चितवन–चेपाङ गाउँ भन्नासाथ धेरैले सोच्छन्– अभाव र पीडाले ग्रस्त बस्ती, विकास र सञ्चारका पूर्वाधार नभएको विकट गाउँ । तर, चेपाङ बहुल कोराक–५ चार किल्लास्थित राष्ट्रिय प्रावि पुग्दा यो कुरा गलत साबित हुन्छ । वाइफाई सुविधा उपलब्ध यो ठाउँबाट इन्टरनेटको माध्यमले विश्वसँग जोडिन बेर लाग्दैन।चार किल्लाको श्री राष्ट्रिय प्रावि १ सय ८६ जना विद्यार्थी छन् । अधिकांश विद्यार्थी चेपाङ र केही तामाङ समुदायका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गको भण्डारानजिक वीरेन्द्रनगरबाट उत्तरमा रहेको यो ठाउँमा हिउँद याममा केही गाडी पनि चल्छ । वर्षायाममा भने हिँड्नुपर्ने बाध्यता छ । राजमार्गबाट त्यहाँ पुग्न पैदल छ घन्टा लाग्छ ।
राष्ट्रिय प्रसारण लाइन वा अन्य कुनै लघु आयोजनाको बिजुलीको सुविधा त्यहाँ छैन । आर्थिक अवस्था राम्रो भएका एकाध घरले सौर्य ऊर्जा राखेका छन् । मोबाइल फोन बोक्नेहरू कमै देखिन्छन वरपर ।
यस्तो ठाउँमा रहेको प्राथमिक विद्यालयमा पनि वाइफाईसहितको इन्टरनेट सुविधा छ । सौर्य ऊर्जाबाट चल्ने डेक्सटप कम्प्युटर उपलब्ध छ । जमर्नीको डुसलडर्फको होहेन स्ट्रास प्रथामिक विद्यालयमा कक्षा ४ मा पढ्ने विद्यार्थीले चार किल्लाका विद्यार्थीसँग मित्रताको प्रस्ताव गरेपछि यी उपकरण र सुविधाहरु त्यहाँ पुगेका हुन् ।
प्रकृतिका साथीहरु नामक संस्थाले सो विद्यालयमा ग्रीन स्कुल परियोजना चलाएको छ । दुई वर्षअघि सुरु भएको सो परियोजनाले विद्यार्थीमा चरा, किरा र वनस्पतिहरु चिन्ने क्षमता बढेको छ । उनीहरुको अवस्था हेर्न जमर्नीबाट एउटा समूह कोराक पुगेको थियो । जर्मनहरुका अगाडी साना साना विद्यार्थीले पुतलीदेखि वनस्पतीको नाम र प्रजाति फटाफट भने ।
जर्मनीहरुकै सहयोगमा इन्टरनेटका लागि आवश्यक पर्ने उपकरणहरु, सौर्य उर्जाका सामग्री र कम्प्युटर खरिद गरेको 'प्रकृतिका साथीहरू' नामक संस्थाका अध्यक्ष राजु आचार्यले बताए । यसका लागि २ लाख ७० हजार रुपैयाँ खर्च भएको छ । विकट गाउँमा कम्प्युटर र इन्टरनेट आएपछि विद्यार्थी र शिक्षक दंग छन् । सो स्कुल र जर्मनीको स्कुलका विद्यार्थीबीच भिडियो च्याट गर्ने तयारी सुरु भएको छ ।