पेट्रोलियम चीनबाट ल्याउँ : निगम
२६ असोज २०७२
•
६ मिनेट पाठ
पेट्रोलियम चीनबाट ल्याउँ : निगम
काठमाडौं- नेपाल आयल निगमले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन कूटनीतिक पहल गर्न तालुकदार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लिखित अनुरोध गरेको छ। निगमले चीनबाट दैनिक ६ लाख लिटर डिजेल, ३ लाख लिटर पेट्रोल, 'लाख लिटर मट्टीतेल र ४ सय टन ग्यास आपूर्ति गर्ने वातावरण मिलाइदिन वाणिज्य मन्त्रालयलाई शुक्रबारै मन्त्रालयलाई पत्राचार गरेको खुलेको हो।

निगमस्रोतका अनुसार काठमाडौंमा सामान्य दिन दैनिक ४ लाख ५० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोल आवश्यक पर्छ। मासिक १८ हजार टन ग्यासले नेपालीको माग सम्बोधन गर्दै आएको छ। निगम मासिक १२ हजार टन ग्यास ल्याउने गरी अघि बढेको हो।

सरकारबाट उल्लिखित परिमाणमा पेट्रोलियम पदार्थ चीनबाट नेपाल भिœयाउन कूटनीतिक पहल भए निगमले दैनिक माग पूरा गरी स्टकसमेत राख्न सक्ने र तत्काल समस्या समाधान हुने निगम उच्चस्रोतको भनाइ छ।

भारतको सीमा नाकाबन्दीले पेट्रोलियम आयात ठप्प भएपछि निगमले विकल्पका रुपमा चीन रोज्दै पत्र पठाएको हो।

'सरकारी स्तरमा पहल नगरी चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्न,' निगम उच्चस्रोतले नागरिकसँग भन्यो, 'पहिले सरकारले चीन सरकारसँग कूटनीतिक माध्यमबाट कुरा गर्नु जरुरी छ, त्यसपछि चीनबाट तत्काल आपूर्ति गछर्ौं।'

निगमले मन्त्रालयलाई लेखेको पत्रमा आयात गर्ने पेट्रोलियम पदार्थको परिमाण पनि उल्लेख गरेको छ। 'सरकारको पहलबिना चीनबाट पेट्रोलियम ल्याउने सम्भावना हुँदैन,' स्रोतले भन्यो, 'निगमले निकालेको सूचनामा टेन्डर प्रस्ताव हाल्ने अधिकांशले चीनबाटै ल्याउने आशय देखाएका छन्, यसका लागि पनि सरकारी पहल आवश्यक छ।'

वाणिज्य मन्त्रालयले उक्त पत्र दुई दिनअघि तत्काल कूटनीतिक पहल गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालय पठाएको छ।

केही दिनअघि मन्त्रिपरिषद बैठकले पेट्रोलियम आपूर्तिको वैकल्पिक व्यवस्था गर्न निगमलाई अह्राएको थियो। सोहीअनुसार निगमले चीनबाट ल्याउने विषयमा अध्ययन गरी कूटनीतिक पहल गर्न अनुरोध गरेको स्रोतको भनाइ छ।

निगमले भने कूटनीतिक पहलका लागि वाणिज्यलाई पत्र काटेको चार दिन भइसक्दा पनि मन्त्रालयबाट कुनै प्रतिक्रया नआएको जनाएको छ। सरकारी तवरमा सम्झौता भएपछि मात्रै चीनसँग 'बिजनेस टु बिजनेस' (बिटुबी) सम्झौता हुने र त्यसपछि मात्रै पेट्रोलियम ल्याउन सकिने निगमको भनाइ छ।

भारतले बिनाकारण पटक–पटक नेपाललाई इन्धन आपूर्ति रोक्न थालेपछि निगमले भारतको विकल्प चीन रोजेको हो। यसका लागि परराष्ट्र मन्त्रालयले पहल थाल्नुपर्ने वाणिज्य मन्त्रालयको धारणा छ।

निगमले गत बिहीबार आह्वान गरेको ग्लोबल टेन्डर प्रक्रिया छनोट क्रममै रहेको जनाएको छ। प्राप्त २० आशयपत्रमध्ये मंगलबारसम्म चार वटामा छलफल भइसकेको निगमको भनाइ छ। आगामी दुई दिनभित्र सबै छनोट प्रक्रिया सकेर बोर्ड बैठकमा लैजाने तयारी निगम व्यवस्थापनको छ।

निजीले पाए साढे सात लाख लिटर इन्धन

दुई सातादेखि इन्धन नपाएका निजी सवारीसाधनलाई नेपाल आयल निगमले मंगलबार ७ लाख ५० हजार लिटर इन्धन बिक्रीवितरण गरेको जानकारी दिएको छ।

निगमले इन्धन बाँड्ने सूचना जारी गरेपछि सोमबारदेखि नै लाम बसेका निजी सवारीसाधनलाई काठमाडौं उपत्यकाका १ सय २५ स्थानबाट इन्धन बेचेको हो। निगमले ६ लाख लिटर पेट्रोल र एक लाख ५० हजार लिटर डिजल बेचेको जनाएको छ।

लाम लागेका सबै सवारीसाधनलाई इन्धन दिन नसकेको निगम प्रवक्ता दीपक बरालले बताए। पम्पलाई मागअनुसार इन्धन दिन नसक्दा लाम बसेका सबैलाई भाग नपुगेको निगमको भनाइ छ। निगमले निजी मोटरसाइकललाई ५ लिटर र चारपांग्रे कार, जिप–भ्यानलाई १५ लिटरका दरले इन्धन दिएको छ।

बुधबारदेखि सार्वजनिक यातायातका साधन र सरकारीले मात्रै इन्धन पाउने निगमको भनाइ छ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस