कालो अर्थतन्त्र मौलाउँदै, सरकार निरीह
२२ कार्तिक २०७२
•
९ मिनेट पाठ
कालो अर्थतन्त्र मौलाउँदै, सरकार निरीह
काठमाडौं- मधेस आन्दोलन तथा नाकाबन्दीको फाइदा उठाएर उपभोग्य सामग्री कालोबजारी गर्ने क्रमसँगै कालो (छाया) अर्थतन्त्र मौलाउन थालेको भन्दै अर्थविदहरूले चिन्ता व्यक्त गरेका छन्। अर्थविदहरूका अनुसार अर्थतन्त्रका संरचनागत र सरकारका विभिन्न कमजोरी तथा बजारको परम्परागत चरित्रका कारण नेपालको अर्थतन्त्रजत्तिकै आकारको अर्को छाया अर्थतन्त्र पनि देशमा छ। अपराध, भ्रष्टाचार, कालोबजार र तस्करी जस्ता गैरकानुनी क्रियाकलापजन्य आम्दानीलाई छाया अर्थतन्त्र भनिन्छ।




भारतले डेढ महिनादेखि लगाएको नाकाबन्दी र तीन महिनादेखि तराई–मधेसमा जारी आन्दोलनका कारण बढेको तस्करी र कालोबजारीले कालो अर्थतन्त्रलाई बढावा पुगेको छ।

पूर्व अर्थसचिव रामेश्वर खनालले अभावका नाममा हाल कालो अर्थतन्त्र मौलाउँदै गएको जनाउँदै यसबाट दीर्घकालमा अर्थतन्त्रमा ठूलो समस्या देखा पर्ने बताए। अर्थतन्त्र विस्तारै सरकारको हातबाट कालोबजारी र अपराधीको हातमा जान लागेकोमा उनले चिन्ता व्यक्त गरेका छन्।

अर्थ सचिव सुमन शर्माका अनुसार बजारमा माग बढेको र आपूर्ति कम भएका कारण उपभोक्ताले धेरै मूल्य तिरेर सामान किन्नुपरिरहेको छ जसका कारण कालोबजारी मौलाएको हो। 'यो टे्रन्ड बढ्दै गए अपराधीको हातमा अर्थतन्त्र पुग्ने खतरा बढ्छ,' शर्माले भने, 'त्यसैले अर्थतन्त्र संकटग्रस्त हुने सम्भावना छ।'

केन्द्र्रीय तथ्यांक विभागका अनुसार नेपालको अर्थतन्त्रको आकार २१ खर्ब बराबरको छ। 'तर, त्यतिकै आकारको समानान्तर अर्थतन्त्र पनि छ,' अर्थशास्त्री मदनकुमार दाहालले भने, 'यसरी समानान्तर अर्थतन्त्र मौलाउँदै जाँदा सरकारले संकटकाल घोषणा गर्नुपर्छ।' अर्थशास्त्रीका अनुसार कालो अर्थतन्त्र नै समानान्तर अर्थतन्त्र हो, जसमा सरकारको हात हुँदैन।

अर्थशास्त्री दाहाल नेपाल 'बनाना रिपब्लिक' मै बदलिएको बताउँछन्। सरकार निरीह र अझै एउटा मुलुकमा पूर्ण रूपमा आश्रित भएकाले पनि अर्थतन्त्रमा ठूलो दुर्घटना हुन सक्ने दाहालको बुझाइ छ।

'नाकाबन्दीका कारण सिर्जित आपूर्तिजन्य समस्याको आडमा छोटो समयमै धेरै पैसा कमाउने समूहका कारण उपभोग्य सामग्रीको बजारभाउ पनि दोब्बरभन्दा बढी भएको छ,' दाहालले भने, 'यसले दीर्घकालमा अर्थतन्त्रमा धेरै ठूलो नकारात्मक असर पार्छ।'

कालो अर्थतन्त्र यसै गरी अझै २, ३ महिना बढे आपराधिक गतिविधि पनि वृद्धि हुने र सीमा क्षेत्रमा नकारात्मक प्रभाव पर्ने पूर्वअर्थसचिव खनाल बताउँछन्।

बजारमा देखिएको विकृतिमा सरकारले हस्तक्षेप गर्नुपर्ने कडा धारणाको भने खनाल खण्डन गर्छन्। उनी सरकारले प्रभावकारी अनुगमन तथा नियमन गर्नुपर्ने धारणा राख्छन्। बजारमा देखिएका विकृति सरकारले नियन्त्रण गर्न सक्ने उनको ठहर छ।

तर, व्यापारी तथा उपभोक्ताअधिकारकर्मी भने सरकारले बजारमा हस्तक्षेप नै गर्नुपर्ने धारणा राख्छन्। सरकारले सबैथोक बजारलाई छाडिदिएकाले अनियन्त्रित भएर कालोबजारी बढेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले नेपाल रिपब्लिक मिडियासँगको अन्तरक्रियामा बताए।

'नाकाबन्दीअघि थोकमा १ सय २० रुपैयाँमा पाइने खाने तेल अभावको कारण दोखाउँदै दोब्बरमा बेच्न थालिएको छ,' उनले भने, 'रहरको दाल, चना तथा चामलको पनि मूल्य अकासिएको छ। थोक व्यापारीले दैनिक उपभोग्यदेखि सबै सामग्रीमा चरम मूल्यवृद्धि गरेका छन्।'

उनका अनुसार बजारमा चामल, मकै, गहुँ, दाल, गेडागुडी, मसलालगायत सबै खाद्यवस्तुमा मूल्यवृद्धि भएको छ। कतिपय सामान बजारमा पाइनै छाडेको छ। सबैभन्दा धेरै मूल्यवृद्धि भने दाल र मसलामा भएको छ। प्रतिकिलो १ सय ४० रुपैयाँ रहेको मासको मूल्य २ सय ६० रुपैयाँ पुगेको छ।

बजार अनुगमन गर्ने निकायकै मिलेमतोमा तिहारका बेला मूल्यवृद्धि गरेर उपभोक्ता ठग्ने व्यापारीसँग मिलेको आरोप लगाउँदै बज्राचार्य सरकारी संयन्त्र प्रभावकारी नभएर खुद्रा व्यापारी पनि पीडित भएको बताउँछन्। कालोबजारी रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्दा आपूर्तिको समस्यालाई बहाना बनाएर टारेको बज्राचार्यको भनाइ छ।

अन्तरक्रियामा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले पनि सरकारले बजारमा प्रभावकारी अनुगमन गरेर कालोबजारीलाई कारबाही गर्नुपर्ने बताए।

आपूर्तिजन्य अभावको आडमा कालोबजारी मौलाउँदा पनि सरकार निरीह बनेकोमा अचम्म मान्दै उनले सरकारले नियमित अनुगमन गरेर दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए। मूल्यवृद्धि नियन्त्रण गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने भन्दै उनले सरकारी अनुगमन शून्य हुँदा त्यसको फाइदा व्यापारीले लिएको बताए। 'सरकारले नै तीन महिनासम्म खाद्यपदार्थ लगायत अन्य सामग्री अभाव हुँदैन भनेको थियो,' उनले भने, 'तर नाकाबन्दी भएको एक महिना नबित्दै बजारमा दैनिक उपभोग्य वस्तुको चरम अभाव देखाइएको छ।'

सरकारको लापरबाही र व्यापारीको मनोमानीका कारण बजार नियन्त्रण बाहिर गएको उनको बुझाइ छ। उनले सरकारले अभावका बेला विशेष किसिमको व्यवस्था गर्न नसकेकाले यस्तो स्थिति आएको बताए। 'नाकाबन्दीले समग्र रूपमा नेपालीको आम्दानी घटाएकाले गरिबीको रेखामुनि रहेको वर्ग सबैभन्दा बढी पीडित बनेको छ। तर, सरकार निरीह छ,' उनले भने।

भारतको नाकाबन्दीले समष्टिगत रूपमा नेपालीको क्रयशक्ति घटेको छ। निश्चित आम्दानी भएका, दैनिक ज्यालादारी तथा करारमा रहेका कामदारले आफ्नो आम्दानी मात्र गुमाएका छैनन्, उपभोग्य वस्तु चर्को मूल्यमा खरिद गर्न पनि उनीहरू बाध्य छन् जसका कारण पनि कालो अर्थतन्त्रले मौलाउने अवसर पाएको छ।

अर्थसचिव शर्माले सरकारले आपूर्ति नियमित गर्न सके तस्करी तथा कालोबजारी निरुत्साहित हुने जनाउँदै कालो अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा बदल्न आवश्यक रहेको बताए।
अर्को समाचार
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
१८ फागुन २०७६
•
४ मिनेट पाठ
कांग्रेस सभापति देउवाले संसदमा भने : बाँस्कोटामाथि छानबिन नहुनु गम्भीर
 काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्वसञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन वित्दा पनि छानबिन सुरु नहुनु गम्भिर विषयमा भएको बताएका छन्।




प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको हप्ता दिन भन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुको पछाडि गम्भिर नियत लुकेको बताए। उनको सार्वजनिक भएको अडियोमा 'हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने माग गरे। 'हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ। अडियो प्रष्ट सुनिन्छ। हामी भनेर कसलाई भनेका हुन ? हामी भित्र को को पर्छन ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस’, उनले भने।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे। 'छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो। त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन्। छानबिन हुनुभन्दा पहिले तपाईले निणर्य दिनुभयो भने तर्पाइको बोलिको विश्वसनियता कमजोर भएन् ?’, देउवाले प्रश्न गरे। 

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाए। 'नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ। गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको  छ। टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ। एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’, देउवाले प्रश्न गरे।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए। राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए।

देउवाले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे।

सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गए। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले समेत नेपाल कोरोनाको उच्च जोखिममा रहेको भनेकाले सरकारले पूर्वतयारीर्लाइ तिव्रता दिनुपर्ने देउवाले बताए। विदेशमा रहेका नेपालीहरुलाई सतर्क रहनपनि देउवाले आग्रह गरे।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित थिए। संसदीय मान्यता अनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता र विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने परम्परा भएपनि प्रधानमन्त्री भने आजको बैठकमा अनुपस्थित रहे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस