काठमाडौं- रक्सौल, मितेरीपुलमा जारी धर्नाका कारण नेपाल ल्याउन भरिएका २ सयभन्दा बढी ग्यास बुलेट भन्सार नाकामा रोकिएको बारे पर्सा प्रशासन र भारतीय समकक्षीबीच आइतबार अनौपचारिक छलफल भएको थियो।
स्रोतका अनुसार भारतीय भन्सार र सीमा सुरक्षाबलका अधिकारीले 'मितेरीपुलमा रहेको अवरोध हटे आफूहरु ग्यास बुलेट पठाउन तयार रहेको तर त्यसबापत नेपालमा अड्केर बसेका भारतीय सवारीसाधन पहिले पार हुनुपर्ने' सन्देश दिएपछि नेपाली पक्ष त्यसमा सकारात्मक भयो।
छलफलमा भारतीय पक्षको सर्तबारे स्थानीय प्रशासनले तत्काल गृह मन्त्रालयलाई जानकारी गरायो। रक्सौल नाकामा अड्किएका ग्यास बुलेट नेपाल भिœयाउन सके २ लाख २२ हजार २ सय ५० सिलिन्डर ग्यास भरिने भएपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दियो।
'भारतीय पक्षले नेपाली नाकामा रहेको अवरोध हटे उता रोकिएका ग्यास र इन्धन बोकेका सवारीसाधन नेपाल पठाउन सहयोग गर्ने भनेपछि मन्त्रालयले सीमामा रहेको अवरोध हटाउन निर्देशन दिएको हो,' गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले नागरिकसँग भने।
गृहको निर्देशनलगत्तै आइतबार बेलुका जिल्ला सुरक्षा समितिको बैठक बसेर मितेरीपुलमा रहेको अवरोधको समीक्षा गरेको थियो। पुलमाथि केही पाल र जम्मा १३ जना धर्नाकारी मात्र भएको र दसगजापारि पुलमुनि भने करिब एक सय ५० धर्नाकारी रहेकाले सखारै पुलमाथिका प्रदर्शनकारीलाई हटाउन सकिने निष्कर्ष निकाल्दै सुरक्षा संगनठनलाई सोहीअनुसारको निर्देशन गएको थियो। सुरक्षाकर्मीले मितेरीपुलको अवरोध हटाउन सोहीअनुसार तयारी गरेका थिए।
बिहान ५ बजे जिल्ला प्रहरी कार्यालय, पर्साको प्रहरी टोली धर्नाकारी बसेको स्थल पुग्दा सूचनाअनुसारै त्यहाँ १३ जना मात्र प्रदर्शनकारी थिए। प्रहरीले उनीहरु बसेको पाल हटाउँदै त्यहाँ रहेकालाई नियन्त्रणमा लिने क्रममा ८ जना भारतीय सीमातिर भागे भने पाँच जनालाई प्रहरी नियन्त्रणमा आए। नियन्त्रणमा लिइएका मध्ये दुई जना भारत, बिहार पूर्वीचम्पारण मोतिहारीका महमद जमरुद्दिन र समद अन्सारी थिए। पुलमुनि रहेकाहरु त्यहाँबाट हटेर भारतीय सीमामै पुगे
मितेरीपुलको अवरोध हटेपछि सहमतिअनुसार प्रहरीले नेपालतिर अड्किएका भारतीय सवारीसाधन सीमापारि पठाए। करिब ५ घन्टासम्म निर्वाध रुपमा नेपालतिरबाट २ सय २९ वटा सवारीसाधन भारतीय भूमि छिरेका थिए।
'धर्नास्थलमा बसेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएलगत्तै सीमा अवरोध खुल्यो,' जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी प्रमुख राजबाबु श्रेष्ठले भने, 'यताका सवारीसाधन क्लियर भएलगत्तै भारतीय सीमामा अड्किएका इन्धन बोकेका सवारीसाधन नेपाल पठाउने भनिएको थियो, तर त्यसो हुन पाएन।'
बिहान करिब साढे १० बजेसम्म निर्वाध रुपमा सवारीसाधन भारततिर गइरहेका थिए। नेपाली सीमामा रहेका भारतीय सवारीसाधनको चाप घटेपछि नेपाली पक्षले भारतीय पक्षलाई सहमतिअनुसार नेपाल आउन तयारी अवस्थामा रहेका इन्धन बोकेका सवारीसाधन पठाउन आग्रह गर्योत। त्यतिबेलासम्म पनि उनीहरुले नौ वजेपछी भन्सार प्रक्रिया पूरा गरेर पठाउने आश्वासन दिएको थियो। तर, आश्वासन कार्यान्वयनमा आएन।
'इन्धन बोकेका सवारीसाधन नेपाल पठाउने भनिए पनि उनीहरुले समय लम्ब्याउँदै लगे,' गृह प्रवक्ता ढकालले भने, ' पठाउँछु भने पनि इन्धन बोकेका सवारीसाधन आएनन्, उतै अड्किए।'
घटनास्थलमा खटिएका प्रहरी अधिकारीका अनुसार भारत प्रवेश गर्ने सवारीसाधनको चाप घटेलगत्तै सीमापारि प्रदर्शनकारी भेला भएर मितेरीपुलमा रहेका प्रहरीमाथि ढुंगामुढा गर्दै धकेल्दै आए।
भारतीय सीमाबाट नेपालतिर आएका प्रदर्शनकारीले प्रहरी टोलीमाथि ढुंगामुढा हान्न थालेपछि सुरक्षाकर्मी पछि हटेका थिए। प्रहरी टोली मितेरीपुलबाट करिब ६ सय मिटर पर सरेपछि नाकामा रहेको माइती नेपालको चेकपोस्ट प्रदर्शनकारीले जलाइदिएका थिए।
मितेरीपुल क्षेत्र प्रदर्शनकारीले नियन्त्रणमा लिएपछि नेपालतिरको भूभागमा समेत उनीहरुको संख्या बढ्दै गयो। प्रहरी अधिकारीका अनुसार स्थानीय एफएमहरुले प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको समाचारसँगै सर्वसाधारणलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए।
'पाँच घन्टासम्म अवस्था शान्तिपूर्ण थियो, प्रहरीले बलै प्रयोग नगरेको अवस्थामा समेत बल प्रयोग गरेको, दर्जनौं प्रदर्शनकारी घाइते भएको सन्देशसँगै प्रदर्शनमा सहभागी हुन आह्वान हुन थालेपछि प्रदर्शनकारीको संख्या बढ्यो,' एसपी श्रेष्ठले भने।
वीरगन्जका विभिन्न स्थानमा बढेको प्रदर्शनसँगै प्रहरी कार्यालय र सरकारी कार्यालयमा पेट्रोल बम प्रहार हुन थाल्यो। सुरक्षाकर्मीले प्रदर्शनकारीलाई तितरबितर पार्न ४४ सेल अश्रुग्यास प्रहार गरे पनि त्यसको प्रभाव परेन। एसपी श्रेष्ठका अनुसार प्रदर्शनकारीले वीरगन्जको इनर्वा प्रहरीचौकीमा आक्रमण शुरु गरेपछि दिउँसो साढे १ मा गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भयो। प्रदर्शनकारीको मृत्युपछि अवस्था थप बिग्रन सक्ने भन्दै स्थानीय प्रशासनले तीन बजेबाट कर्फ्यु आदेश जारी गर्यो।