काठमाडौं- नेपाल आयल निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीको अनाहकको किचलोका कारण नेपाल छिरिसकेको करिब १ लाख सिलिन्डर ग्यास तराईमै अलपत्र छ। निगम, ग्यास उद्योगी र ढुवानी व्यवसायीबीच कुरा नमिल्दा पछिल्लो २० दिनदेखि ७० बुलेट ग्यास (करिब ८८ हजार ९ सय सिलिन्डर) तराईका विभिन्न जिल्लामा थन्किएका छन्।तराईमा अलपत्र ग्यास पहाडी सडकमा आउन नसक्ने ठूला गाडीमा भरिएका बुलेटमा छन्। ती सबै भारतीय गाडी हुन्। त्यस्ता गाडी घुम्ती नभएका तराईका समथर सडकसम्म मात्र आउन सक्छन्।
निगमले जबर्जस्ती यस्ता बुलेट काठमाडौं ल्याउन खोजेपछि ढुवानी व्यवसायीसँग विवाद उत्पन्न भएको हो। ग्यास उद्योगी भने तराईमै सिलिन्डरमा भरेर काठमाडौं ल्याउने पक्षमा छ।
पूर्वका नाकामा आएका ग्यास त्यहीँका उद्योगले भरेर काठमाडौं पठाउन खोजे पनि निगमले अटेर गर्दा समस्या आएको हो। निगमसँग एउटा पनि ग्यास बुलेट छैन। भारतीय ग्यास बुटेलमा ग्यास नेपाल भित्रिन्छ।
निगम प्रवक्ता दीपक बरालले ढुवानी चालकलाई काठमाडौंसम्म ग्यास बुलेट ल्याउन आग्रह गरिएको स्विकारे। 'उनीहरुले काठमाडौंसम्म ग्यास बुलेट ल्याउन आनाकानी गर्दै आएका छन्,' उनले नागरिकसँग भने, 'तर, हामी काठमाडौंमै ग्यास ल्याउनुपर्ने पक्षमा छौं।'
१ लाख सिलिन्डर बजार आए पनि अहिले उपभोक्ताले ठूलो राहत पाउने उद्योगीको भनाइ छ। 'एक लाख सिलिन्डर भनेको धेरै हो,' ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले नागरिकसँग भने, 'विराटनगर तथा धुलाबारीमा आएका ग्यासलाई रिफिल गरेर ग्यास बुलेट खाली गर्ने र भारततिर पुनः लोडका लागि पठाउनु अहिलेको आवश्यकता हो।'
'जुन उद्योगले भर्न सक्छ, तत्काल भर्न दिनुपर्छ। अहिले जनतालाई ग्यास आवश्यक छ। उद्योगको आवश्यकता छैन,' उनले भने, 'निगम र ढुवानी व्यवसायीको विवादले उपभोक्ता मर्कामा पर्नुहुन्न।' सकेसम्म बुलेट नै काठमाडौं ल्याऊ, नसके त्यहीँका उद्योगलाई ग्यास भर्न दिएर सिलिन्डर ल्याएर वितरण गर्नुपर्ने उनको सुझाव छ।
निगमको क्षेत्रीय कार्यालयमा थन्किएका ग्यास बुलेट चालकले काठमाडौं नजाने बताएका छन्। पहाडी बाटोमा ग्यास बुलेट चलाउन नसक्ने यसअघि नै निगमलाई जानकारी गराएका छन्। निगमले धुलाबारी र विराटनगरबाट काठमाडौंसम्म आउने भाडा दिने बताए पनि ढुवानी व्यवसायी आउन मानेका छैनन्।
भारतले लगाएको अघोषित नाकाबन्दीका कारण उपभोक्ताको चुलो निभेका बेला निगम र व्यापारी आपसमा विवाद गरेर बस्दा उपभोक्ता मर्कामा परेका छन्। भारतीय नाकाबाट आएका ग्यास बुलेट उद्योगमा रिफिलिङ गर्न नदिएर निगमको क्षेत्रीय कार्यालयमै थन्काएर राख्दा उपभोक्ता मर्कामा परेका हुन्।
लगातार तराई बन्द र भारतको अघोषित नाकाबन्दीका कारण उपभोक्ताको जनजीवन कष्टकर बनेका बेला ग्यास बुलेट नाकामै थन्किनु दुःखद भएको अर्यालले बताए। उसै पनि २५ प्रतिशत मात्रै ग्यास बुलेट चालु छ। त्यसमा पनि विभिन्न बहाना निकालेर बुलेट रोक्दा नेपाललाई घाटा भएको छ।
३० दिनदेखि जारी अघोषित नाकाबन्दीबीच धेरै ग्यास बुलेट नेपाल भित्रिएका छन्। तर उपभोक्ताले विगत एक महिनादेखि एक सिलिन्डर ग्याससमेत पाउन सकेका छैनन्। भारतबाट धेरथोर ग्यास नेपाल भित्रिएको छ तर जनताको घरमा एउटा पनि सिलिन्डर पुगेका छैनन्। आएका ग्यास कता गयो, न निगमलाई थाहा छ न उद्योगी। निगमस्रोतका अनुसार हालसम्म २ सयभन्दा बढी ग्यास बुलेट नेपाल भित्रिएका छन्।