चाबहिल चुच्चेपाटी चोकस्थित पासाङ ल्हामु शेर्पाको सालिकबाट थोरै भित्रपट्टिको खुला चौर त्रिपालले भरिभराउ छ। केही खाली ठाउँमा पनि कुनै बेला पाल टाँगेर बसेकाहरूले मिलाएर राखेको इँटाका चाङ अझै जस्ताको तस्तै देखिन्छ। भूकम्प गएको छ महिनापछि पनि यहाँबाट त्रिपाल हट्न सकेको छैन।चौरको पारिलो घाममा इँटामाथि टुसुक्क बसेका कालो वर्णका सिन्धुलीका ३८ वर्षीय हिराबहादुर आले मगर। उनको अनुहारबाट कान्ति हराएको छनक उनलाई भेट्ने जो कोहीले पनि सजिलै भेउ पाउन सक्छ। उक्त मैदानको पालमा आश्रित सयौंमध्येका एक हुन्, जो अरूजस्तै वैशाख १२ को भूकम्पपछि विस्थापित भएर पालमा पुगेका हुन्।
'हामी यहाँ बस्न थालेको लगभग सात महिना पुग्न लाग्यो,' उनले दुखेसो सुनाए, 'कहिलेसम्म यहाँ यसरी बस्ने हो टुंगो छैन।' ज्याला मजदुरी गरेर परिवारको पेट पाल्दै आइरहेका हिराबहादुरको जीवनलाई भूकम्पले तहसनहस बनाइदिएको छ। कतिसम्म भने उनले पहिलोपटक त्रिपालमुनि दसैं मनाउनुपर्योे। त्यो पनि के खाऊँ के लाऊँ भन्ने अभावबीच। 'दसैंअघि त कोही पनि राहत दिन आएनन्,' उनले भने, 'पहिला जम्मा गरेको अलिअलि अन्नपात थियो त्यसैले टार्यौं।' चाडबाडको बेला अभावका कारण छोराछोरीको खिन्न अनुहार देख्दा उनको मन निकै पिल्सिएको थियो। 'बालबच्चाको पनि मिठो खाऊँ भनेर आँत हरहर भएको ठानेर जेनतेन दुई किलो मासु ल्याएँ,' उनले रुन्चे हाँसो हाँस्दै भने, 'नसक्ने बेला त्यै पनि ठूलो भयो।'
अभाव, गरिबी र घरबारविहीनको अवस्था त आफ्नो ठाउँमा छ। भूकम्पले गरी खानुपर्ने ज्यानलाई नै धक्का दिएपछि उनको मन कुँडिनु स्वाभाविक हो।
भूकम्पले थिलथिलो बनाएको पीडितहरूको चोटमा भारतले गरेको नाकाबन्दीले नुनखुर्सानी छर्केको छ। आम जनताको भान्सादेखि सडकसम्म अभाव असरल्ल देखिन्छ यति बेला। त्यसमाथि पनि नाकाबन्दीबीच आउने चाडपर्व भूकम्पपीडितका बोझजस्तै भएको छ। 'पहिला हजार–बाह्र सयमा पाउने एक बोरा चामललाई अहिले दुई हजार पर्न थालेको छ,' हिराबहादुरले पीडा सुनाए, 'त्यसै त घरबार नभएर बिल्लीबाठ भएको अवस्थामा नाकाबन्दीले सेक्नुसम्म ढाड सेकेको छ।'
उनले न सरकारले सुरुमा दिने भनेका १५ हजार रुपैयाँ पाएका छन्, न अरू कुनै सहयोग। 'अहिलेसम्म दाताले राहत भनेर जे दिएका छन्, त्यसैबाट गुजारा चलेको छ,' उनले भने, 'गाउँको घर पनि भत्कियो केही बाँकी छैन। उता गएर बस्नुहुन्थ्यो खुट्टाको उपचार सकिएको छैन।'
भूकम्पमै परेर उनको दाहिनो खुट्टाको पौँजा गुमेको छ। चुच्चेपाटीस्थित डेरामा रहेका उनले दुई नाबालक छोरा र श्रीमतीलाई घरबाहिर निकाल्न त भ्याए तर आफ्नो खुट्टा सधैंका लागि गुमाए। उपचारका लागि उनले अहिले पनि अस्पताल गइरहनुपर्छ। उनको अहिलेको सबैभन्दा ठूलो चिन्ता आफ्नो खुट्टाको भन्दा पनि काठमाडौंमा बढ्न थालेको चिसोको छ। 'यो नलाग्नु घाउ लाग्यो। मरिएन। बाँचियो। अब यो जाडोले परिवारलाई नै पो लग्ला भन्ने डर छ,' उनले भने, 'तुषारो पर्न थालिसक्यो। राति पालभित्र तपतप शीत चुहिन्छ। न राम्रो ओढ्ने–ओछ्याउने छ। खै कसरी कट्ला यो जाडो?'
...
अहिले भूकम्पपीडितको सबैभन्दा ठूलो समस्या भनेकै बढ्दै गइरहेको चिसोको हो। चाहे पीडित काठमाडौं उपत्यकाका हुन्, गोरखा या दोलखाका। यो बढ्दै गएको चिसोलाई उनीहरूको पालले नछेक्ने भएकैले उनीहरू हारगुहार गरिरहेका छन्।
दोलखाको घ्याङ सुकाठोकर गाविसका ३२ वर्षीय कुमार तामाङका अनुसार सरकारले राहत नदिए पनि घरको डिजाइनमात्र दिए केही दुखजेलो गरेर जाडो छल्ने उपाय गर्न मिल्थ्यो। तर सरकार पुनर्निर्माणमा उदासिन भएकाले पीडित झनै पीडित हुनुपरेको हो। 'मेरो घर सैलुङमुनि पर्छ। भूकम्पले भत्काएको घरमा जस्ताको छानाले बेरेर बसिएको छ। चिसोलाई कसरी छल्ने?' उनले आक्रोश पोखे, 'घरको डिजाइनमात्र दिए पनि त हामी आफैं ऋणधन गरेर बनाउँथ्यौं।'
कुमारको दाबी मान्ने हो भने उनको गाविसमा अझै सरकारले दिने १५ हजार दिइएको छैन। विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लगेर बाँडेको राहतले नै सबैको गुजारा चलेको छ।
'भत्केको घरमै सीमित अन्नपिठोको भरमा जेनतेन दसैं त टर्योक,' उनले दुखेसो पोखे, 'तिहार आयो, दिदीबहिनीले आश गर्छन्। तर के गर्ने? आफूसँग छैन।' काठमाडौंमा एक रेस्टुरेन्टमा मजदुरी गर्ने उनको भूकम्प–पीडाबाट फुत्कन खोज्ने मनस्थितिलाई पनि नाकाबन्दीले नराम्रोसँग खलबल्याइदिएको छ।
एनका १० र सात वर्षका नानी छन्। साहुले कुनै पनि बेला रेस्टुरेन्ट बन्द हुन सक्छ भनेका रहेछन्। 'काम गर्दागर्दै त अहिले खाए भरे के खाऊँ भन्ने छ। काम पनि भएन भने के गर्ने हो? केही सोच्नै सक्दिनँ,' आँखाको डिलबाट खस्न लागेेको आँसु लुकाउँदै उनले भने, 'गरिब, त्यसमाथि पनि पीडित हुनु त पापै रहेछ। ठूलाबडालाई बन्द भए पनि, नाकाबन्दी भए पनि, भूकम्प आए पनि पुगेकै छ। पीडा भोग्नु त हामीले मात्रै रहेछ।'
नुवाकोट पार गाउँका पासाङ शेर्पाको पीडा आफ्नै प्रकारको छ। गाईबस्तु चराउन जंगल गइरहेको बेला आएको भूकम्पमा परी उनको खुट्टै भाँच्चियो। 'पारबाट सेनाले सुरुमा नुवाकोट ल्याएर राख्यो। त्यसको पाँच दिनपछि उनी उपचारका लागि काठमाडौं आए।
उनको भाँच्चिएको खुट्टा निको हुन वर्ष दिन लाग्ने डाक्टरले बताएका छन्। 'सरकारले दिएको १५ हजार त पाइयो, त्यसले घर नै बन्दैन,' चुच्चेपाटीमा पाल टाँगेर बसेका उनले भने, 'घर बनाउन दिने भनेको दुई लाख कहिले दिने हो पत्तो छैन।' शेर्पाका अनुसार सरकारले ससानो सहयोग गर्नुभन्दा एकमुष्ठ सहयोग गरे व्यवस्था गर्न सजिलो हुन्थ्यो। 'थोरैथोरै दिन्छ, त्यो त खाएरै सकिन्छ। के गरी घर बनाउनु? केही थाहा छैन,' उनको गुनासो छ।
नेपालमा तथ्यांकको पहुँचलाई सहज बनाउन स्थापित कोडफर नेपाल नामक एक अमेरिकी संस्थाले गरेको अध्ययनअनुसार ५७ प्रतिशत पीडितले आफ्नो पहिलो प्राथमिकता घर निर्माण रहेको देखाएको छ। उक्त संस्थाले दुई महिनाअघि मात्रै भूकम्प प्रभावित चार जिल्लामा ७ सय ६७ जनासँग सर्वे गरेर निकालेको तथ्यांकले सरकारी पक्षबाट भन्दा गैरसरकारी संस्थाहरूबाट राहत पाउनेको संख्या धेरै रहेको पनि देखाएको छ।
भूकम्पको आठ दिनसम्म पनि कुनै सहयोग नपाएकाको संख्या ८९ प्रतिशत रहेको उक्त अध्ययनले देखाए पनि अधिकांशले राहत पाउनका लागि तीन महिना कुर्नुपरेको थियो। यद्यपि सरकारबाट कुनै न कुनै प्रकारको सहायता पाउनेको संख्या भने ७४ प्रतिशत रहेेको छ। उक्त संस्थाले गरेको अध्ययनको सान्दर्भिकता अहिलेको सरकारको भूकम्प प्रभावितप्रतिको उदासिनता र गैरजिम्मेवारीले पुष्टि गर्छ।
अमेरिकी दूतावासलगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नाकाबन्दीका कारण जाडो आइसक्दा भूकम्प प्रभावितलाई राहत पुर्याभउन कठिन भएको बताउँदा पनि सरकार मौन छ। अमेरिकी दूतावासले बिहिबारमात्रै एक विज्ञप्तिमार्फत नाकाबन्दीका कारण भूकम्पपीडितलाई राहत वितरणमा समस्या आएको र यसले गम्भीर मानवीय संकट पैदा गर्ने बताएको थियो।
सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि असार १० गते दाता सम्मेलन गरेको थियो। त्यसबाट प्राप्त स्रोतको उचित प्रयोजनका लागि छुट्टै अधिकारसम्पन्न निकाय 'राष्ट्रिय पुनर्निर्माण प्राधिकरण' गठन गर्ने घोषणा गरेर अध्याधेश पनि ल्यायो। उक्त प्राधिकरण प्रधानमन्त्रीको अध्यक्षतामा गठन भए पनि प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले सञ्चालन गर्ने गरी त्यसको संयन्त्र तय गरिएको थियो। प्रमुखसँग योजना तय गर्ने, खारेज गर्नेजस्ता सम्पूर्ण अधिकार प्रत्यायोजित गरिएको थियो। प्राधिकरणको गठन गर्ने भनेर अध्यादेश ल्याए पनिसमयमा नै संसदबाट अनुमोदन नगराउँदा त्यो अध्याधेश स्वतः खारेज भइसकेको छ।
दाता सम्मेलनमा दाताहरूले पनि दिने भनेर कबोल गरेको रकम प्राधिकरणको गठन नभएसम्म आउँदैन। किनकि दाताले दिने भनेको सबै रकम 'नन कमिटेड फन्ड' हो। अर्थात् दाता सम्मेलनमार्फत दिने भनेर कबोल गरिएको रकम पूर्व प्रतिबद्धताभन्दा बाहिरको रकम हो। यो रकम सम्पूर्ण रूपमा पुनर्निर्माणमा मात्रै खर्चिनुपर्ने हुन्छ। यो रकम प्राप्त गर्नका लागि पहिले त प्राधिकरण गठन हुनु अत्यन्तै आवश्यक छ। प्राधिकरणले बनाएको योजनामा दातृ निकायले प्रतिबद्धता जनाएअनुसारको सहयोग रकम उपलब्ध गराउने हो।
प्राधिकरण नभएपछि भूकम्पपछिका पुनर्निर्माणका सबै योजना र काम अलपत्र बनेका छन्। प्राधिकरणले नै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी तथा पुनर्निर्माणका लागि आवश्यक पर्ने जनशक्ति विकास र कार्यक्रम लागू गर्ने, गैरसरकारी संस्था, निजी क्षेत्र वा समुदायलाई परिचालन गर्ने, पुनर्निर्माणको काममा सरोकारवाला निकायको क्षमता विकास गर्ने काम पनि गर्नुपर्ने थियो।
योजनादेखि नीति निर्माणको सबै कार्यभार प्राधिकरणलाई दिएपछि राष्ट्रिय योजना आयोगले पनि पुनर्निर्माणको विषयमा योजना बनाउनेसम्बन्धी कुनै गृहकार्य गरेको छैन। भूकम्प गएलगत्तै 'विपद्पछिको आवश्यकता चिनारी (पिडिएनए) तयार पारेको योजना आयोगले केही मन्त्रालयसँगको सहकार्यमा पुनर्निर्माण नीतिको मस्यौदा तयार पारेको थियो। तर, हाल योजना आयोगका सबै पदाधिकारीले पनि राजीनामा दिएका कारण सरकारको उक्त संयन्त्र निष्कृय छ।
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कसरी गर्ने भन्ने नीति तय नभएसम्म कुनै काम अगाडि बढ्दैन। अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार पुनर्निर्माणको काम थालनी हुन अझै केही महिना लाग्न सक्छ। यद्यपि यसबीच सरकारले घर भत्कनेका लागि दिने भनेको दुई लाख रुपैयाँ भने निकासा दिन सक्ने सम्भावना छ। अर्थ सचिव सुमन शर्मा भूकम्प गएको छ महिना बितिसक्दा पनि प्राधिकरण निर्माण अन्यौल रहेकामा अनभिज्ञता प्रकट गर्छन्। 'यति समय बितिसक्दा पनि किन त्यो संयन्त्र गठन हुन सकेन कसैले भन्न सकेको छैन,' उनले भने, 'कहाँ के अड्किएको हो, थाहा छैन।' प्राधिकरण गठन नभएसम्म धेरै काम र योजना अगाडि बढाउन सकिनेमा उनी पनि विश्वस्त छैनन्।
सरकारले उक्त संयन्त्रको गठनविना पुनर्निर्माणको काम सुरु गर्न प्रायः असम्भव नै छ। तर आफ्नो मन्त्रीमण्डल पूर्ण बनाउन र नाकाबन्दीले सिर्जित समस्या, तराई आन्दोलनले गर्दा भूकम्प अहिले सरकारको नजरबाट ओझेल परेको भान हुन्छ। अधिकांश भूकम्पपीडितलाई पनि त्यस्तै लाग्छ।
'कुर्सीकै लडाइँमा व्यस्त छ सरकार। भोट दिएर उनीहरूलाई कुर्सीसम्म पुर्यादउने जनताको भने कुनै मतलब छैन,' हिराबहादुरको आक्रोश छ, 'तराईका नेतालाई पनि कुर्सी कै मोह हो। नत्र पहाडमा भूकम्पले पीडा दिएको छ भनेर सोच्थे होलान्। तराईका जनता मरे पनि पहाडका मरे पनि नेतालाई कुर्सी नभाँचिए पुग्दो रहेछ।'