काठमाडौं- भारतीय नाकाबन्दीले पेट्रोलियम पदार्थ आयात रोकिँदा करिब दुई महिनादेखि पीडित काठमाडौं उपत्यकाका सर्वसाधारणलाई नेपाल आयल निगमले लगातार तीन दिन पेट्रोल बेच्ने भएको छ।
निगम सञ्चालक समितिको सोमबार बैठकले आगामी बिहीबारदेखि शनिबार (कात्तिक १९ देखि २१ गते) सम्म निजी सवारीसाधनलाई मात्र पेट्रोल वितरण गर्ने निर्णय गरेको हो। 'तीन दिन पेट्रोल वितरण गर्दा सर्वसाधारणलाई केही राहत मिल्ने विश्वास छ,' निगमका निमित्त निर्देशक मुकुन्द घिमिरेले सोमबार नागरिकसँग भने, 'हामी सकेसम्म सबैले पाउने गरी वितरण गर्छौं।'
घिमिरेका अनुसार मोटरसाइकलका लागि बिहीबार १ देखि ३० लट, शुक्रबार ३१ देखि ५० लट र शनिबार ५१ देखि माथिका सबैलाई पाँच/पाँच लिटरका दरले पेट्रोल वितरण गरिँदैछ। निजी गाडीका लागि पनि लटअनुसारै व्यवस्था गरिने निगमले जनाएको छ। पेट्रोल लिन जाँदा बिलबुक अनिवार्य देखाउनुपर्ने निगमले जनाएको छ। पेट्रोल दिएपछि पम्पले बिलबुकमा छाप लगाइदिने जनाएको छ।
'तीन दिनसम्म उपत्यकाका ५० वटा पम्पमा पेट्रोल दिइनेछ,' उनले भने, 'आफूलाई पायक पर्ने पम्पबाट तेल खरिद गर्न सकिन्छ। कुन–कुन पम्पमा पेट्रोल पाइन्छ भन्ने जानकारी वितरण गर्ने अघिल्लो दिन मात्रै सार्वजनिक गर्छौ।'
निगमका निर्देशक घिमिरेका अनुसार बिहीबारदेखि निजी सवारी (मोटरसाइकल र कार र जिप) को लटअनुसार पेट्रोल दिने निर्णय भएको हो। तीन दिनमा ९ लाख लिटर पेट्रोल वितरण गरिने निगमले जनाएको छ। यस्तै, निजी सवारीलाई वितरण गर्ने दिन (कालो र सेतो प्लेट) लाई दिइनेछैन।
'गृह तथा वाणिज्य तथा आपूर्ति मन्त्रालय, सुरक्षा निकाय, निगमसहितको सोमबार भएको बैठकले निजी सवारीसाधानमा लटअनुसार तीन दिन पेट्रोल वितरण गर्ने निर्णय भएको छ,' निर्देशक घिमिरेले भने, 'तीन दिन निजीलाई मात्रै वितरण गर्नेछौं।' निगमका अनुसार बिहीबार १ देखि ३० लट, शुक्रबार ३१ देखी ५० लट र तेस्रो दिनमा ५१ देखिमाथि लटका मोटरसाइकलहरुलाई वितरण गरिने छ। कार र जिपको हकमा पहिलो दिनमा १ देखि ५ लट, दोस्रो दिन ६ देखि ९ र तेस्रो दिन १० देखिमाथिकालाई वितरण गरिने जनाइएको छ।
निगमका अनुसार मोटरसाइकललाई ५ र कार र जिपलाई १५ लिटर इन्धन दिइनेछ। घिमिरेका अनुसार बिहीबारदेखि शनिबारसम्म निजी पम्पबाट पनि इन्धन वितरण हुनेछ। यसका लागि मंगलबार सूचना प्रकाशित गर्ने तयारी भएको घिमिरेले जानकारी दिए। 'निजी सवारीलाई वितरण हुने दिन दैनिक ५० देखि ५५ वटा पम्पबाट वितरण गर्छौं,' उनले भने, 'कुन पम्पबाट वितरण हुनेबारे मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्ने तयारी छ।'
निगमका अनुसार चीनबाट इन्धन भित्रिने क्रम सुरु भएकाले निजीलाई पनि वितरण गर्न लागिएको हो। बिहीबार वितरण हुने इन्धन भने भारतीय आयल कर्पोरेसन्स (आइओसी) बाटै आएको हो।
चीनबाट अनुदानमा भित्रिने इन्धन युरो ४ मापदण्डको भएकाले उक्त इन्धन परीक्षणपछि मात्रै वितरण गरिने जनाएको छ। चीनबाट आएको पेट्रोललाई परीक्षणपछि मात्र बजारमा पठाउने निर्णय भएको थानकोट डिपो प्रमुख रविन शर्माले बताए। 'हामी भारतबाटै आएको तेल वितरण गर्छौं,' उनले भने, 'चीनबाट आएको तेल परीक्षण गर्न जरुरी छ।'
चिनियाँ पेट्रोल थानकोटमा
चीनले अनुदानमा नेपाललाई दिएको पेट्रोलको पहिलो लट सोमबार साँझ काठमाडौं भित्रिएको छ। नेपाल आयल निगमले १२ वटा ट्यांकरमा ९७ हजार ९ सय लिटर पेट्रोल सोमबार साँझ काठमाडौं ल्याइपुर्याकएको हो। यी ट्यांकर शुक्रबार बिहान काठमाडौंको थानकोटबाट धादिङको गल्छी हुँदै रसुवाबाट तिब्बतको केरुङ पठाइएको थियो।
ल्हासाबाट केरुङसम्म चीनले नै तेल ढुवानी गरेर नेपाली ट्यांकरमा भरिदिएको हो। पटक–पटक गरी आइतबार बेलुकासम्म १२ वटै ट्यांकर रसुवागढी भन्सारबाट नेपाल छिरेका हुन्। चीनले कुल १ हजार टन तेल दिन लागेको छ। यसमध्ये सोमबार ७३.५ टन तेल काठमाडौं आइपुगेको छ। काठमाडौं आइपुगेको तेल सोमबार थानकोटस्थित डिपोमा केरुङबाट आएकै ट्यांकरमा राखिने र मंगलबार बिहान मात्रै खन्याइनेछ। निगमले थप २६ वटा ट्यांकर केरुङ पठाइसकेको छ। यसमध्ये २२ वटा सोमबार र चारवटा आइतबार केरुङ गएका हुन्।