमा प्राथमिकता नदिएको एक व्यवसायीको तर्क छ।

महतोले अध्यक्ष छाडेपछि जापानका देवमान हिराचनले उक्त जिम्मेवारी सम्हाले। उनले त्यतिबेला नेपालमा लगानी गर्न सरकारले उचित वातावरण बनाइदिनुपर्ने तर्क राखेका थिए। बरु उनको जोड एनआरएनलाई दोहोरो नागरिकता दिनुपर्नेमा थियो।

दुईबर्से कार्यकालमा हिराचनले काम देखाउन सकेनन्। व्यक्तिगत प्रयासमा पनि कतै लगानी गरेनन्। २०६८ मा हिराचनको कार्यकाल सकिँदा उनले तरल राजनीति र लगानीमैत्री वातावरण नरहेकाले एनआरएनले लगानी गर्न नसकेको तर्क राखेका थिए

हिराचनपछि अध्यक्षको जिम्मेवारी सम्हालेका जिवा लामिछाने नेतृत्वले पनि जलविद्युत आयोजनामा लगानी गर्ने भाषणबाहेक अरु गरेन। लगानी गर्न सय मेगावाटसम्मको आयोजना उपलब्ध गराइदिन भन्दै लामिछाने सहितको टोली तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारी गुहार्न पुगेको थिए।

तत्कालीन ऊर्जा सचिव बालानन्द पौडेल र विद्युत विकास विभागका महानिर्देशक महेन्द्रबहादुर गुरुङ सम्मिलित अर्थ मन्त्रालयको बैठकमा १ सय १ मेगावाटको तमोर मेवा दिने तयारी भएको थियो। गुरुङले भनेका थिए, 'अहिले अध्ययन गरेर तयारी अवस्थाको आयोजना यही छ, यहाँहरुले यसैमा लगानी गर्न सक्नुहुन्छ।'

लामिछानेको कार्यकाल सकिएर अर्का अध्यक्ष शेष घलेको पहिलो कार्यकाल सकिँदासम्म कुनै अर्को आयोजनामा लगानी गर्ने साझा धारणा उसले सार्वजनिक गरेको छैन। एनआरएनए पदाधिकारी दसैंनजिक हरेक वर्ष काठमाडौंमा जम्मा भएर 'एनआरएन डे' मनाउँछन्। यसका लागि सरकारी कोषबाट रकमसमेत दिने गरिएको छ। तर, उनीहरुले राज्यको विकासमा १ प्रतिशत पनि योगदान नगरेको व्यवसायीको धारणा छ।

'एनआरएन गफैमात्र गर्छन्, यसरी देश बन्ने भए राजनीतिक दलका नेताले मुलुकको विकास कहाँ पुर्याउउँथे,' एक जलविद्युत उद्यमीले भने, 'काठमाडौंमा सम्मेलन गर्ने, भाषण गर्ने र आफूलाई नेपाली भनाइरहने बाहेक अरु काम गर्न सक्दैनन्।' संघमार्फत मुलुकमा लगानी आउँछ भनेर अपेक्षा गर्नु मुर्खता हुने उनको तर्क छ।

कार्यसमितिका केही व्यक्तिले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आए पनि सिंगो संस्थाका योजना कागजमै सीमित छ। लगानीमैत्री वातावरणको अभाव र राजनीतिक अस्थिरतालाई दोष दिँदै एनआरएनए लगानीबाट पन्छिँदै आएको छ। हरेक मुद्दामा सुविधा अगाडि सारेर मात्र सरकारसँग लगानीका कुरा उठाउने नियत हाबी हुँदै आएको छ।

अवसरको खोजी, शिक्षाका लागि बिदेसिएका अधिकांश नेपाली कालान्तर स्थायीरूपमा उतै बस्ने गरेका छन्। तिनले उठाउँदै आएको दोहोरा नागरिकता अर्थात परिचयपत्र नेपालसँग जोडिइरहन र यहाँको आयस्रोत विदेश लैजाने भर्यािङ मात्र भएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी बताउँछन्।

सुविधा मागेर विकासका योजना अगाडि सार्ने एनआरएनको नियतले देशबाट पुँजी पलायन तथा आर्थिक अपराधसमेत बढने विश्लेषण हुँदै आएको छ। एनआरएनएमा आवद्ध व्यक्तिले भने परिचयपत्रको व्यवस्था हुन सके मात्र नेपालमा ठूलो परिमाणमा लगानी भित्रिने दाबी गर्दै आएका थिए। सरकारले परिचयपत्र दिने निर्णय गर्योह तर एनआरएन अझै भाषणमै सीमित छन्।

घलेको लगानीमा दरबारमार्गमा ७ अर्ब रुपैयाँमा पाँचतारे होटल, चावहिलमा अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण हुने भनिए पनि त्यो कागजमा मात्र सीमित छ। विकास निर्माणको नाममा एनआरएनएले मुलुकलाई आश्वासनमात्र बाँड्दै आएको छ। आश्वासन बाँड्नु, देख्नु र त्यसलाई पछ्याउनु गलत होइन। तर लगानीका बाचा कति पूरा भए भन्ने मुख्य विषय हो।

तर, विगत १० वर्षदेखि योजनाका चाङ मात्र थुपारिरहेको छ, एनआरएनले। हरेक दुई वर्षमा काठमाडौंमा चुनाव गर्दै आएको उसले चुनावका समयमा देश विकासको जिम्मा आफैंले लिएको भाषण गर्ने गरेको छ।

केही गैरसरकारी संस्था तथा निजी क्षेत्रको आडमा पूर्वाधार निर्माण, जलविद्युत विकास तथा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी भित्र्याउने तयारी भइरहेको सार्वजनिक हुन्छ। तर, ती कुनै पनि योजना हालसम्म कार्यान्वयनमा आउन सकेका छैनन्। एनआरएनमा आवद्ध केही व्यक्तिले गरेको लगानीको सम्पूर्ण प्रतिफल विदेश नै ओसोर्ने गरेका छन्।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस