झापा- लामो तराई तनाव र भारतीय नाकाबन्दीले इन्धन अभाव भएपछि झापाका उद्योग–धन्दाको उत्पादन आधाभन्दा बढी कटौती भएको छ। इन्धन अभावले उद्योग–धन्दा चल्न समस्या छ भने उत्पादित सामग्री बजार पठाउन नसक्ने अवस्था रहेको उद्योगीले बताएका छन्।
तराईको आन्दोलन र भारतीय नाकाबन्दीले पेट्रोलियम, कच्चा पदार्थ र उद्योगका लागि चाहिने अन्य सामग्री अभाव हुँदा झापाली उद्योगीले उत्पादन दर आधाभन्दा धेरै कटौती गरेका हुन्। झापा उद्योग वाणिज्य संघ अध्यक्ष उमेश डालमियाले लोडसेडिङको मार झेलिरहेको उद्योग, व्यापार क्षेत्रमा भारतीय नाकाबन्दीबाट अझै ठूलो समस्या थपिएको बताए।
'भूकम्पको त्रासदीपछि उद्योग–व्यापार क्षेत्र उठ्ने प्रयासमा थियो,' डालमियाले भने, 'तर, नाकाबन्दीले गर्दा इन्धन आउन नसक्दा उद्योगले उत्पादन घटाएका छन्।' उनका अनुसार झापाका उद्योगीले इन्धन अभाव र लागत बढेपछि उत्पादन ५० प्रतिशतभन्दा धेरै कटौती गरेका हुन्।
झापामा ठूला–साना गरेर ५ सयभन्दा धेरै उद्योग तथा कलकारखाना छन्। सिमेन्ट, चिया, भेनियर, दाल, चामल, वायरलगायत उद्योग छन्। उद्योगलाई कच्चा पदार्थ र इन्धनको अभाव छ। झापामै कच्चा पदार्थ पाइए पनि इन्धन नपाउँदा चिया उत्पादन गर्न समस्या छ। 'चियापत्ती प्रोसेसिङ गर्न पाइएको छैन,' अध्यक्ष डालमियाले भने, 'टिपेको तीन–चार घन्टामै उद्योगमा पुर्या।उनुपर्ने चियापत्ती प्रोसेसिङ नहुँदा ठूलो घाटा भइरहेको छ, उत्पादित चिया पनि गुणस्तरीय नहुने सम्भावना छ।'
झापा उद्योग वाणिज्य संघका अनुसार जिल्लामा १० हजारभन्दा धेरै उद्योग, कलकारखाना तथा टे्रडिङ व्यवसाय सञ्चालनमा छन्। त्यसैगरी, संघमा आबद्ध नरहेका पाँच हजारभन्दा धेरै व्यापारिक संस्था छन्। 'बन्द चाहिँ भएका छैनन् तर उद्योग–व्यापार क्षेत्र तहसनहस छ,' नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश प्रसाईं भन्छन्, 'निजी क्षेत्रको लगानी जोखिमपूर्ण हुँदैछ, मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको छ।' जिल्लामै उत्पादित कच्चा पदार्थले धान्ने उद्योग पनि पर्याप्त इन्धन नहुँदा संकटग्रस्त बनेको उनले बताए। प्रसाईंका अनुसार झापामा उत्पादित सामग्री बन्दका कारण बाहिर पठाउन समस्या भइरहेको छ।
झापामा सञ्चालित उद्योगबाट चामल, जुत्ता, चप्पल, चिया, भेनियर, कपडा तथा अन्य खाद्यान्न उत्पादन हुने गर्छ। तर, लोडसेडिङको मारमा परेका सेलर मिल, जुत्ता चप्पल उद्योग चिया उद्योगसहित अधिकतर कलकारखाना चरम इन्धन अभावसँग जुधिरहेका छन्। मेचीका पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र इलाममा खाद्य सामग्री तथा अन्य सबै किसिमका आवश्यक सामग्री पठाउने ट्रान्जिट झापा नै हो। त्यसैले झापामा इन्धन संकट हुँदा मेचीका पहाडी जिल्लाको व्यापार ठप्प हुने गरेको छ।
व्यापारी–व्यवसायीले दसैं–तिहारलाई मुख्य सिजन भन्छन्। दसैं, तिहार र छठमा अरू महिनाभन्दा धेरै कारोबार हुने गरेकाले यो व्यवसायीका लागि मुख्य सिजन हो। तर, अहिले झापाका मुख्य बजारमै चहलपहल गतवर्षको तुलनामा ज्यादै कम छ। कारोबार पनि सन्तोषजनक नरहेको बिर्तामोडकी सर्टिङ–सुटिङ व्यवसायी भावना श्रेष्ठले बताइन्। 'पहाडबाट आउने ग्राहकको भीडले पोहोर खाना खाने फुर्सद थिएन,' श्रेष्ठले भनिन्, 'यसपटक सुनसान छ, जेठदेखि भाडा तिर्न धौ–धौ छ।' झापाका मुख्य सहर काँकडभिट्टा, बिर्तामोड, दमक, चन्द्रगढी, भद्रपुर, धुलाबारी, चारआलीलगायतमा सर्वसाधारणको चहलपहल नहुँदा व्यापार मन्द छ।
उद्योगी–व्यवसायीले भूकम्पको अस्तव्यस्तता तोड्न इन्धन आयातमा वैकल्पिक मार्ग पहिल्याउनु पर्नेमा जोड दिएका छन्। झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्की निजी क्षेत्रको लगानी सुरक्षित गर्न र जनजीवन सामान्य बनाउन वैकल्पिक मार्गबाट पेट्रोलियम ल्याउनुपर्ने बताउँछन्। 'पारवहन सन्धि–सम्झौतामा रहेर चीन वा अर्को मुलुकबाट इन्धन खरिद गर्नुपर्छ,' उनले थपे, 'भारतीय एकाधिकार अन्त्य गरी अत्यावश्यक सामग्री आयात गर्न वैकल्पिक बाटो खोज्न सरकारी पहल हुनैपर्छ।' उनले इन्धन समस्यासँग सिँगै मुलुक जुधिरहेकाले उपलब्ध ऊर्जाका स्रोत प्रयोग सुरु गरी दीर्घकालीन रूपमै इन्धन संकट समाधान गर्नुपर्नेमा जोड दिए।