काठमाडाैं-तेल लिन पेट्रोल पम्प अगाडी कैयाैं घण्टा लाइन बसेर खालिहात फर्कनु सर्वसाधारणका लागि सामान्य भैसकेको छ। तेलको हाहाकार सहेरै सर्वसाधारणले कष्टकर दैनिकी गुजारेका छन्। तर गैर अावासीय नेपाली संघ (एनअारएन) का सदस्यहरूकालागि सरकारले विशेष सुबिधा दिएको छ। एनअारएनको परिचय पत्र बोकेर नेपाल प्रहरीले सञ्चालन गर्ने पम्पमा पुग्नेलाई मागेजति तेल दिने गरिएको छ।
बाणिज्य तथा अापूर्ति मन्त्रालयले नेपाल अायल निगमलाई एनअारएन सदस्यहरूलाई इन्धन दिन लेखेको पत्र नागरिकन्यूजलाई प्राप्त भएको छ। उक्त पत्रमा ‘एनअारएन प्रयोजनका लागि इन्धन माग भएकोले अावश्यक परिमाणमा उपलब्ध गराउनु’ भन्ने ब्यहोरा लेखिएको छ। उक्त पत्रमा मन्त्रालयका शाखा अधिकृत नवराज अाचार्यको हस्ताक्षर रहेको छ।
सोही पत्रमा अायल निगमका तर्फबाट नेपाल प्रहरी कल्याण कोष पम्पलाई एनअारएनको परिचय बोकेर अाउने सदस्यलाई तेल दिन सिफारिस गरिएको छ।
एनअारएनको साधारण सभा र सम्मेलन सकिइसकेको छ। तर पम्पमा पुगेर एनअारएन सदस्यहरूले धमाधम सुबिधाको तेल भर्ने गरेका छन्। प्रहरीका पम्प अगाडी सयाैं सर्वसाधारण लाइन लागेका दृश्य एकातिर देखिन्छ भने अर्कोतिर एनअारएनको पत्र र परिचय देखाएका भरमा लाइनमै नबसि चाहेजति तेल भर्दै गरेको देखिन्छ। एनअारएनको परिचय देखाउनेले लाइनमा नबसी तत्कालै मागेजति तेल पाउने गरेका छन्।
‘पाएको सुबिधा किन नलिने भनेर मैले पनि प्रहरीको पम्पबाट तेल लिएँ,’ एनअारएनका एक सदस्यले नागरिकन्युजसँग भने ‘लाइनमा बस्नु पनि परेन गाडी भरेर तेल लिएँ।’ उनका अनुसार यसरी तेल भर्ने एनअारएनका अगुवा नेतादेखि साधारण सदस्यसम्म छन्।
प्रधानमन्त्री केपी शर्मा अोलीले एनअारएन सम्मेलनमा सम्बोधनका क्रममा भनेका थिए–‘एनअारएनका सदस्यहरूलाई सकेसम्म इन्धन अभाव महसुस नहोस्।’