काठमाडौं- विनाशकारी भूकम्पबाट ध्वस्त संरचना ५ वर्षभित्र पुनर्निर्माण गर्ने सरकारको घोषणा अलपत्र परेको छ। भूकम्पपछिको पुनर्निर्माण गर्न 'पुनर्निर्माण प्राधिकरण' गठन गर्ने भनिए पनि त्यसले अहिलेसम्म पूर्णता नपाउँदा सम्पूर्ण निर्माण अलपत्र परेको हो। सुशील कोइराला नेतृत्व सरकारले संसदबाट पारित गर्ने गरी अध्यादेशमार्फत प्राधिकरण गठन गरेको थियो।
संसदबाट ६० दिनभित्र पास नभए प्राधिकरण स्वतः खारेज हुने अध्यादेशमै उल्लेख गरिएको थियो। उक्त अवधिभित्र पास नभएकाले अहिले प्राधिकरण खारेज भइसकेको छ। सरकारले घोषणा गरेअनुसार पुनर्निर्माणको काम नभएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्दराज पोखरेलले बताए।
'सम्बन्धित मन्त्रालयले सामान्य काम त अगाडि बढाएको छ, तर संविधान जारी भएपछि राजनीतिक दल सरकार निर्माणमा केन्द्रित भएकाले काम हुन सकेन,' उनले बिहीबार नागरिकसँग भने, 'पुनर्निर्माण प्राधिकरण पनि नरहेको अवस्थामा काम अगाडि बढ्न समय लाग्ने देखिएको छ।'
कोइराला सकरारले प्राधिकरण गठन गरेर त्यसको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पोखरेललाई नै नियुक्त गरेको थियो। प्राधिकरण खारेज भएपछि उनको पद पनि स्वतः निलम्बन भएको भएको छ। सरकारले प्राधिकरण पुनः गठन गरेर सिइओ नियुक्त नगर्दासम्म पुनर्निर्माणको काम सुरु हुने सम्भावना देखिएको छैन।
प्राधिकरण नरहेकाले अहिलेसम्म आयोगले नै विभिन्न मन्त्रालयसँग समन्वय गरेर निर्माण सुरु गर्न दबाब दिइरहेको थियो। आयोग उपाध्यक्ष पोखरेलले राजीनामा दिने तयारी गरिरहेकाले पुनर्निर्माण अझ प्रभावित हुने आयोगका अधिकारी बताउँछन्।
भूकम्पले करिब ६ लाख घर भत्केको र त्यसको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको सरकारले घोषणा गरेको थियो। तर, अहिलेसम्म गाउँगाउँमा मात्र होइन सहरमा पनि भत्केका घर तथा संरचनाको पुनर्निर्माण सुरु भएको छैन। पुनर्निर्माण नहुँदा 'हाउजिङ' र पर्यटन व्यवसायमा नकारात्मक प्रभाव गरेको आयोग सदस्य बताउँछन्।
'संस्थागत संरचना गठन भएर काम गर्ने आधार तय हुने हो, अहिले प्राधिकरणको अवशेष छैन,' योजना आयोगका एक सदस्यले नागरिकसँग भने, 'जिम्मेवार निकाय नहुँदा सबै काम ठप्प भएको छ।' आयोगले काम गर्ने क्षेत्र तोकेर रणनीतिपत्र तयार गरे पनि त्यसको कार्यान्वयन गर्ने निकाय नहुँदासम्म परिणाम नदेखिने उनले बताए।
प्राधिकरणले पूर्णता नपाउँदासम्म सरकारले पुनर्निर्माण, अनुगमन र नियमनको जिम्मा आयोगलाई दिनुपर्ने आयोग अधिकारीको तर्क। भूकम्पबाट भएको त्यति ठूलो विनाश बेवास्ता गर्ने प्रयास भइरहेको टिप्पण्ी गर्दै उनले भने, 'यो पक्षमा सरकारको ठूलो कमजोरी भयो।'
सरकारले आर्थिक वर्ष २०७२/७३ को बजेटमा पुनर्निर्माणको प्रारम्भिक काम सुरु गर्न १७ अर्ब रुपैयाँ छुट्ट्याएको छ। तर, सहरी विकास र भौतिक निर्माण तथा यातायात मन्त्रालयले सामान्य काम सुरु गरे अन्य मन्त्रालयले यसतर्फ ध्यानै नदिएको आयोग अधिकारी बताउँछन्।
सरकारले 'विपदपछिको आवश्यकता पहिचान (पिडिएनए)' तयार पारी भूकम्पबाट ७ खर्ब ६ अर्ब रुपैयाँको क्षति किटान गर्दै यसको पुनर्निर्माण गर्न करिब ७ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो। आर्थिक सहयोगका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय दाता सम्मेलनबाट ४ खर्ब ४० अर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो।
काम सुरु नहुँदा अहिले दाताले गरेको प्रतिबद्धता त्यत्तिमै सीमित हुने सम्भावनासमेत बढेको छ। प्राधिकरण गठन गरेर यसले आयोजना परिचालन गरेपछिमात्र दाताको रकम आउने हुँदा अहिलेकै अवस्थामा त्यो सम्भावना नरहेको आयोग सदस्य अधिकारीले बताए।
संसदले प्राधिकरण गठनको अध्यादेश पास गरेको भए अहिलेसम्म निर्माण सुरु भइसक्थ्यो। अध्यादेश पास हुनुअघि भदौ ८ गते तत्कालीन प्राधिकरणको बैठकले निर्माण गर्न पहिलो चरणमा ३१ जिल्लालाई कार्यक्षेत्र समेत तोकेको थियो। तर, यही अवस्थामा १० वर्षमा पनि पुनर्निर्माणको काम नसकिने आयोगका एक सदस्यको भनाइ छ।
भूकम्पका कारण ५ खर्ब १३ अर्ब रुपैयाँबराबरका संरचनामा क्षति पुगेको छ। यसबाट विभिन्न होटल, पर्यटनलगायत व्यवसायमा सोझो असर पर्दा देशले १ खर्ब ८७ अर्ब रुपैयाँ घाटा बेहोरेको छ। यस्तै, सोही अवधिमा विभिन्न पेसा, व्यवसाय तथा रोजगारी गर्ने व्यक्तिले १७ अर्ब रुपैयाँ गुमाएका छन्।
सरकारले पुनर्निर्माण गर्न आवश्यक दक्ष जनशक्ति नभएकाले ४० हजार जनशक्ति उत्पादनको योजना ल्याउने घोषणासमेत गरेको थियो। आवश्यक जनशक्ति उत्पादन गर्दै पहिलो चरणमा व्यक्तिका घर, सार्वजनिक संस्थान र तेस्रो चरणमा सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने सरकारको योजना कागजमै सीमित हुने भएको छ।
मुलुकमा काम गरिरहेका १७ हजार ठेकेदारमध्ये करिब २ हजारले मात्र प्रभावकारी काम गर्न सक्छन्। साना ठेकेदारले २/३ अर्ब रुपैयाँभन्दा बढीको काम गर्ने दक्षता राख्दैनन्। सिँचाइ, सडक र पुलबाहेक गाउँगाउँमा घर बनाउने दक्ष प्राविधिकसमेत छैनन्।
भुइँचालोले भत्केका घर, स्कुल, अस्पताल, सामुदायिक भवन निर्माणको खाका कोर्ने प्राविधिक नहुँदा पुरानै ढाँचामा घर बन्न थालेका छन्। प्राधिकरणले यस्ता समस्या समाधान गर्न तत्काल पहल गर्न जरुरी देखिएको छ। प्राविधिक/इन्जिनियर नियुक्त गरी जिल्ला–जिल्लामा पठाउने र छोटो समयका लागि अस्थायी इन्जिनियर राखेर पनि काम गर्न सकिने पक्षलाई समेत सरकारले बेवास्ता गरेको छ।
एउटा सामान्य पूर्वाधार तथा जलविद्युत आयोजना निर्माण गर्न दशक लाग्ने प्रवृत्ति पुनर्निर्माणमा पनि दोहोरिने भएको छ। सरकारले चासो नदेखाएका कारण ग्रामीण क्षेत्रमा स्थानीयले आफूखुसी घर निर्माण गरिरहेका छन् भने कतिपय ठाउँमा अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाकै मोडलमा भवन निर्माण भइरहेको छ। यसको अनुमनसमेत सरकारबाट हुने गरेको छैन।