चिनियाँ ग्यास सय रुपैयाँ सस्तो
१० कार्तिक २०७२
•
६ मिनेट पाठ
चिनियाँ ग्यास सय रुपैयाँ सस्तो
काठमाडौं- भारतबाट भन्दा चीनबाट ग्यास ल्याउँदा प्रतिसिलिन्डर सय रुपैयाँ सस्तो पर्ने व्यवसायीले दाबी गरेका छन्। भारतबाट ग्यास ल्यिाउँदा एक सिलिन्डरको १ हजार ४ सय रुपैयाँ पर्छ। चीनबाट ल्याए १ हजार ३ सय मात्र पर्ने ग्यास उद्योगीको भनाइ छ।चीनले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार दियो भने ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय रुपैयाँमा ल्याएर बिक्री गर्न सकिने उद्योगीले बताए। चीनले अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मानेर ग्यास उपलब्ध गराउने आश्वासन पनि दिएको छ।




'चिनियाँ उच्च अधिकारीसँग छलफल गर्दा अन्तर्राष्ट्रिय भाउ अनुसार ग्यास दिने आश्वासन प्राप्त भएको छ,' एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबार नागरिकसँग भने, 'आश्वासन अनुसार काम भए एक सिलिन्डर ग्यास १३ सयमा पाइन्छ।'

उनका अनुसार पेट्रो नेसनल चाइना कम्पनीले अन्तर्राष्ट्रिय बजार मूल्यमै तेल दिन अनौपचारिक सहमति जनाएको छ। व्यवसायीले केरुङ र तातोपानी नाकाको अध्ययनसमेत गरिसकेको छन्।

व्यवसायीले नेपालस्थित चिनियाँ दूतावासका उच्च अधिकारीसँग कुरा गर्दा तातोपानीभन्दा केरुङ नाकाबाट मात्रै पेट्रोलियम पदार्थ ल्याउन दिने बताएका छन्। तातोपानी नाकाबाट ग्यास र पेट्रोलियम ल्याउँदा अझ सस्तो पर्ने भएकाले व्यवसायीले सो नाका खोल्न प्रस्ताव गर्दा चिनियाँ पक्षले अस्वीकार गरेको छ।

भूकम्पको कारण देखाउँदै चीनले तातोपानी नाका नखोल्ने बताएको हो। केरुङभन्दा तातोपानीबाट पेट्रोलियम ल्याउँदा १ सय ८० किलोमिटर छोटो पर्छ। सोही आधारमा मूल्य पनि कम पर्न जाने अध्यक्ष घिमिरेले बताए।

घिमिरेका अनुसार केरुङ नाकाबाट १४ टन क्षमताका ग्यास बुलेट ल्याउन सकिन्छ। तातोपानी नाका खुले २८ टन क्षमताका ग्यास बुटेल काठमाडौं भिœयाउन सकिने उनको भनाइ छ। 'हामी मुलुकले भोगिरहेको समस्या हल गर्न चीनबाट ग्यास ल्याउने पहल गरिरहेका थियौं। यसका लागि चीनको निजी क्षेत्रसँग छलफल गरेर अध्ययनका लागि त्यहीँ जान लागेका छौं,' उनले भने, 'यस्तो संकटको बेला समेत सरकारी निकायको असहयोग रह्यो र हामी चीन जान सकेनौं।'

परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता दीपक अधिकारीले वाणिज्य मन्त्रालयले पठाएको पत्रको आधारमा चिनियाँ दूतावासले भिसा दिन नसक्ने जानकारी दिएको बताए। 'वाणिज्यले जुन पत्र उपलब्ध गराएको छ, त्यसको आधारमा भिसा दिन सकिन्न,' चिनियाँ दूतावासको भनाइ उद्धृत गर्दै अधिकारीले भने, 'त्यसको कारण रोकिएको हो।'

पेट्रोलियम पदार्थ निर्यात गर्ने अधिकार पेट्रो नेसनल चाइना कम्पनीलाई मात्र छ। सो कम्पनीका डिपो विभिन्न स्थानमा छन्। त्यसमध्ये कुनै एक वा दुई ठाँउबाट नेपालमा इन्धन भिœयाउन सकिन्छ।

परराष्ट्रले पत्र नलेखेपछि व्यवसायीले चिनियाँ दूतावासमा भिसा आवेदनसमेत गर्न पाएनन्। घिमिरेका अनुसार परराष्ट्रका अधिकारीले माथिको आदेश भन्दै पत्र दिन अस्वीकार गरेका हुन्। देशलाई संकटबाट उतार्न सकिन्छ कि भनेर जान लागेका हौं,' घिमिरेले भने, 'तर परराष्ट्रका अधिकारीले मुलुकलाई संकटमै पारेर रमाउन खोजेको पायौं।'

परराष्ट्रले पत्र लेख्न अस्वीकार गरेपछि उनीहरुले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई समेत भेटेको बताए। तर थापाले यस विषयमा आफूलाई केही जानकारी नभएको बताएको घिमिरेले जानकारी दिए।

कम्पनीले नेपालका खाली सिलिन्डर लगी भरेर ल्याउने प्रस्ताव निगममा गरेको थियो। निजी क्षेत्रको अर्को कम्पनी साइराम सप्लायर्सलाई समेत पत्र लेख्न परराष्ट्र मन्त्रालयले अस्वीकार गरेको छ। ग्यास ल्याउन भनेर दसैं, फूलपातीको दिनमा सोही टोली केरुङ पुगेको थियो। चीनतर्फ पहिरो गएपछि बीचबाटै टोली फर्किएको थियो। आयल निगमका निमित्त नायव कार्यकारी निर्देशक सुशील भट्टराईसहितको टोलीमा घिमिरे, भण्डारी, शाक्य, साइराम सप्लायर्सका अध्यक्ष ज्ञानेश्वर अर्याल र सञ्चालक महेश्वर घिमिरे सहभागी थिए। यो टोली दसैंलगतै चीन गएर ग्यास ल्याउने प्रक्रिया टुंग्याउने प्रयासमा थियो।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस