चीनद्वारा नेपालसँग विद्युत व्यापार प्रस्ताव
१२ कार्तिक २०७२
•
९ मिनेट पाठ
चीनद्वारा नेपालसँग विद्युत व्यापार प्रस्ताव
काठमाडौं— जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण तथा प्रविधि आदानप्रदानमा सहकार्य गर्न चीनले नेपालसँग विद्युत व्यापार सम्झौता (पिटिए) का लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव अघि सारेको छ। भारतले अघोषित नाकाबन्दी सुरु गरेसँगै चीनले दुई देशबीच सुरुमा समझदारीपत्रमा हस्ताक्षर गरी सम्झौता प्रक्रिया अगाडि बढाउने मनशाय व्यक्त गर्दै असोज ११ गते नै लिखित पत्राचार गरेको खुलेको हो।चिनियाँ जलस्रोत मन्त्रालयअन्तर्गतको 'हान्जाउ रिजनल सेन्टर' ले आयोजना निर्माणदेखि प्रविधि हस्तन्तरणसम्मको समझदारी नेपालसँग गर्न इच्छा देखाउँदै नेपाल विद्युत प्राधिकरणलाई पत्र पठाएको छ ।

प्राधिकरण ऐनअनुसार यस्तो समझदारी कानुनी रुपमा उसले गर्न नमिल्ने हुँदा त्यो पत्र ऊर्जा मन्त्रालयमा पठाएर त्यहीँबाट थप प्रक्रिया सुरु गरिएको प्राधिकरण एक उच्च अधिकारीले नागरिकलाई बताए । 'दुई देशबीच समझदारी गरेर सम्झौताको आधार तय हुनेछ,' ती अधिकारीले भने, 'हाम्रो मन्त्रालय र चीनको जलस्रोत मन्त्रालयबीच समझदारी भई त्यसको कार्यान्वयन दुई सरकारी संस्थाले गर्ने गरी आन्तरिक काम भइरहेको छ ।'

उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले भने चीनले नेपालसँग विद्युत व्यापार सम्झौता गर्न इच्छा देखाएको विषयमा स्पष्ट खुलाउन चाहेनन् । 'केही कुरा भएको छ, तर त्यसबारे आन्तरिक काम भएको छैन,' उनले भने, 'भारतबाट मात्र बिजुली किनिरहेको अवस्थामा विकल्प खोज्न पनि आवश्यक छ ।'

चिनियाँ कम्पनीले गरेको प्रस्तावअनुसार दुवै देशको सहकार्यमा ठूला आयोजना तथा प्रसारण लाइन निर्माण, परामर्श, योजना तय गर्दै नदी बेसिन आयोजनाको अध्ययन गर्न सकिनेछ । दुई देशको सहकार्यमा उपकरण आयात–निर्यात, सौर्य तथा बायोमास ऊर्जा उत्पादन र ऊर्जा क्षेत्रको अध्ययन तथा अनुसन्धानसमेत गर्न सकिने प्रस्तावमा उल्लेख छ ।

चीनले दुई देशको सहकार्यमा पाकिस्तानलगायत एसियाली मुलुकमा ठूला जलविद्युत आयोजना निर्माण गर्दै आएको छ । त्यही मोडलमा नेपालमा आयोजना निर्माण गर्दै व्यपाारसमेत गर्न चाहेको चीनको आशय रहेको प्राधिकरण अधिकारी बताउँछन् । पाकिस्तानमा अपनाइएको मोडलकै आधारमा प्राधिकरणले चिनियाँ कम्पनीसँग काम गर्न नसक्ने हुँदा सरकारस्तरबाटै यस्तो काम हुनुपर्नेमा त्यहाँ अधिकारीको जोड छ ।

चीनमा अहिले ६ वटा हजार केभी क्षमताका राष्ट्रिय ग्रिड (प्रसारण लाइन) सञ्चालनमा छन् । उसले त्यसलाई नेपालको सीमा अर्थात तिब्बतसँग जोड्ने तयारी गरिरहेको छ । चिनियाँ सरकारी अधिकारीले विद्युत व्यापार गर्न प्रसारण लाइन निर्माण गर्नुपर्ने हुँदा तिब्बतदेखि नेपालसम्मको दूरी पहिचान गर्ने प्रक्रियासमेत सुरु गरेको प्राधिकणले जनाएको छ ।

चिनियाँ सरकारी कम्पनीले गरेको प्रस्तावमा कसरी अगाडि बढ्न भन्नेबारे विस्तृत छलफल नभएको मन्त्रालय नीति महाशाखा प्रमुख तथा प्रवक्ता सञ्जय शर्माले बताए । 'समझदारी गर्ने सम्मको कुरा भइसकेको छैन, प्रस्तावको विस्तृत अध्ययनपछि दुवै देशबीच छाता समझदारी गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ,' उनले भने ।

नेपाल र भारतबीच गत वर्ष कात्तिक ४ गते विद्युत व्यापार सम्झौता (पिटिए) मा हस्ताक्षर भएको थियो । उक्त समझदारीले भारतलगायत, बंगलादेश, भुटान, पाकिस्तानलगायत मुलुकसँग बिजुली किनबेच गर्न सकिने आधार तय गरेको छ । नेपाल र चीनबीच बिजुली किनबेचको यस्तै सम्झौता हुने हो भने भविष्यमा नेपालको बिजुलीको बजार फराकिलो हुनेछ । यसले बिजुली आयातमा भारतसँग मात्र रहेको निर्भरतासमेत हट्नेछ ।

नेपालले करिब २ हजार मेगावाट बिजुली भारतलाई बेच्न सकेको भए उसले अहिले यहाँ नाकाबन्दी गर्न नसक्ने टिप्पणी हुँदै आएको छ । बिजुली आयात तथा निर्यात गर्न भारतीय बजारमा मात्र निर्भर नरही चीनसँग पनि त्यही खालको सम्बन्ध विस्तार भएमा भारतले हेप्न नसक्ने ऊर्जा विज्ञहरु तर्क गर्छन् ।

चीनमा अहिले जलविद्युतको करिब २३ प्रतिशत र हावाबाट निकालिएको बिजुलीको हिस्सा ७ प्रतिशत छ । बाँकी सबै कोइलाबाट उत्पादित बिजुली प्रयोगमा आइरहेको छ । चीनमा मागको तुलनामा बिजुलीको आपूर्ति बढी भएकाले पिटिए गरेर प्रसारण लाइन निर्माण भएको खण्डमा उसले यहाँ आवश्यक पर्दा सजिलै बिजुली दिन सक्ने प्राधिकरण अधिकारीको भनाइ छ ।

गत वर्ष नेपाल–भारतबीच सम्पन्न पिटिएले भारतलगायत, बंगलादेश, पाकिस्तान वा भुटानसँग पनि बिजुली किनबेच गर्न सक्ने आधार तय गरेको छ । यसअघि नेपालको बिजुली बंगलादेश लैजान भारतीय भूभि प्रयोग गर्न नदिने बताउँदै आएको थियो ।

प्रसारण लाइन निर्माण तथा क्षमता विस्तार गर्दै सार्क क्षेत्र र उप–क्षेत्रसम्म बिजुलीको साझा बजार विस्तार गर्न सकिनेसमेत सम्झौतामा परिकल्पना गरिएको छ । चीनसँग पनि यस्तो सम्झौता भए आवश्यक पर्दा बजारमूल्यमा जहाँबाट पनि बिजुली किन्न वा बेच्न सकिनेछ ।

भारतसँगको सम्झौताअनुसार दुवै देशले बिजुली व्यापारका लागि सीमा क्षेत्रका प्रसारण लाइन निर्माण, सुधार, स्तरोन्नतीमा जोड दिनुपर्नेछ । यस्तै, चीनसँग पिटिएको आधार तय गर्दा आजैदेखि चीनसँगको सीमा क्षेत्रमा प्रसारण लाइन निर्माणको आधार तयार गर्नुपर्ने हुन्छ ।

चीनले तिब्बतको सिगात्सेसँग विद्युतीय रेलमार्ग विस्तार गरिसकेको छ । सन् २०२० सम्म उक्त रेलमार्ग केरुङसम्म विस्तार गर्ने योजनाका साथ काम गरिरहेको छ । प्राधिकरणका अधिकारीका अनुसार रेलमार्गका लागि पनि उसले केरुङसम्म उच्च भोल्टेजको राष्ट्रिय प्रसारण लाइन सञ्जालसमेत निर्माण सुरु गरेको छ । विद्युत व्यापार तथा आदानप्रदान गर्न नेपालले पनि यही आधारमा नीतिगत प्रक्रिया र संरचना तयार गर्नुपर्ने देखिन्छ ।

चीनका २३ प्रान्तमध्ये तिब्बत पाँचौं स्वशासित प्रान्त हो । बिजुली किन्ने समझदारी सुरुमा केन्द्र सरकारसँग गरी उसको निर्देशनमा मात्र तिब्बतसँग गर्नुपर्नेछ । समझदारी सम्झौतामा रुपान्तर हुन सके तिब्बतसँग जोड्न लागिएको १००० केभीको प्रसारण लाइनबाट नेपालले बिजुली किन्न सक्नेछ र बढी हुँदा बेच्न सक्ने बाटोसमेत खुल्नेछ । नेपालमा अहिलेसम्म जम्मा १३२ केभी प्रसारण लाइनमात्र निर्माण भएका छन् ।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस