काठमाडौं- नेपाल आयल निगमले आवश्यकभन्दा आधामात्र हवाई इन्धन उपलब्ध गराउने भएपछि आन्तरिक वायुसेवा कम्पनीहरूले सोमबार ५० प्रतिशत उडान स्थगन गर्ने घोषणा गरेका छन् ।
आयल निगमले सोमबारका लागि वायुसेवा कम्पनीका जहाजलाई करिब ३५ हजार लिटर हवाई इन्धन (एयर टर्बाइन फ्युल) उपलब्ध गराउने भनेपछि त्यसदिन ५० प्रतिशत उडान स्थगन र त्यति नै उडान गर्ने भएका हुन् ।
वायुसेवाहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित पोखरा र अन्य विमानस्थलबाट सोमबार तालिकाअनुसार गर्ने उडान स्थगन गरेका हुन् । आधाजति इन्धन उपलब्ध भएका कारण बाँकी आधा उडान भने यथावत हुनेछन् ।
'आयल निगमले हामीलाई चाहिनेभन्दा आधाजति इन्धन उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आधा कटौती गरी आधा उडान गर्ने निर्णय गरेका छौं,' आन्तरिक वायुसेवा कम्पनीहरूका छाता संगठन वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले आइतबार नागरिकसँग भने, 'अहिले आयल निगमलाई हवाई इन्धन आपूर्ति गरिरहेको नेपाल वायुसेवा निगमले सोमबार तीन उडान गरी भारतबाट इन्धन ल्यायो भने मंगलबारबाट सबै उडान गर्न सकिन्छ ।'
वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एयरलाइन्स, सिम्रिक एयरलाइन्स र तारा एयरले उडान कटौती गर्ने निर्णय गरेका हुन् । आन्तरिक वायुसेवालाई नियमित तालिकाअनुसार उडान गर्न औसत ५० हजार लिटर हवाई इन्धन आवश्यक पर्छ । माग बढेका बेला र बन्द, नाकाबन्दी र असामान्य अवस्था आए दैनिक थप १० हजार लिटर बढी खपत हुने गर्छ ।
आन्तरिक वायुसेवाले इन्धन अभावका कारण आइतबार पनि करिब ७० प्रतिशत उडान स्थगन गरेका थिए । यसबाट ५४ उडान स्थगन भएका थिए ।